यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक – १


हाम्रो समाजमा अहिले उठीरहेका विभिन्न मुद्दा मध्ये एक संवेदनशील मुद्दा हो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका बारे। हाम्रो नेपाली समाजमा विगत् केही दशकहरू देखि नै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारको अभियान थालनि हुँदा पनि समाजमा यसबारे राम्रो जानकारी एकदम थोरैलाई मात्र छ। समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका बारे थुप्रै भ्रम र गलत अवधारणाहरू रहेका छन् जसलाई हटाउन र बुझाउन मैले यस लेख लेखेकी हुँ।

यो विषय एकदम गहन र संवेदनशील भएकाले र यस बारे समाजमा थुप्रै भ्रम भएकाले यस लेखलाई विभिन्न भागहरूमा राखिएको छ।
भाग १ मा हामी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका बारेमा छोटो परिचय गर्छौँ। यस भागमा विशेष गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको परिभाषा र परिचयका बारेमा चर्चा हुनेछ।

१) जैविक लिङ्ग(Sex) भनेको के हो?

मानिसको यौन अङ्ग वा प्रजनन अङ्गबाट छुट्टिने लिङ्गलाई  जैविक लिङ्ग(Sex or Biological sex) भनिन्छ। परिभाषाका लागि अङ्ग्रेजीमा यो हेर्नुहोस्

२) सामाजिक लिङ्ग(Gender) भनेको के हो?

कुनै व्यक्तिको पुरुषत्व देखि नारीत्वको अनुभवमा हुने भिन्नतालाई सामाजिक लिङ्ग(Gender) भनिन्छ। जस्तै कुनै पुरुषको हाउभाउ, व्यवहार र व्यक्तित्व उसको सामाजिक लिङ्ग हो। विस्तृत जानकारीका लागि विकिपिडिया हेर्नुहोस्

३)  यौन अभिमुखिकरण(Sexual orientation) भनेको के हो?

कुनै पनि व्यक्ति किशोरावस्थामा पुग्दा उसले अरू व्यक्ति प्रति आकर्षण महसुस गर्छ। यो आकर्षण रोम्यान्टिक, यौनिक, शारीरिक र भावनात्मक हुन्छ।  जब हामी १३/१४ वर्ष माथि हुर्कदै जान्छौँ र हाम्रो शरीरमा परिवर्तन आउन थाल्छ, हामीमा आकर्षणको दरो अनुभूति पनि सुरु हुन थाल्छ, जो हाम्रो आफन्त वा साथी-भाइ प्रतिको मायाका अनुभूति भन्दा फरक र सशक्त हुने गर्दछ। यिनै शसक्त यौन आकर्षणका अनुभूतिहरूले हामीमा शारीरिक सम्बन्ध राख्ने इच्छा पनि जगाउँछ।यसलाई हामी यौन अभिमुखिकरण भन्दछौं। उदाहरणका लगि विपरीतलिङ्गी पुरुषहरू किशोरावस्थामा पुगेर देखेका शारीरिक र मानसिक परिवर्तनहरूमा उनीहरू एक महिला प्रति आकर्षित हुन्छ, महिला प्रति यौन भावना र शारीरिक सम्पर्क राख्ने इच्छा हुन्छ। यो उनीहरूको यौन अभिमुखिकरण हो। अझ थप विस्तृत जानकारीका लागि  हेर्नुहोस्

४) अन्तर्लिङ्गी(Intersex) भनेको के हो?

कुनै पनि व्यक्ति जस्को यौनाङ्ग पूर्ण रूपमा पुलिङ्गी वा स्त्रीलिङ्गी छुट्टिँदैन, त्यसलाई अन्तर्लिङ्गी भनिन्छ। व्यक्तिहरूमा जब XY chromosomes हुन्छ तब उनीहरू पुलिङ्गी हुन्, जब XX chromosomes हुन्छ उनीहरू स्त्रीलिङ्गी हुन् र जब XXY, XO, XYY, XXYY, XXXY, XY/XO, XX/XO, XX/XY chromosomes जस्ता हरू हुन्छन् तब अन्तर्लिङ्गी हुन्छन्।

