‘महेन्द्रमाला’मा बलभद्र कुँवरबारे के देखाइयो, के लुकाइयो ?


राजा महेन्द्रको शासनकालमा इतिहासको राष्ट्रियकरण गर्ने सिलसिलामा पाठ्यपुस्तकहरु हतियारका रुपमा उपयोग गरिए ।

 राजा महेन्द्रले शिक्षामार्फत गरेको “राष्ट्रिय संस्कृति”को निर्माण बारे विमर्शको क्रममा  

शिक्षाको राष्ट्रियकरण हुनुअघि राखिएका केही पाठ पछि कसरी हटाइए, पाठहरुको रुप तथा संरचनामा कसरी परिवर्तन गरिए, त्यसको विश्लेषण गरिएको छ ।

यहाँ नालापानीको युद्धमा वीरताका लागि इतिहासमा नाम कमाएका बलभद्र कुँवरबारे लुकाइएका र देखाइएका तथ्य खोतल्ने प्रयास गरिएको छ ।


 

वीर बलभद्र

सन् १८१४–१८१६ को अङ्ग्रेज–गोर्खा युद्धको सुरुमा नै बलभद्रको नेतृत्वमा नालापानीमा रहेका गोर्खाली सैनिकहरुले अङ्ग्रेज कमाण्डर जनरल गिलेस्पीको समेत हत्या गरी अङ्ग्रेजहरुको आक्रमणको प्रतिवाद कसरी गरे भन्ने प्रसङ्ग नेपाली इतिहासको अविस्मरणीय घटनाको रुपमा वर्णित छ । पहिलो प्रयासमा असफल भएपछि हातहतियार र थप सेना मगाएर अङ्ग्रेज पक्षले केही हप्तापछि दोश्रो आक्रमण गरेको कुरा उल्लेखित छ । पछि बलभद्र र गोर्खाली सैनिकहरु रहेको मोर्चामा जाने पानीको मुहान बन्द गरी अङ्ग्रेजहरुले छलकपटकको आधारमा नालापानी आफ्नो हातमा पारेको तथा बलभद्र र बाँकी रहेका उनका सैनिकहरु त्यहाँ मोर्चा छाडेर अर्को मोर्चामा सम्मिलित भएको कुरा उल्लेख हुने गरेको पाइएको छ ।

यिनै कुरा पञ्चायतकालीन पाठ्यपुस्तकमा पनि सम्मिलित गरिएका पाइन्छन् । नयाँ शिक्षा लागू हुनुभन्दा पहिले कक्षा ४ मा पढाइने ‘महेन्द्रमाला’को आधुनिक नेपालका निर्माता खण्डमा ‘वीर बलभद्र’ शीर्षक नाटक समावेश गरिएको थियो । सो नाटकको सुरुमा नै युद्धपूर्व अङ्ग्रेजहरुले पठाएको चिठ्ठी बलभद्रले पढिरहेको दृश्य छ । बलभद्र भन्दछन्– “ए यी गोराहरुले फेरि निहुँ खोजेछन्, हाम्रो देशमा आक्रमण गर्ने रे !”

बलभद्रको स्मृतिमा अङ्ग्रेजहरुले पछि स्थापना गरेको स्मारकबारेको चर्चा र “जय नेपाल”को पुकारले बलभद्रलाई नेपाली राष्ट्रियताको प्रबल प्रतीकको रुपमा स्थापना गरी पञ्चायती कालमा हुर्किएको यस लेखकको पुस्तालाई वीर नेपाली नागरिकताबारे पाठ सिकाइयो ।

आफ्ना सैनिकहरुलाई जम्मा गरिसकेपछि बलभद्र थप्छन्– “वीर जवानहरु हो ! मैले भर्खरै एउटा समाचार पाएको छु । अङ्ग्रेजहरुले हामीहरुसित लडाइँ गर्ने धम्की दिएका छन् रे । उनीहरुले आजभोलिमै हमला गर्लान् जस्तो छ । अब हामीले आफ्नो देशको नाम र राजभक्ति देखाउने समय आएको छ । हामीले आफ्नो बहादुरी देखाउने योभन्दा राम्रो मौका कहाँ पाउँछौं र ? अब हामी सबैले जे जति हतियार छ, तयार राख्नुपर्‍यो । लौ, हामी ईश्वरलाई साक्षी राखी किरिया खाऔं । जबसम्म हाम्रो शरीरमा एक थोपा पनि रगत छ, हामी शत्रुको सामु कहिल्यै झुक्नेछैनौ । जय नेपाल !”

