राम त क्षेत्री–बाहुनका मात्रै भगवान् ?


– विष्णु खवास
हाम्रो देश नेपााल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक र बहुधार्मिक देश भएको हुनाले बिभिन्न धर्ममा आस्था राख्नेहरु छौं । हाम्रो समाजमा धर्मभित्रको गहिराई सम्बन्ध अध्ययन गर्ने बानी भने खासै छैन। यसैले धर्मलाई हामीले परमपरामा बाँधिसकेका छौ ।

 

हामीले जुनै धर्ममा आस्था राखे पनि धर्ममा भएका बिभीन्न बिकृती र बिसंंगतीहरुलाई हटाउनैपर्छ । जस्तै धर्महरु हिन्दू, बौद्ध, प्रकृतीकपुजक, ख्रिष्टियान (ईसाइ) र ईस्लाम आदि धर्महरुमा आस्था राख्ने समाजहरु छौं । धर्ममा भएका बिकृती र बिसंगतीहरुलाई न्यूनीकरण गराउदै लैजानुपर्छ ।

 

यो संसारमा दुई किसिमका चिन्तन बोक्ने समाज बसोबास गर्दछोै — एउटा आध्यात्मिक र अर्को भौतिक चिन्तन  । मेरो आफ्नो बिचार यस्तो छ । एकजना लेखकको भनाईअनुसार राजनिती र धर्म एकआपसमा परिपुरक हुन्छ धर्मविनाको राजनीति अपूर्ण हुन्छ र राजनीतिबिनाको धर्म अपूर्ण हुन्छ भन्ने भनाई छ । त्यसैले पहिलो आध्यात्मिक र दोश्रो भौतिक चिन्तन बोक्ने ब्यक्ति भएकोले हरेक धर्ममा भएका विकृती र बिसंगतीहरुलाई हटाउनु पर्छ भन्ने सन्देश तपाईहरुको समक्ष पस्कन गईरहेको छु । कुनै पनि धर्मलाई परम्पराको साथै जातीय सम्प्रदायिक तरिकाले मान्नु उचित होइन । अहिले भनेको २१ आंै शताब्दीको युग भएकोले हामीले यो समाजलाई परिवर्तन गर्नैपर्छ । 


हिन्दुधर्म अन्तर्गत एउटा शब्द छ “ऊ” भन्ने शब्दले के जनाउँछ भने, बिष्णु र महेश गरि जम्मा तिन ब्यक्तिहरुलाई बुझाँउछ, ती ब्यक्तिहरुका आमाबाबु र कसैको त गोत्र समेत छैन । तरपनि सृष्टिको आदिमकाल देखि उहाँहरुलाई भगवान नै भनिन्छ । भगवानको अर्थ भग् भनेको योनसाधन अर्थात स्त्री र पुरुषको सम्बन्धबाट जन्मेको ब्यक्ति भनेर बुझ्न सकिन्छ । बिष्णु पुराणअनुुसार बिष्णु भगवानकाे बिभिन्न खेलबाड देखिन्छ । आफ्नो घरमा श्रीमानबाट कुनै सन्तानको जन्म भएन भने कोहि राम्रा पुरुषार्थी घरानाका ब्यक्तिहरु ल्याएर जन्म गराउने चलनलाई नियोग प्रथा भनेर बुझन सकिन्छ । जस्तै दिलीपको छोरा रघु, रघूको छोरा दशरथ नपुङ्षक भै सन्तान नभएर राज्यको राजबंश टुङ्गिने भएकोले दशरथका कुलगुुरुबिष्ठले पुत्रेष्टीयज्ञ लगाएर रानीहरुलाई यज्ञबाट पायास निकाली खिर खुुवाएर सन्तान उत्पादन गर्ने विधि गर्नुपर्छ भनी राजालाई सल्लाह दिए । अनि राजाले यज्ञाका सरसामान तयार गरेर राजाले यज्ञ शुरु गरे । यज्ञमा पण्डितहरु सबैले पढेर पायास निकाल्ने भए अर्को ठाउँमा कौशल्य, सुमित्रा र कैकेयीयाले बिष्णु स. रमाइलो चर्तिकला खेली त्यसक्रमबाट रामको जन्मभएको हुनाले रामलाई बिष्णुको शाक्षात् सातौं अवतार भनेर बुझिन्छ ।

 

