जहाँ दशैंमा दलितले अरुमार्फत मन्दिरमा पुजा गराउनु पर्छ


बसन्त विश्वकर्मा

दशैं हिन्दुहरुको त हो तर सुदुर पश्चिमका पहाडी जिल्लाहरुमा कोही कोही हिन्दुहरुले दशैंको पूजा पनि अरुमार्फत गराउनु पर्छ । देउता सबैको भएपनि उनीहरुले आफ्नै हिन्दु देउतालाई आफ्नो भन्न पाउँदैनन् ।

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बाडिमालिका मन्दिरमा दशैंको अवधीभर मेला लाग्ने गर्दछ । अष्टमीको दिन त्यहाँ महाकालीको पुजाकालागी बोकाको बलि दिईन्छ । तर दलित समुदायका मानिसहरुले बलि दिँदा उनीहरु आफ्नो बोका मन्दिर भित्रसम्म आफै लिएर जान पाउँदैनन् ।
उनीहरु आफुले ल्याएको पुजा सामग्री अन्य गैरदलितको हातमा दिन्छन् र उनले पुजा गरिदिएर पुजारी तथा ब्रहमणले दिएको प्रसाद दलितको हातमा थमाई दिन्छन् ।

मन्दिरमा बलिका लागि लगिएको बोका पनि त्यसरी नै अरुको हातमा थमाई दिनु पर्छ । यो फलानोको बोका आयो उसको नामा पुजा गरिदुनु प¥यो भन्ने खबरका आधारमा पुजा गरिन्छ । मार हानेर सकिन्छ, अलि तल बलि दिएको बोका पुगाई दिइन्छ ।

यो त प्रतिनिधी उदारहण मात्र हो । सुदुर पश्चिमका अधिकांश मन्दिरहरुमा दशैको पुजा दलितहरुले यसरी नै गर्दछन् । दशैको अवसरमा राम नवमीको दिन मन्दिरमा मेला लाग्छ । मेलामा गाँउ समाजमा रहेका सबै जातजाति र समुदायका मानिसहरु भेला भएर पुजा गरिन्छ । तर दलितहरुले मन्दिरमा सिधै गएर अहिले सम्म पनि पुजा गर्न र पुजारी तथा ब्रहमणको हातबाट टिका तथा प्रसाद ग्रहण गर्न पाँउदैन् ।

भगवानको पुजा गर्ने पहिलो माध्याम पुजारी हो भने दलितहरुका लागि पुजारी पछि अर्को सन्देस बाहक हुन्छ । उसले मन्दिरबाटा आएको टिका तथा प्रसाद मन्दिर परिसरको किनारा पर्खेर बसेका दलितहरु सम्म पुगाई दिन्छ ।

यही प्रक्रिया अनुसार बिगतदेखि अहिलेसम्म आफैले बनाएका मुर्ति र भागवनलाई पुजा गर्नछन् दलित समुदायले । आफैले पुजा गर्न पाउनु त परै जाओस् मन्दिर छोएको नाममा धेरै दलितहरुले कुटाई र पिटाई समेत आनुपरेको छ ।

वि स २०७० सालको दशैको मेलामा बाडिमालिका मन्दिरमा मेला हेर्न गएकी दुई दलित बालिका सीता बिक र लक्ष्मी बिक स्थानीय गैरदलित महिलाबाट निर्धातरुपमा कुटिईन् । उनीहरुको उपचार जिल्लामा हुन नसके पछि नेपालगञ्जमा ल्याएर उनीहरुको परिवार आफैले उपचार गाराए । उनीहरुले गरेको अपराध अरु केही थिएन, मन्दिर छोएको अपराध मात्र थियो ।

दुई बालिका निर्धात रुपमा कुटपिट भएपछि अभिभमवकले प्रहरीमा उजुरी दिए तर कानुनी कारवाहीका लागि रितपुर्वकको उजुरी चाहियो भन्यो प्रहरीले । उजुरी लेखाउने वकिल पनि नपाएपछि कुटपिट गर्नेलाई दलित अधिकारकर्मिहरुकै रोहवरमा माफि मगाएर फेरी गल्ती नदोहा¥याउने सर्तमा उन्मुक्ति दिईयो ।
तर मन्दिरमा अहिले पनि बिभेद कायम नै छ । यो घटना सम्झिँदा अहिले पनि उनीहरु मानव भएर बाचेको जस्तो ठान्दैनन् । सीता भन्छिन् — त्यस पछि दशैमा लाग्ने मेला हेर्न जान पनि डरलाग्छ ।

२०७१ को जनैपुर्णीमामा बाजुरा जिल्लाकै अर्को ठुलो धार्मिक स्थाल मानिने बाढिनन्दा मन्दिरमा सुरक्षार्थ खटाईको स्थानीय प्रहरी जवान जनक बिकलाई दलित भएकै कारण मन्दिरसम्म पुग्न दिई उनकै कमान्डरले बाटोबाट फर्कइ दिए, गाउँलेको दबावमा उनलाई फर्काउन बाध्य भएको अनका कमान्डरले बताए । उनले उजुरी दिए तर प्रहरीकै दवावका काराण यो घटना पनि टुङ्गियो ।

२०७३ भदौ १९ गते बझाङको रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा मन्दिर छोएको भन्दै लाल बहादुर आग्रीलाई एक आना सुन सहित २ हजार नगद दण्ड तिराइएयो तर उनले पनि न्याय पाएनन् ।

सिंगो देशका दलित अधिकारर्मीहरु हुमिएर आन्दोलन गरेको डोटी जिल्लाको शैलेस्वरी मन्दिर प्रवेश अभियान र बैतडीको दैयीमाण्डौमा बलि दिएका राँगा दलितहरुले खान नमान्दा दलित माथि भएको अन्याय उनीहरुले बिर्सन पाएका छैनन् । यी ठाँउहरुमा अहिले पनि निर्धक्क रुपमा मन्दिर प्रवेस गर्न कठिनाइ रहेको छ ।

दशंै नजिकिदै गर्दा सुदुर पश्मिका जिल्लाहरुमा मन्दिरसंग जोडिएर बिभिन्न कारणबाट जातीय विभेदका घटनाहरु हुने गर्दछन् । कितिपय घटनाहरु सामाजिक सद्भावका कारण दिलितहरुले पचाएर बसेका छन् । धर्मको गलत ब्याख्या र कथित उपल्लो जाति भनिएकाहरुको रवैयामै पिल्सीएर यसरी मनाइन्छ दशैं ।
जातीय छुवाछुत कसुर र साजाय ऐन लागु भईसकेपछिका ग्रामिण क्षेत्रका दलितका दशैं यसरी नै बिते । विभेद गर्नेलाई करवाही भएन, न त गराउन सकियो । नयाँ संविधान जारी भएको पहिलो दशैंमा दलित समुदायलाई मन्दिरमा हुने विभेद कसरी रोकिएला ?

 क्याटेगोरीः संस्कृति