बलभद्रका सैनिकहरु “जय नेपाल” भनी दोहोर्‍याउँछन् ।

नाटकको दोश्रो दृश्यमा गिलेस्पी मारिएको चर्चा हुँदा बलभद्र भन्दछन्– “वीर नेपाली यिनीहरुसित कहिले डराएको छ र ? ”

बलभद्रको मुखबाट निस्किएका “जय नेपाल ” र “वीर नेपाली” भन्ने शब्दावलीको प्रयोगमा इतिहासको राष्ट्रियकरण कसरी गरिएको छ भन्ने चर्चा अलि पछि गरिन्छ ।nalapani-yuddh

नयाँ शिक्षा लागू भएपछि प्रयोगमा ल्याइएको कक्षा ५ को ‘महेन्द्रमाला’मा बलभद्रबारे दुई वटा पाठ समावेश छन् । पहिलो ‘नालापानी’ शीर्षकको छोटो कविता हो भने दोश्रो ‘वीर बलभद्र’ शीर्षकको छोटो लेख हो । लेखको सुरुमा नै ‘बलभद्र नेपालको नाउँ राख्ने वीर हुन् । उनी हाम्रा राष्ट्रिय विभूति हुन्’ भनिएको छ । अङग्रेजहरुले देहरादूनमा बनाएको बलभद्रको स्मारकबाट उद्धृत गरिएको तलको वाक्यांश पनि उक्त पाठमा दिइएको छ : “हाम्रा वीर शत्रु कलङ्गा किल्लामा अधिपति बलभद्र र उनका अधीनका सिपाही….. उनैको वीरताको स्मरणका निम्ति यो स्मृति–चिन्ह स्थापित गरिन्छ ।”

उक्त लेखमा बलभद्रका बाबु चन्द्रवीर कुँवर र बाजे जयकृष्ण कुँवरले एकीकरण अभियानमा वीरता प्रदर्शन गरेका कुरा पनि उल्लेख छ । बलभद्रको बहादुरीको बयान गरिसकेपछि लेखको अन्तमा यसो भनिएको छ, “बलभद्र साह्रै ठूला आँटिला, साहसिला र वीर थिए । उनी लडाइँमा लड्दालड्दै मर्न चाहन्थे । उसबेला यसरी मर्नु ठूलो सम्मानको कुरा थियो । बलभद्र वीर पुर्खाको कुलमा जन्मे, देशको लागि वीरतापूर्वक लडे, अनि लडाइँमा लड्दालड्दै प्राण त्यागे । त्यसैले उनी हाम्रो राष्ट्रिय विभूति बनेर अमर बनेका छन् ।”

सन् १९४० ताका ‘नेपाल’ र ‘नेपाली जाति’को यदाकदा प्रयोग हुने गरेको भएता पनि ‘गोरखा’ र ‘गोरखा जाति’ भन्ने शब्दावलीकै बढी प्रयोग हुने गरेको थियो । बलभद्रको समयमा त ‘नेपाल’ र ‘नेपाली’जस्ता शब्द प्रयोग भएका ऐतिहासिक आधारहरु कमै पाइन्छन् । त्यसकारण स्कुलको पाठ्यपुस्तकमा बलभद्रलाई ‘जय नेपाल’ भनेर भन्न लाउनु इतिहासको राष्ट्रियकरण गर्नु हो ।

यी पाठहरुमा नालापानीको घटनालाई नेपालमाथि गरिएको क्रूर साम्राज्यवादी आक्रमणका रुपमा र बलभद्रले गरेको लडाइँ स्वतन्त्रताको रक्षाको रुपमा उभ्याइएको छ । नालापानीमा पछि हुन गएको हारलाई अङ्ग्रेजहरुको छलकपटको फल भनी व्याख्या गरिएको छ ।

बलभद्रको स्मृतिमा अङ्ग्रेजहरुले पछि स्थापना गरेको स्मारकबारेको चर्चा र “जय नेपाल”को पुकारले बलभद्रलाई नेपाली राष्ट्रियताको प्रबल प्रतीकको रुपमा स्थापना गरी पञ्चायती कालमा हुर्किएको यस लेखकको पुस्तालाई वीर नेपाली नागरिकताबारे पाठ सिकाइयो । यी पाठहरुबाट इतिहासको कसरी राष्ट्रियकरण भयो त भन्ने कुरा बुझ्न राणाकालमा बलभद्रबारे लेखिएका दुई वटा लेखको चर्चा गर्न आवश्यक हुन्छ ।

