लिम्बु भाषाको संरक्षणमा संघ संस्थाहरु


पुजन जबेगु

मानिसको सभ्यता र संस्कृतिको कसी सर्वप्रथम भाषा नै हो । विभिन्न जाति र समुदायहरुको आआफ्नै भाषाहरु हुन्छन् । त्यस्तै नेपालमा पनि आदिवासी जनजातिहरुको आआफनै भाषाहरु छन् । नेपालका अरु अरु भाषाहरु जस्तै पछिल्लो समयलाई हेर्दा लिम्बु जातिको भाषा लोप हुदै गइरहेको अवस्था छ ।

बहुसंख्यक लिम्बुहरुमा यस पछिल्लो चरणलाई हेर्दा उनीहरु दिनानुदिन आफ्नो भाषा छोड्दै गइरहेको देखिन्छ । संस्कृतिविद् येहाङ लाओति आफ्नो मातृभाषा लोप हुनुको मुख्य कारण पहिलो अभिभावकहरु सचेत नहुनु र दोस्रो कुरा राज्य पक्षबाट आफ्नो भाषा संरक्षमा सहयोग नपुु¥याउनु बताउँछन् ।
नेपालको अरुण पूर्व लिम्बुवान क्षेत्रका ९ जिल्ला ताप्लेजुङ, तेरथुम, पाँचथर, धनकुटा र इलाम आदि जिल्लाहरुमा समेत अहिले आएर अहिलेको युवा पुस्ताहरुले कम बोल्दै आएको उनले स्पष्ट पारेका छन् ।

कम बोल्नुको मुख्य कारणहरुमा युवाहरुले आफनो जातीय संस्कार, संस्कृति र भाषा नबुझिरहेको उनले बताउँदै आफ्नो मातृ भाषा बोल्दा आफू अरुको नजरमा केहि नजान्ने सोजो र लाटो, कुना कन्दरामा बस्ने मानिस र सभ्यता बिनाको मानिस देखिइने भ्रमको कारण अहिलेका युवाहरु बोल्न छोड्दै गएको उनले बताएका छन् ।

यसरी दिनानुदिन लिम्बु भाषा लोपहँुदै जानुमा महत्व पूर्ण कुरा भनेको सरकारले संरक्षणका निमित कुनै योगदान नपु¥याएको पनि हो भन्ने उनको भनाई छ । विसं २०६८ सालको नेपालको जनगरणको तथ्याङलाई हेर्दा लिम्बु जातिको संख्या ३ लाख ६४ हजार रहेको थियो । यस बहुसंख्यक लिम्बु जातिका लागि हालसम्म मात्रि भाषा पठन पाठन लागि एक मात्र प्रावि तहको विद्यालय पाँचथर जिल्लामा सन्चालनका लागि राज्यले अनुदान दिएको पाइन्छ । जहाँ राज्यले पुस्तकहरु मात्र उपलव्ध गराउदै आएको छ ।

लिम्बु भाषामा उच्च मावि तहसम्मको पठनपाठनका लागि नेपालमा एक मात्र विद्यालय सञ्चालनमा छ जुन लिम्बु जातिहरुको सक्रियतामा सरकारको अनुदान बिनानै सन्चालनमा रहेको बताउँछन् लाओति ।

यसरी अभिभावकमा आफ्नो भाषा जर्गेणाका लागि चेतना नहुनु, अहिलेका युवा पुस्ताहरुले आफ्नो संस्कार संस्कृति नबुझनु र राज्य बाट जर्गेणाका लागि सहयोग नपुग्नु आदि कारणले लोप हुने क्रममा गइरहेको संस्कृतिविद् लाओतिको भनाइ छ ।

देवनगरी लिपिमा लिम्बु भाषा, लिपि, संस्कार र संस्कृति आदि समेटिएको पुस्तकहरु केहि लिम्बु जातिहरुले अध्यनको लागि चासो राख्ने गरेको तर लिम्बुहरुका् आफ्नै श्रीजङगा लिपिमा प्रकासित पुस्कको पाठक पाउन छोडेको समेत उनले बताउँछन् । “यो हाम्रो भाषा लोप भएकोको एक उदाहरण नभए के त?” उनी प्रश्न राख्छन् ।

