मेनपावरको ‘सस्पेन्स’ खाँदै बसिरहेको छु


मातृका किराँत
matrika_kirat
म खोटाङ जिल्ला बोपुङ गाबिस घर भै रोजगारीको सिलसिलामा अाजभन्दा ८ बर्ष अगाडि जस्तै २०६६ सालमा कुपोन्डोल स्थित मदिना मेनपावरमार्फत मलेसियामा आएको थिएँ । डाइरेक्ट कम्पनी भनी हरेक लोभ लालच आश्वासन देखाइ उतिबेलामा भएपनि १,३०००० रुपैया साहुको ऋणमा डुबाउन विवश बनायो!

दुर्भाग्यवश म कुनै डाइरेक्ट कम्पनीबा६ नभै भाइटल एसिया सर्भिसको आउट सोर्सिङ भिसामा फसेको भन्ने कुरा मैले जब मलेसिया पुगे तब थाहा पाएँ ।
मासिक तलब थोरै भएपनि सुरुवात कम्पनीमा बेस्ट पुत्र ग्लोब कम्पनी सुङ्गाइगाबी रावाङ भन्ने ठाँउमा ३ बर्षको मेरो अवधिलाई दुख सुखका साथ पुरा गरें । जस अनुरुप मेरो अवधि पार गरिसके पछि घर फर्किने टिकट भने अवश्य मिल्थ्यो तर मेरो आफ्नै घरायसी समस्य र सय कडा ५ रुपैयाको दरले तिर्न बाचा कबोल गरेको ऋणदाताहरुको थैलो चुक्ता नगरीकन घर फर्किने कसरी त्यो सोचका कारण भाइटलमै भएपनि भिसा थपियो!

र त्यहाँबाट जोहरस्थित नयाँ भिसा लगायर सेनाइ जोहर नजिकैको कम्पनीमा काम लगाइदियो तर कम्पनी टुट्नलागेको रहेछ जसकारण १६ महिनाको अवधिभित्र त्यो कम्पनी बाट फ़ेरि अर्को कम्पनीमा सर्नुपर्ने भयो र सरे‌ं । त्यसपछि अर्को कम्पनी पनि यस्तै नराम्रो कम्पनी परेछ । निकै काम गाह्रो भएको महसुस भयपछी त्यो कम्पनी बाट म आफै निस्कन बाध्य भए र त्यो समयमा पनि झन्डै २२ दिन बिना जागीर सस्पेन्स जस्तै बसियो ।

र त्यो बेलामा हाम्रो भाइटल एसिया सर्भिस कम्पनीको मुल सुपरभाइजर भने झापा जिल्ला माहाभारत गाबिसको दिपक खत्री हुनुहुन्थ्यो जसकारण बेलिबिस्तार राय सल्लाह र हरेक प्रक्रिया हरु पुरा गरी ताम्पोइ जोहोर बाह्रु भन्ने ठाँउमा रहेको मलाय ग्लास कम्पनीमा भिसा लगाइदियो । यहाँ काम भने हामी बिदेशीले कमारालाइ लगाए जस्तै हो । त्यस कारण जस्तोसुकै काम पनि गर्न तैनाथ हुनुपर्छ!

त्यो कम्पनीमा काम गर्दै यो अवस्थासम्म आइपुग्दा झन्डै ३ बर्ष पुगिसकेको रहेछ । तर दुर्दशा दुर्भाग्यबश सानोतिनो गलतीमा यहाँकै ईन्डियन सुपरभाइजर र झापा जिल्लाकै नेपाली लिडर हिरालाल अधिकारी उनीहरु दुईजना मिलेर हरेक चलखेल गरेर योभन्दा १ महिना अगािड देखि कम्पनीबाट जागिर बिहिन गराएरै छाडयो ।

र कुनै दिन काम दाम कता हो के हो भनेर हाम्रो यहाँको मेनेज्मेन्ट भिक्टर चिनालाई फोन गर्दा पनि उठाउन गाह्रो पर्छ र त्यसैले अहिलेसम्म पनि भाइटल एसिया सर्भिस मेनपावरको सस्पेन्स खाँदै बसिरहेको छु ।

नत घर आउने टिकटनै दिन्छ नत काम । बिनाकाम दाम कहाँबाट आउछ । यसप्रकार भाइटल यसिया मेनपावर सर्भिस कम्पनीमा बिजोगमा परेको छु ।

matrikabantawa100@gmail.com

 क्याटेगोरीः प्रवास