सन् १९४० मा ‘शारदा’ पत्रिकामा छापिएको सागरमणि आचार्य दीक्षितको “कलङ्गा–रक्षा” शीर्षक लेखमा बलभद्रलाई “गोरखा–गौरव, उद्भट देशभक्त, सुचतुर सेनापति” भनेर वर्णन गरिएको छ । नालापानीमा रहेका “मात्र छ सय आर्य गोरखाका सन्तानले जो अद्भूत पराक्रम देखाए, त्यो नेपालको इतिहासमा होइन भारतवर्षको इतिहासमा पनि स्वर्णाक्षरमा लेखिन योग्य छ ।”

लेखक अझ थप्छन्, “हामी गोरखा वीरले त्यस युद्धमा जो वीरता युद्ध–कुशलता, देशभक्ति र राजभक्तिको परिचय दिएका छन्, यो संसारमा अन्य कुनै सभ्य जातिको भन्दा कम छैन । गोरखा जाति गरिब र अल्पसङ्ख्यक भएता पनि देशको स्वातन्त्रय रक्षाका निमित्त सर्वस्व त्याग गर्न कहाँतक तत्पर रहेछ, त्यसको केही परिचय यहीँ पाइन्छ ।”

जङ्गबहादुर राणाका बाजे रणजित कुँवर र बलभद्रका बाबु चन्द्रवीर कुँवर दाजु–भाइका सन्तान थिए । राणाकालको अवसानपछि राणाकालीन नेपाललाई अन्धकार युग सावित गर्न कटिबद्ध लेखकहरुले तयार गरेको बलभद्रसम्बन्धी पाठमा बलभद्र जङ्गबहादुरका नजिकका नातेदार थिए भन्ने कुरा कतै पनि उल्लेख गरेको पाइँदैन ।

यस लेखसँग पछिका पाठ्यपुस्तकका बलभद्रसम्बन्धी पाठहरु दाँजेर हेर्दा शिक्षाको राष्ट्रियकरणअन्तर्गत इतिहास पनि कसरी गरिएको भन्ने प्रस्ट हुन्छ । सागरमणिले बलभद्रलाई “गोरखा–गौरव” भनेका छन् र जनतालाई गोरखा जाति भनेका छन् । यो लेखाइ त्यस समयको ढाँचा मुताबिक छ । अर्थात सन् १९४० ताका ‘नेपाल’ र ‘नेपाली जाति’को यदाकदा प्रयोग हुने गरेको भएता पनि ‘गोरखा’ र ‘गोरखा जाति’ भन्ने शब्दावलीकै बढी प्रयोग हुने गरेको थियो । बलभद्रको समयमा त ‘नेपाल’ र ‘नेपाली’जस्ता शब्द प्रयोग भएका ऐतिहासिक आधारहरु कमै पाइन्छन् । त्यसकारण स्कुलको पाठ्यपुस्तकमा बलभद्रलाई ‘जय नेपाल’ भनेर भन्न लाउनु इतिहासको राष्ट्रियकरण गर्नु हो ।

सागरमणिले उल्लेख गरेका गोरखा जातिका वीरता र गरिबीको एकै वाक्यमा रहेको चर्चा र बलभद्रको पराक्रमलाई भारतवर्षको इतिहासमा पनि स्वर्ण अक्षरले लेख्न योग्य छ भन्ने भनाइ शिक्षाको राष्ट्रियकरणपश्चात् लेख्न लगाइएका पाठ्यपुस्तकमा छाँटिन पुगे । बलभद्र नेपाली मात्रको विशुद्ध वीर हुन पुगे । साथै नेपालीको वीरता र दरिद्रता एकै वाक्यमा चर्चा गर्न नमिल्ने विषय बन्न पुग्यो ।

ज्ञवालीको लेखमा बलभद्रका सिपाहीहरुमा गढवाल क्षेत्रका विभिन्न जातका व्यक्तिहरु र नेपालभित्रका मगरहरुको बाहुल्य थियो भन्ने कुरा पनि उल्लेखित छ । पछि लेखिएका पाठमा यी सैनिकहरुको मगर पहिचानलाई वास्ता नगरी खालि ‘नेपाली’ भनिएको छ ।

राणाकालमा बलभद्रबारे लेखिएको दोस्रो लेख सूर्यविक्रम ज्ञवालीको थियो, जो सन् १९४० मा “वीर बलभद्र” शीर्षकमा प्रकाशित भएको थियो । युवाहरुलाई नेपाली इतिहासको पाठ सिकाउने हेतुले ज्ञवालीले लेखेका विभिन्न वीरहरुको जीवनीमध्ये त्यो लेख एउटा थियो । ज्ञवालीको लेखको सुरुमा बलभद्रको वंशबारे चर्चा गरिएको छ । जङ्गबहादुर राणाका बाजे रणजित कुँवर र बलभद्रका बाबु चन्द्रवीर कुँवर दाजु–भाइका सन्तान थिए । राणाकालको अवसानपछि राणाकालीन नेपाललाई अन्धकार युग सावित गर्न कटिबद्ध लेखकहरुले तयार गरेको बलभद्रसम्बन्धी पाठमा बलभद्र जङ्गबहादुरका नजिकका नातेदार थिए भन्ने कुरा कतै पनि उल्लेख गरेको पाइँदैन ।