यद्यपि लिम्बु भाषाको भविष्य अन्धकार नै छ अथवा सरकारको संरक्षण विना यो भाषा मरेरै जान्छ भन्नु पर्ने अवस्था पनि छैन । आजभोलि मानिसहरुमा आफ्नो भाषा संस्कृति र पहिचानप्रति चेतना आएको छ । सरकारले गरेपनि नगरेपनि यो मर्नदिनु हुँदैन भन्ने भावना विस्तारै मानिसमानिसमा झांगिँदै आएको छ । यसैको फलस्वरुप लिम्बु भाषाको संरक्षणमा विभिन्न संस्थाहरु बाट केही सराहनीय काम भइरहेको छ ।

भाषा लिपी साहित्य प्रतिष्ठान काठमाडौँले लिम्बु भाषा संरक्षणका लागि विभिन्न जिल्लाहरुमा गई कवि गोष्ठिहरु सन्चालन गर्दै आइरहेको संस्थाका सचिव प्राज्ञ अमर तुम्याहाङले बताएका छन् ।

साथै ‘साप्सक नु साम्यिक साल्लाक’ नामक कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन हुँदै आएको छ जहाँ लिम्बु संस्कृतिसँग सम्बन्धित पालाम, ख्यालि, हाक्पारे र धाननाच आदि हुने गर्दछ । “यस्ता केही कार्यक्रमहरु यहाँ सञ्चालन भइरहेका छन् जसले लिम्बु भाषा संरक्षणमा सहयोग पुगेको देखिन्छ,” उनी भन्छन् ।

त्यस्तै किराँत याक्थुङ चुम्लुङ ललितपुर शाखा कार्यलयले पनि संरक्षणकै लागि लिम्बु भाषाको कक्षाहरु सञ्चालन गदै आइरहेको छ । तर यो भने हाल विभिन्न कारणले स्थगित गरेको संस्थाका अध्यक्ष मकर ध्वज वनेमले बताएका छन् ।

लिम्बु भाषा विकास संस्था पाँचथरले पनि भाषा संरक्षका लागि विभिन्न कामहरु गदै आएको छ । यस संस्थाले हालसम्म तेरथुम, ताप्लेजुङ र पाँचथर जिल्लाका गाउँ गाउँमा गई करिब १० हजार व्यक्तिहरुलाई प्रशिक्षण दिइसकेको र उच्च मावि स्तरका र त्योभन्दा माथिका विद्यार्थीहरुलाई लक्षित गरेर पाँचथर सदरमुकाममा सञ्चालन गर्दै आएको कार्यक्रमबाट पनि ७ देखि १० हजारको संख्यामा विद्यार्थीहरुलाई प्रशिक्षण दिइसकेको संस्थाका प्रबन्धक निर्देशक दिलेन्द्र कुमार सुब्बाले बताएका छन् । यस संस्थामा पनि राज्यबाट एक रुपैँया पनि सहयोग आएको छैन ।

साथै किराँत याक्थुङ चुम्लुङ पाँचथर शाखाले पनि उति नै काम गदै आएको पाइएको छ । विभिन्न दाता र स्थानीय निकायहरुको समन्यमा विभिन्न ठाउँहरुमा भाषा विकासको लागि प्रशिक्षण कार्यक्रम गर्दै आएको र मासिक रुपमा ‘लाम्जाङ’ नामक कार्यक्रम गदै आएको फेदेन नगर शाखाका सचिव सन्देश सुब्बाले जानकारी दिएका छन् । लिम्बु भाषामै लिम्बु साहित्यको विकास र उत्थानका चलाइने उक्त कार्यक्रम महिनाको प्रत्येक पहिलो शनिबार सञ्चालन हुन्छ ।

साथै हाल आएर लिम्बु जाति संग सम्बन्धित विभिन्न अन्य संघसंस्थाहरुले पनि भाषा संरक्षणमा काम गदै आइरहेको पाइएको छ ।

 क्याटेगोरीः समुदाय