अन्तर्लिङ्गी सबै एकै नाश हुन्न। अन्तर्लिङ्गी एउटा छाता शब्द हो ती व्यक्तिहरू जस्लाई पूर्ण रूपमा पुलिङ्गी वा पूर्ण रूपमा स्त्रीलिङ्गी भन्न सकिँदैन। यसमा धेरै विविधता हुन्छ। जस्तै कुनै अन्तर्लिङ्गीहरूको दुबै लिङ्ग र योनी हुन्छ। कुनै अन्तर्लिङ्गीको बाहिरी शरीर पुलिङ्गी भए आन्तरिक शरीर स्त्रीलिङ्गी हुन्छ। कुनै अन्तर्लिङ्गीको बाहिरी शरीर स्त्रीलिङ्गी भए आन्तरिक शरीर पुलिङ्गी हुन्छ। यदि तपाइँ अन्तर्लिङ्गीहरूको यौनाङ्ग कस्तो हुन्छ भनेर हेर्न चाहनु हुन्छ भनेयता क्लिक गर्नुहोस्। यस लेखमा अन्तर्लिङ्गीहरूको यौनाङ्गको चित्रहरू पाइन्छ।

५) पारलिङ्गी(Transgender) भनेको के हो?

जो व्यक्ति शारीरिक रूपले पुरुष वा महिला भएपनि मानसिक, भावनात्मक र व्यवहारिक रूपले सो भन्दा फरक हुन्छ उनीहरू पारलिङ्गी हुन्। उदाहरणका लागि: कुनै एक व्यक्ति जो शारीरिक रूपले पुरुष र मानसिक रूपले पनि पुरुष स्वभावकै छ भने, ऊ पारलिङ्गी होइन। कुनै एक व्यक्ति जो शारीरिक रूपले महिला र मानसिक रूपले पनि महिला स्वभावकै छ भने, ऊ पनि पारलिङ्गी होइन। तर यी बाहेकका सबै जो शारीरिक रूपमा एउटा लिङ्ग भएपनि मानसिक रूपले फरक लिङ्गका हुनेहरू पारलिङ्गी हुन्।

जो व्यक्ति शारीरिक वा भौतिक रूपले पुरुष तर मानसिक, व्यवहारिक र स्वभाविक रूपले महिला हुन्छन्, ती हुन् पारलिङ्गी महिला(Transgender woman)। अब हेर्नुस्, शारिरिक रूपले पुरुष भनेपछि उनीहरू देखिने वा शारीरिक ढाँचा त पुरुषकै हुन्छ। मात्र महिलाको व्यवहार र स्वभाव हुन्छ। जस्तै हिँडाइ, बोलाइ र रहनसहनका ममिलाहरूमा। यो उनीहरूको प्राकृतिक अवस्था हो जस्लाई हामी Non-operative transwoman पनि भन्दछौँ। अब धेरै पारलिङ्गी महिलाहरूले हर्मोन थेरापि गर्छन्। यस थेरापिमा व्यक्तिले स्त्रीलिङ्गी हर्मोन इस्ट्रोजन र प्रोजेस्टेरोन औषधिमा खने वा सुइमा लिने गर्दछन्। यसले गर्दा केही वर्षहरूमा उनीहरूमा महिलाको शारीरिक आकार आउँछ। जस्तै स्तन बढ्ने, छाला नरम हुने, रौं हराउँदै जाने, इत्यादि। अनि हेर्दा खेरी महिला जस्तै देख्न थाल्छन्। यस हर्मोन थेरापिलाई हामी  Male-to-female hormone replacement therapy भन्छौँ। यस थेरापि के हो र बाट आउने परिवर्तनहरूका बारेमा अझै बढी जान्न अङ्ग्रेजी भाषाको यो लेख पढ्नुहोस्। अब जब उनीहरू महिला जस्तै देखिन थाल्छन्, तर लिङ्ग त हुन्छ, यो अवस्थालाई हामी Pre-operative transwoman भन्छौँ। र अन्त्यमा यदि उनीहरू लिङ्ग परिवर्तन गर्न चाहन्छन् भने, लिङ्गलाई योनीमा परिवर्तन गर्न शल्यक्रिया गर्छन्। यो अवस्थामा हामी उनीहरूलाई Post-operative transwoman भन्छौँ।