ज्ञवालीको लेखमा बलभद्रका सिपाहीहरुमा गढवाल क्षेत्रका विभिन्न जातका व्यक्तिहरु र नेपालभित्रका मगरहरुको बाहुल्य थियो भन्ने कुरा पनि उल्लेखित छ । पछि लेखिएका पाठमा यी सैनिकहरुको मगर पहिचानलाई वास्ता नगरी खालि ‘नेपाली’ भनिएको छ ।

ज्ञवालीले आफ्नो लेखमा नालापानीको युद्धपछि बलभद्रले के गरे भन्ने कुराको पनि चर्चा गर्दै सुगौलीको सन्धिपछि पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ती भई सिख–अफगान युद्धमा बलभद्रको मृत्यु भयो भनी लेखेका छन् । ज्ञवाली लेख्छन्– “उनले वीरको मरण पाये । स्वदेशका निम्ति भएका युद्धमा उनको मृत्यु भएको भये झन् आदरणीय हुने थियो । तर उनको मृत्यु विदेशमा रणजितसिंहका सेनामा हुँदा भयेको हुनाले त्यताबाट हामीले मानिसले नूनका सोझो कसरी गर्न पर्ने रहेछ त्यसको उदाहरण पाये तापनि भक्ति थापाका मृत्युबाट झैं स्वदेशका निम्ति कसरी प्राणत्याग गर्न मानिसले सदा प्रस्तुत बस्न पर्छ त्यसको दृष्टान्त पाउँदैनौ ।”

पछिका पाठ्यक्रमअनुसार तयार गरिएको पाठहरुमा बलभद्रले रणजितसिंहको सेनामा सेवा गरेको कुरा हामी पाउँदैनौ । देहरादूनमा राखिएको स्मारकमा यो कुरा परेको छ, तापनि त्यसबाट उद्धृत वाक्यांशमा यो कुरा छुटाएको पाउँछौं । बलभद्रको मृत्यु कुन अवस्थामा भयो भन्ने कुरा यस लेखकले कक्षा ५ मा पढेको ‘महेन्द्रमाला’ले भन्दैन ।

पछिका पाठ्यक्रमअनुसार तयार गरिएको पाठहरुमा बलभद्रले रणजितसिंहको सेनामा सेवा गरेको कुरा हामी पाउँदैनौ । देहरादूनमा राखिएको स्मारकमा यो कुरा परेको छ, तापनि त्यसबाट उद्धृत वाक्यांशमा यो कुरा छुटाएको पाउँछौं । बलभद्रको मृत्यु कुन अवस्थामा भयो भन्ने कुरा यस लेखकले कक्षा ५ मा पढेको ‘महेन्द्रमाला’ले भन्दैन । नालापानीजस्तै अरु कुनै अङ्ग्रेजसँगको युद्धमा बलभद्रको मृत्यु भएको आभाससम्म विद्यार्थीहरुलाई माथि चर्चा गरिएको उक्त पाठबाट मिल्दछ ।

इतिहासको राष्ट्रियकरण गर्ने उद्देश्यले बलभद्रसम्बन्धी पाठहरुमा छाँटकाँट गरिएको कुरा माथि उल्लेखित बुँदाहरुबाट प्रस्ट हुन्छ । त्यस युद्धको पीडादायक परिणाम र सुगौलीको सन्धिले सदाको लागि अन्त गरेको गोरखाली एकीकरण अभियानको अपरिवर्तनीय इतिहासबाट एकैछिनको लागि भए पनि अङ्ग्रेज शत्रुहरुलाई हराउन सफल रहेका नालापानीका वीर भलभद्रको कथा चिटिक्क पारेर निकाल्नु नै यी पाठहरुको अभीष्ट रहेको बुझिन्छ । तिनका माध्यमबाट नेपाली इतिहासको खास रुपसँग मात्र परिचित नागरिकहरुको उत्पादन गर्नु नै पञ्चायती शिक्षा प्रणालीको उद्देश्य रहेको थियो ।

बाँकी अर्को अंकमा ‘पञ्चायती पुस्तकबाट हराएका भीसी विजेता गजे घले’बारे चर्चा गरिने छ ।

तस्बिर : https://en.wikipedia.org

 क्याटेगोरीः इतिहास