सिक्किममा गाईजात्रा


मीना प्रधान

गान्तोक, भदौ ८ । सिक्किममा बस्दै आएका नेवारहरुले पनि काठमाडौं उपत्यकामा जस्तो सापारु (गाईजात्रा) मनाउने गरेका छन् ।

गत शुक्रबार पूर्व सिक्किमको आरिटार र रिनोकमा स्थानीय नेवारहरुले यो वर्ष गाईजात्राको प्रचलनलाई निरन्तरता दिए ।

स्थानीय हुकुमचन्द प्रधान र विनोद कुमार प्रधान निधन भएको सम्झनामा त्यहाँका स्थानीय नेवार संगठनहरुको सक्रियतामा परम्परागत गाईजात्रा भव्य रुपमा सम्पन्न भयो ।

जात्रामा मृतकहरुको फोटोलाई बोकेर लगिएको थियो भने उनीहरुका आफन्तहरुले कृष्ण, राधा, राम लक्षण र हनुमानका भेषमा नगर परिक्रमा पनि गरेका थिए । तीन्तले परिवारद्वारा प्रयोजित उक्त कर्यक्रममा रिनाक तथा आरिटरको नेवार सदस्यहरुको ठूलो जमघट थियो ! केवल एक वर्षको फरकका निधन भएका प्रधानहरु दाजु भाइका छोराहरु थिए र क्रमशः ७९ र ७८ वर्षका थिए ।

सिक्किमको सन्दर्भमा गाईजात्रा त्यति प्रचलित विषय होइन । यो यहाँ केही नेवाः समुदायमा मात्र यो सीमित छ । तर पनि यहाँ सयौं वर्षदेखि बस्दै आएका नेवाःहरुले जेनतेन आफ्नो मौलिक संस्कृति र परम्परालाई बचाएर राखेका छन् । काठमाडौं उपत्यकाका नेवाःहरुले उक्त वर्ष स्वर्गारोहण भएका व्यक्तिहरुका नाममा त्यस परिवारका सदस्य एवं टोल समुदायका मानिसहरु मिलेर यस दिन जात्रा निकालिने प्रचलन आजपर्यन्त छ ।

 क्याटेगोरीः संस्कृति