सिसेक्पा तङ्नाम (साउने संक्रान्ती) को शुभकामना


सेवा लुङ

लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले सम्पन्न जाति हो । लिम्बू जाति प्रकृतिक पूजक हुन् । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बू जातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातिलाई ध्यान दिई चाडपर्वहरू मनाउँछन् । यसरी मनाइने चाडहरूमध्ये सिसेक्पा तङ्नाम पनि एक हो । सिसेÞक्पा तङ्नाम ( साउने संक्रान्ति ) साउन एक गते मनाइन्छ । यसको मौलिक विशेषता के हो भने विभिन्न जाति, वर्ण, धार्मिक, सांस्कृतिक समुदायले यो चाडलाई विभिन्न तरिकाले बुझ्ने र मनाउने गरेको पाइन्छ । प्रायः सबै नेपालीले मनाउने यो साउने संक्रान्ति आ–आफ्नो सांस्कृतिक मान्यता र परिस्थिति अनुसार मान्ने गर्दछन् । यसरी मनाउने चाड नेपालीमध्ये एक लिम्बू समुदायले आफ्नै सांस्कृतिक मान्यतामा रही यस साउने संक्रान्तिलाई सिसेक्पा तङ्नामको रुपमा मनाउँदै आएको छन् ।

खास गरेर लिम्बू समुदाय रहेको नेपालको सुदुरपूर्वी लिम्बुवान क्षेत्रमा सिसेक्पा तङ्नाम साउन महिनामा भटमास, मकै, बोडी पाकेकै समयमा मनाइने पर्व अथात् अनिकाल खेदाउने पर्व हो । सिसेÞक्पा तङ्नामको दिन बिहानै खेतबारी वा नजिकको जङ्गलतिर गई यस तङ्नामको लागि चाहिने आवश्यक अन्न, फलफूल र पातहरू सङ्कलन गरी ल्याइन्छ र दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मुल ढोकामाथि माला झुण्ड्याएर टाँगिने चलन रहि आएको छ । माला झुण्ड्याउनुको अर्थ हाम्रो लागि खाने अन्न, फलफूल पाक्यो भनी देखाइएको हो र तँ अनिकाललाई खेद्न सक्ने शक्ति हामीले पायौँ भनी खबरदारी गर्दै आउलास् भनी सिस्नु आदि पनि मालामा झुण्ड्याइएको हुन्छ । अनिकाल र दुःखलाई खेदाउने प्रक्रियालाई विशेष गरी अनिकालको विदाइ र सहकालको स्वागत गर्ने चाड पर्वलाई साक्नाःप्मा तङ्नाम (अनिकाल खेदने चाड) भन्ने गरिन्छ ।

आ–आफ्नो घरमा जे जस्तो भएको अन्न, फलफूल र अन्य परिकारहरू अरु दिनभन्दा अलि सबेरै बनाई हामीले मानिने तागेÞरानिवाफुमाङ्, थबासाम्माङ्, युमासाम्माङ्, हिम्साम्माङ्, आदि देवताहरूलाई चढाई शक्ति मागिन्छ र खाना खाई आ–आफ्नो घर वा समूह बनाई घर घरबाट थाल र नाङ्लो ठटाउँदै नाक्नाम पेगो, हिङ्नाम् त्येÞ?ओ, साक्नाम पेरो, हिङ्नाम त्येÞरो (अनिकाल जाऊ सहकाल आऊ, अनिकाल गयो है सहकाल आयो है) भन्दै अगुल्टो राँको सहित खेदै परसम्म पु¥याइन्छ र अगुल्टो राँको थुपारेर बाटो छेकिन्छ, यसलाई साक्लाम्धेक भनिन्छ । यसको अर्थ अनिकाल फेरि नआओस् भन्ने मान्यता पाइन्छ ।

अर्को मिथक

यस तङ्नामलाई कतिपयले माङहाङ नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नु परेको कारुणिक कहानीसँग जोडेर मानिने गरिन्छ भने असारे हिलो मैँलोको समयमा छालामा लाग्ने रोग (लुतो) फाल्ने चाड हो भनी बुझ्ने पनि गरिन्छ । यस्तै प्रायः गाउँघरतिर अन्ये अर्थ नलाग्ने गरी भन्नु पर्दा लुति बुढी खेद्ने पर्व अथात् लुतो, अनिकाललाई खेदी पठाउने र सहकाल भित्राउने भन्ने प्रचलन अनुसार विभिन्न जाति समुदायले आ–आझ्नो सामाजिक, सांस्कृतिक मूल्य मान्यता अनुसार विधि सम्बत् ढङ्गमा मान्ने पर्व मानिन्छ ।चाडहरूलाई प्राकृतिक पूजा, पुर्खाको सम्झना, सम्मान, विगत, वर्तमान र भविष्यको समिक्षाका साथै भावी योजना बनाउने पर्वको भनिन्छ ।

यस चाडले लिम्बूजातिको पहिचान र सांस्कृतिक गौरव बढाउने काम एकातिर गरेको छ भने अर्कोतिर यसले लिम्बू जातिको सामाजिक सदभाव, एकता र पारस्परिक सहयोग साथै सांस्कृतिक रीतिरिवाज पहिचान, मूल्य मायन्यताको निरन्तरता मानिन्छ ।

Sewa Lung

 क्याटेगोरीः संस्कृति