वास्तवमा रामलाई आफ्नो बाबुको हुन भनेर थाहा नहोला तर देख्नमा त दसरथ नै बाबु हुन् भनिन्छ । तर उहाँको आमालाई नै थाहा होला । रामले जीवनमा गर्नुभएका क्रियाकलापहरु यसप्रकार छन्– ‘एउटा घट्नामा बाली र सुग्रिव दाजुभाई थिए । भाई सुग्रिवले दाजुलाई मार्न रामसँग मित्रता गाँसे र सुग्रिवले सबै कुरा बेलीविस्तार आफ्नो मित रामलाई लगाए । त्यसपछि रामले आफ्नो मितलाई पूर्ण भरोसा दिलाएर उनका दाजु वालिसँग लडाई गर्न पठाउनु भयो । सुग्रिव गई दाजुुसँग लड्न थाले । मितआएर बाण हान्छन् भन्दै पर्खदा पर्खदै दाजुले मार्न लागिसक्यो तर पनि मितले बाण हानेनन् । रगताम्मे भइसक्यो तापनि मितको बाण नआएपछि मितकोमा गई दुःखपोख्दै भने हे मित्र ! मलाई दाजुको हातबाट किन मर्न पठाउनुभयो । बरु आफंैले मार्नु भएको भए बेस हुने थियो नी ! यसो भन्दा रामले भने होइन मलाई क्षमा गर्नुस ! मैले तपाईलाइ त्यसरी धोका दिएर तपाईलाई मार्न कहाँ पठाएको हो र ? मैले त तपाईहरुमा को दाजु र को भाइ भनेर चिन्न सकिन दाजु ! उस्तै हुनुहँुुदोे रहेछ भन्नुभयो । भोलीपल्ट रामले फुलको माला लगाई दिएर आफ्नो मितलाई टाढैबाट चिन्नेगरी लडाईमा पठाउनु भयो । त्यसपछि लडाईमा दाजुभाईको भेट हुँदा बोलीले भने आज तैंले बाख्राको बडकुलाको माला लगाएर आईस भनेका थिए ।

 

त्यस अर्थमा यदि राम साक्षत् इश्वर थिएभने बाली र सुग्रीवमा कोे दाजु र को भाई भनेर किन चिन्न सक्नु भएन ? हामी साधरणले पो चिन्न नसकुला तर ईश्वर भनेर पुजिने ब्यक्तिले त चिन्न नसक्नु ठुलो कुरा होइन र ? एक समयमा उहाँको राज्यकालमा सबै मानिसहरु निरोगी र हष्टपुष्ट थिए । मानिस साथ सम्पूर्ण प्राणीहरुमा अकाल मृत्यु भएको थिएन । आनन्द शान्ति सुःखचयनको जिवन थियो । अनिकाल भन्ने कुरा सबैले बिर्सिसकेका थिए । रामको प्रशंसा चारैतिर थियो । रामकै राज्यको कार्यकालमा त्यहा के–के हुँदैथियो भन्ने कुरा आफ्नो सिंहशानमा बसिरहेको समयमा एउटा कुकुरले गरेको उजूरी, “हे प्रभु म अत्याचारमा परेँ भन्दै कुकुरले राम भगवानलाई उजुरी गर्छ । मलाई सही निसाफ दिनुहोस् किनकि म हिडिरहेको समयमा सर्बसिद्ध नाम गरेको भिखारीले मलाई बिना गल्ती लाठ्ठिले कुटेर मेरो टाउको फुटाई दियो भनी कुकुरले बिन्ती चढायो । अनि रामले तुरुन्तै त्यो भिखारीलाई बोलाएर सोध्नुभयो त्यो कुकूरलाई पिट्ने कारण के थियो ? भिखारीले भन्यो म भोकभोकै भिखमाग्दै हिडीरहेको थिएँ, यो कुकुर बाटोमा उभिरहेको थियो । हट भन्दा पनि हटेन कारण मैले ठटाएको हुँ । गल्ती भयो मलाई उचित दण्ड दिनुहोस् । भिखारी आफैले आफ्नो गल्ती स्वीकारे पनि रामले सजायस्वरुप भिखारीलाई महन्त बनाउनु भयो किनभने महन्तले गल्ती वा पाप गरेमा सात जुनिसम्म नर्कमा भासिनु पर्छ भनी धर्म शाास्त्रमा लेखिएको पाइन्छ भने राम राज्यकालमा राम भगवानको शक्तिले सबैे जनता भोका–नांगा सबै हाँसी–खुशी निरोगी सहकालै सहकाल त्यस्ता भिकारीहरु नहुनू पर्ने होइन र ?

 

