मुगुमा विद्यालयमै छवाछूत हुन्छ


मुगु, भदौ १५ । मुगु जिल्लाका अधिकांस बिद्यालयमा दलित बिद्यार्थीलाइ बिभेद हुने गरेको पाइएको छ । बिद्यालयमा शिक्षकहरुले दलित बालबालिकालाई बिभेद गर्ने गरेको बिद्यार्थीहरु बताउछन् ।

जिल्लाको सुकाढिक गाविसमा पर्ने नर्खजीमा रहेको पञ्चोदय माध्यमिक विद्यालय, धैनकोट गाविसमा रहेको जगतमाला उच्च माध्यममिक विद्यालय तथा सेरी गविसमा पर्ने पीपलचौर जोगीलेखमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकहरुले नै दलित विद्यार्थीलाई पानी तथा खानपिनमा छुवाछूत गर्दै आएका छन् ।

पञ्चोदय माध्यमिक विद्यालयमा अझै पनि दलित विद्याीर्थीलाई सरस्वती पूजामा प्रसाद पकाउँदा छुन दिदैनन् । स्थानीय शिक्षक वीरजंग शाहीले सरस्वती पूजाका बेला हलुवा पकाउँदा दलितका बच्चाहरुले छोयो भने, धामी डाँगरहरु आउँछन् भनेर छुन नदिने गरेको विद्यालयमा अध्ययनरत विद्यार्थी राजेश लावडले गुनासो गरे । लावडका अनुसार शिक्षक शाही र प्रधानाध्यापक कृष्णबहादुर कँवरले प्रायः यस्तो भेदभाव गर्ने गरेको बताएका छन् । ‘हामीलाई पानी र खाजामा समेत विभेद गरिन्छ,’उनले भने ।

यस्तै जिल्लाकै धैनकोट गाविसमा रहेको जगतमाला उच्च माध्यमिक विद्यालयमा पनि जातीय भेदभाव हुने गरेको दलित विद्यार्थीहरु बताउँछन् ।

यस्तो भेदभाव देखेपछि केही दलित विद्यार्थीले व्यवस्थापन समिति र प्रधानाध्यापक समक्ष कुरा राखे तर कुनै सुनुवाई भएन ।
दलित विद्यार्थी राजबहादुर नेपालीले सुनाए, त्यसपछि हामी त न्यायका लागि प्रहरी कार्यालय हिड्यौं भनेपछि

प्रधानाध्यापकले माफी माग्दै प्रसाद पकाउन गैरदलित विद्यार्थीलाई लगाइए पनि अब वितरणमा दलित विद्यार्थीलाई पनि लगाउँछौं भनेर रोके ।

‘सरले मुखले ठिक पार्नुहुन्छ , ’व्यवहारमा देखिदैन, उनले भने ।

 क्याटेगोरीः समुदाय