शेर्पा भाषा संस्कृति संरक्षणको लागि नेपालदेखि अमेरिकासम्म टुङ्ना डेण्डी शेर्पा


डोमा शेर्पा

एक्लैले विश्वभरका शेर्पाहरुलाई आफ्नो भाषा, कला र संस्कृतिको शिक्षा दिन्छन् टुङ्ना डेण्डी शेर्पा । विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा अमेरिका जाने आउने गर्दागर्दै हाल उनी अमेरिकामा हुने विभिन्न कार्यक्रमहरुदेखि लिएर त्यहाँ रहेका बालबालिका र युवा पुस्ताहरुलाई स्याबु्र नृत्य र गीतहरु सिकाइरहेका छन् ।

नेपालमा मात्र नभएर विदेशमा पनि आफ्नो भाषा कला, सांस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने धारणा राख्ने शेर्पा सक्ने ठाउँसम्म गएर शेर्पा गीत र संगीत सिकाउँछन् भने आफु भौतिक रुपमै जान नसक्ने ठाउँमा त्यहाँका शेर्पा समुदायको सजिलोको लागि उनले युट्युव र काराओकेको माध्यमबाट पनि गीतहरु र स्याबु्र नृत्यहरु राखी सिकाउने गरेका छन् । एक किसिमले हेर्दा उनी शेर्पा समुदायका गायक, स्याबु्र प्रशिक्षक एवं शेर्पा भाषा, कला सास्कृतिको संरक्षणका अभियन्ता एक्ला पनि हुन् ।
शेर्पाको जन्म २०२१ सालमा रामेछाप जिल्ला बाम्तीभन्डारमा बुवा निमा फिन्जो शेर्पा र आमा लकी शेर्पाको कोखबाट भएको थियो । बाल्यकालदेखि नै शेर्पा गीत गाउने, टुङना बजाउने खुबी भएका शेर्पा अरुले टुङना बजाएको देखेर प्रभावित भईए आफैले शेर्पा गीत र टुङना बजाउन सिके । बाल्यकालमा शेर्पाले ७ बर्ष गोन्पा शिक्षा लिन पाए र १६ बर्षको उमेरमा परिवारलाई सहयोग गर्नका लागि काठमाडौं आएर पर्यटन पेशालाई अगाल्न पुगे ।

पर्यटन पेशामा लाग्ने क्रममा विभिन्न जनजातिहरुको बस्ती रहेको जिल्लामा जाँदा मगर, गुरुङ, तामाङ समुदायले आफ्नो भाषा, कला, सांस्कृतिको संरक्षण एव आफ्नै मौलिक गीतहरु गाएर पर्यटकहरुलाई मनोरन्जन दिएको देखेपछि शेर्पा भाषा, कला, सांस्कृतिको पनि संरक्षण एव सर्वधन गर्नु पर्छ भनी टे«किङमा नै पर्यटनहरुलाई जानी नजानी भाका लगाएर शेर्पा गीतहरु गाएर सुुनाउने गर्दर्थे ।

पछि उनले शेर्पा भाषा, कला, सांस्कृतिलाई जोगाउन भनी शेर्पा गीत गाउन थालेका थिए भने २०४९ सालदेखि शेर्पा गीत गाउने, स्याबु्र नृत्य सिकाउने, टुङना सिकाउन थालेका थिए भने सन २००० देखि ५ बर्ष रेडियो एचबिसि एफएमबाट शेर्पा भाषाको कार्यक्रम पनि संचालन गरे । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको स्थापना कालदेखि नै त्यहाँ स्याबु्र नृत्य, टुङ्ना एव गीतहरु सिकाउने गर्दर्थे ।

यसै सिलसिलामा शेर्पाको अथक प्रयासमा शेर्पा कल्चर सङ्ग भाग १, २ र ३ सम्म निस्केका थिए । उनले मात्रै १८ वटा शेर्पा गीति एल्वमहरु बजारमा ल्याएका छन् । जसमा जसमा १२ वटा पुराना गीतहरुको संग्रह पनि रहेको छ । पहिलो गीति एल्वम शेर्पा गीत भाग १, शेर्पा गीत भाग २, शेर्पा गीत भाग ३, शेर्पा पप गीत ९८, मिलियन शेर्पा हिट सङ्ग, दि म्युजिक अफ शेर्पाज, पुरानो तथा नयाँ गीत संग्रह, शेर्पा लोक गीत, शेर्पा गीती संग्रह, कल्चर अफ दि हिमालय, शेर्पा श्याप्थुक म्युजिक भिडिया,े मि एण्ड माइ ल्यूट, दि बेस्ट अफ डेन्डी, एभ्रीडे मोलम डिभिडि गीती एल्बमहरु बजारमा ल्याएका छन् । यसका साथै उनले धेरै शेर्पा गीतहरुहरुमा आवाज पनि दिएका छन् ।
14937806_1218181834887498_1916561004_n
विसं २०५७ सालदेखि उनी शेर्पा समुदायमा रहेका किदुक, संघसस्था एवं स्कुलहरुमा स्याबु्र नृत्य र गीतहरुको प्रशिक्षण दिने गर्दर्थे भने शेर्पा समुदायमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति हुने गर्दथ्यो ।

पहिचान भनेको नै आफनो भाषा, कला, सांस्कृति रहेको हो । हामी जहाँ जुन कुनामा भए पनि आफ्नो भाषा कला सांस्कृतिलाई बिसर्न हुँदैन, उनी बताउँछन् ।
उनी सन २००६ मा अमेरिका शेर्पा किदुकले आमन्त्रणमा पहिलो पटक अमेरिका पुगेका थिए । ३ महिनाको समयमा १८ वटा कार्यक्रममा प्रस्तुत गरेका गरेर फर्के पछि नेपाल आएका शेर्पालाई पछि २००७ मा फेरि अमेरिका शेर्पा किदुकले स्याबु्र नृत्य र शेर्पा गीतको प्रशिक्षणका लागि पुन बोलाएका थिए । त्यस पछि उनी अमेरिकालाई नै कर्म थलो बनाइ उतै बसिरहेका छन् ।

अमेरिकामा शेर्पाले शेर्पा कलालाई संरक्षण गर्नमा लागि परेका छन् र लोसारमा हुने हरेक कार्यक्रममा शेर्पा नृत्य, गीतहरु गाउने गर्छन् । यसबाहेक उनी त्यहाँ बस्ने शेर्पाहरुलाई गीत संगीत र नृत्य सम्बन्धी प्रशिक्षण पनि दिने गर्दछन् ।

उनी भन्छन् — जनजाती समुदायको पहिचान भनेको नै मातृभाषा, कला, सांस्कृति रहेकोले यसलाई जर्गेना गर्नका लागि युवा पुस्ता लागि पर्नु पर्दछ । हामीले हाम्रो पहिचान भुलेमा हामी आफै अस्तीत्वहिन हुने छौं । यसका लागि छोराछोरीलाई सानो उमेरदेखि नै मातृभाषा, शेर्पा गीतहरु सिकाउनु पर्छ ।

 क्याटेगोरीः समुदाय