त्यस्तै अर्को घटना, एकदिन रामको दरबारको ढोकामा एकजना ब्राह्मण मरेको छोरो लिएर रुदै बिलाप गर्दै मेरो चौध बर्षको छोरो मर्यो ! भन्दै राम राजालाई मेरो छोरोलाई बचाइ दिनुहोस् नभए हजुरलाई ब्राह्मण हत्याको पाप लाग्ला भन्दै रुन थाल्यो । त्यतिखेर रामले नारद ऋषीलाई बोलाएर ब्राह्मणको मृत्युको कारण सोध्दा नारद ऋषीले भने–यसबेलाको युगमा ब्राह्मण र क्षेत्रीलाई मात्र तपस्या गर्ने अधिकार भएकोले अरु कसैलाई छैन । बैश्यले खेती–ब्यापार गर्ने र शुद्रले आफुभन्दा माथिको जातहरुको सेवाचाकरी गर्नुपर्छ र उनीहरुको अधिनमा रहनुपर्छ । त्यसैको पापले गर्दा यो ब्राह्मणको छोराको मृत्यू हुनुपर्छ भन्ने बयान दिए । पछि राम त्यो तपस्या गर्ने शुद्रको खोजीमा हिड्नु भयो । चारै दिशा घुम्दै जाँदा दक्षीणतिरको समतल पर्ने एउटा तलाउको किनारमा एक जना सम्भुु नाम गरेको विश्वकर्मा तपस्या बसेको रहेछन् । रामले तपस्याको उद्धेश्य सोध्दा स्वर्ग जाने उद्धेश्य लिएर तपस्या बसेको हुँ भन्ननपाउंदै त्यसको टाउको झारिदिनुभयो । देवराज ईन्द्र र अन्य देवताहरुले पनि ताली बजाउदै रामको जयजयकार गरे । राम राज्यमा सुद्र र वैश्यहरुलाई कत्रो दवाब रहेछ । राम भगवान त क्षेत्री र ब्राह्मणहरुको मात्र ईश्वर रहेछन् । अरुको लागि त महाकाल ल्याउने दानव पो हुनुहुँदो रहेछ । किनभने क्षेत्री र ब्राह्मणले मात्र तपश्या गर्न पाउने अरुले तपश्या गरेमा कालै आउन नपाई तरवारले समाप्त पारिहाल्ने कस्तो निरङ्कुस तानाशाही राज्य शासन रामले चलाउनु भएको रहेछ । राम राज्यकालमा भिख माग्दै छटपटाउदै हिंड्नेहरु पनि थिएभने भोक लागेको समयमा कुकुरलाई कुटेर चित्त बुझाउनेहरु पनि थिए ।

 

गल्ती गर्नेलाई सजाय दिनुपर्नेमा उल्टै पुुरस्कार दिने निसाफहरु थिए । भिखारीलाई पीडक पापी भनिएको छ । यस्ता पापीलाई महन्त बनाएर पुरस्कार दिने, जातअनुसारको निसाफ केलाउने राम राजा त पक्षपाती रहेछन । कसैको ईश्वर कसैको त दानव पो हुनुहुँदो रहेछ । सायद त्यसैले होला रामलाई भारतको उत्तरखण्डदेखी नेपालसम्म पुजा गर्छन् भने भारतको दक्षीणदेखी लङ्का सम्मका जनताहरुले रामलाई दानव भनेर चिन्दछन् ।

 

दक्षीणदेखी लङ्का सम्मका मानिसहरुले रावणलाई ईस्वरको रुपमा मान्दछन्, रामलाई साच्चो इश्वर भनेर कसरी भन्न सकिन्छ ? जातै पिछ्छे न्याय गर्ने रामलाई ईश्वर भनेर पुजा गर्नु कतिसम्मको सत्य हो ? दोस्रो बिश्वयुद्धको बिध्वङसकारी मुसोलोनी र हिटलरको काम गर्नुभयो रामले । गन्धर्बहरुको देश ज्यादै सुन्दर छ भनेर मामासँग आफ्नो भाइ भरतलाई पठाई मुलुक लुट्नु भयो । बिचार गर्नुहोस् त ? ती गन्धर्बहरुको देश सुन्दर होस् या सम्पन्न होस् तर राम र उनको मामाको आँखा बल्नुको कारण के ? गन्धर्बहरुको देश सुन्दर हुनमा उनीहरुको आफ्नै कला, शिप र परिश्रमले उीनहरुको देश सुन्दर भएको थियो । त्यो सबै खोस्नु कहाँसम्मको अन्याय र अत्याचार हो ? गन्धर्बहरुले रामको केहि पनि सामन लुटेर आफ्नो देश सुन्दर बनाएका थिएनन् नी ? त्यस्तो गल्ती गर्ने ब्यक्तिलाई कसरी ईश्वर भनेर पुज्नु ?
रामको मात्र भक्ति गर्नेहरुलाई रामनन्दी भनिन्छ । रामन्दीहरुले रामलाई मान्दछन् भने अन्धाले अन्धालाई डोरयायो भने त दुबैजना खाल्टोमा पर्दछन् । गल्ती नगर्नेले गल्ती गर्नेलाई सम्झाउनु पर्छ र मानिसले सुध्रिने मौका पाउछ । अर्काको सम्पत्ती लुट्ने, धुत्ने र अरुलाई शोषण गर्ने ब्यक्तिलाई कसरी धार्मिक ईश्वर भनेर पुज्ने ? त्यसैकारणले हामीलाई रितीले रित्याएको छ र थितीले थिची राखेको छ ।

(लेखक राष्ट्रिय जनमोर्चाका सुनसरी जिल्ला उपाध्यक्ष हुन् ।)

साभार महाप्रतिवाद

 क्याटेगोरीः संस्कृति