जो व्यक्ति शारीरिक वा भौतिक रूपले महिला तर मानसिक, व्यवहारिक र स्वभाविक रूपले पुरुष हुन्छन्, ती हुन् पारलिङ्गी पुरुष(Transgender man)। अब हेर्नुस्, शारिरिक रूपले महिला भनेपछि उनीहरू देखिने वा शारीरिक ढाँचा त महिलाकै हुन्छ। मात्र पुरुषको व्यवहार र स्वभाव हुन्छ। जस्तै हिँडाइ, बोलाइ र रहनसहनका ममिलाहरूमा। यो उनीहरूको प्राकृतिक अवस्था हो जस्लाई हामी Non-operative transman पनि भन्दछौँ। अब धेरै पारलिङ्गी पुरुषहरूले हर्मोन थेरापि गर्छन्। यस थेरापिमा व्यक्तिले पुलिङ्गी हर्मोन टेस्टेस्टेरोन् औषधिमा खने वा सुइमा लिने गर्दछन्। यसले गर्दा केही वर्षहरूमा उनीहरूमा पुरुषको शारीरिक आकार आउँछ। जस्तै स्तन धट्ने, छाला खस्रो हुने, रौं पलाउँदै आउने, इत्यादि। अनि हेर्दा खेरी पुरुष जस्तै देख्न थाल्छन्। यस हर्मोन थेरापिलाई हामी Female-to-male hormone replacement therapy भन्छौँ। यस थेरापि के हो र बाट आउने परिवर्तनहरूका बारेमा अझै बढी जान्न अङ्ग्रेजी भाषाको यो लेख पढ्नुहोस्। अब जब उनीहरू पुरुष जस्तै देखिन थाल्छन्, तर योनी त हुन्छ, यो अवस्थालाई हामी Pre-operative transman भन्छौँ। र अन्त्यमा यदि उनीहरू लिङ्ग परिवर्तन गर्न चाहन्छन् भने, योनीलाई लिङ्गमा परिवर्तन गर्न शल्यक्रिया गर्छन्। यो अवस्थामा हामी उनीहरूलाई Post-operative transman भन्छौँ।

६) समलिङ्गी(Homosexual) भनेको के हो?

कुनै पनि व्यक्ति जो समान लिङ्ग तर्फ आकर्षित हुन्छ, ती समलिङ्गी हुन्। अर्थात जब कोही पुरुष पुरुषतर्फै आकर्षित हुन्छ, ऊ समलिङ्गी पुरुष(Homosexual man/Gay) हो। जब कोही महिला महिलातर्फै आकर्षित हुन्छ, ऊ समलिङ्गी महिला(Homosexual woman/Lesbian) हो। अझ थप जानकारीका लागि हेर्नुहोस्

७) द्वीलिङ्गी(Bisexual) भनेको के हो?

कुनै पनि व्यक्ति जो आफ्नो विपरीत लिङ्ग एवम् समान लिङ्ग दुबै तर्फ आकर्षित हुन्छ, ती द्वीलिङ्गी हुन्। अर्थात जब कोही पुरुष पुरुष र महिला दुबै तर्फै आकर्षित हुन्छ, ऊ द्वीलिङ्गी पुरुष(Bisexual man हो। जब कोही महिला महिला र पुरुष दुबै तर्फै आकर्षित हुन्छ, ऊ द्वीलिङ्गी महिला(Bisexual woman) हो। अझ थप जानकारीका लागि हेर्नुहोस्

८) पारलिङ्गी तर्फ आकर्षित हुने व्यक्ति(Straight people who are attracted to transgenders)

यस्ता नि व्यक्ति हुन्छन् जो पारलिङ्गी तर्फ आकर्षित हुन्छन्। जस्तै कि ती पुरुषहरू जो पारलिङ्गी महिला तर्फ आकर्षित हुन्छन्। वा ती महिलाहरू जो पारलिङ्गी पुरुष तर्फ आकर्षित हुन्छन्। तर उनीहरू आफूलाई विपरीतलिङ्गी(Straight/Heterosexual) भनेरै चिनाउँछन्।  अझ थप जानकारीका लागि हेर्नुहोस्

Men who are attracted to transwomen: यस्ता पुरुषहरू नि हुन्छन् जसलाई पारलिङ्गी महिला(शारीरिक रूपमा पुरुष भावनात्मक रूपमा महिला)तर्फ आकर्षित हुन्छन्। तर यसको मतलब यो होइन कि उनीहरू पुरुषलाई पनि मन पराउँछन्। उनीहरू पुरुषलाई मन पराउँदैनन्। अङ्ग्रेजीमा उनीहरूलाई trans-oriented men वा trans-attracted men पनि भन्ने गरिन्छ।

Women who are attracted to transmen: त्यसै गरी यस्ता महिलाहरू नि हुन्छन् जसलाई पारलिङ्गी पुरुष(शारीरिक रूपमा महिला भावनात्मक रूपमा पुरुष)तर्फ आकर्षित हुन्छन्। तर यसको मतलब यो होइन कि उनीहरू महिलालाई पनि मन पराउँछन्। उनीहरू महिलालाई मन पराउँदैनन्।

 क्याटेगोरीः जेण्डर