मगरात जोडिएको बोक्टान


दलबहादुर घर्तीमगर
नेपाल बहुजाति÷बहुराष्ट्रिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको बहुरंङ्गी सुन्दरताले भरिएको देश हो । नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. छ । जसमा हिमाली १५ प्रतिशत, पहाडी ६८ प्रतिशत र तराई १७ प्रतिशत रहेको छ । त्यस्तै विश्वको क्षेत्रफलमा नेपालले जम्मा ०.०३ प्रतिशत ओगटेको छ । भने एशियामा जम्मा ०.३ प्रतिशत ओगटेको छ । लम्बाई ८८५ कि.मी. र १९३ कि.मि. सरदर चौडाइ रहेको छ । जसमा भारत र चीन विशाल देशले घेरेको र चेपुवाको रुपमा रहेको अनी बहादुरी र शान्तिको पहिचान बनाउन सफल राष्ट्र देश नेपाल हो । नेपाल आफैमा बहुरंङ्गी चरित्रको भूगोल, इतिहास, मानव समाज रहेको छ । यो नै विश्व आर्कषणको मुख्य बिन्दु वनेको छ । तराईका समथल घनघोर जंगल, पहाडका चुरे भावर अनि हिमालको हिउँमा रमाउनमा आप्नै पन झल्किएको छ । त्यसैले पहिचानको आधार एउटा आफैमा मुटुको चिनारी दिएको स्पष्ट रहेको छ ।
कैलाली जिल्ला सबैले हेर्ने दृष्टिकोणमा सुगम भनी बाहिर चिनिने गरेको छ तर सारमा भित्र गएर हेर्ने हो भने सुगम होइन पहाडी गाविस दुर्गम संग जोडिएको छ । आफुलाई जिल्ला केन्द्रित गर्ने नेताले सुगमताको भाषण गरि दुर्गम बस्ने कैलालीको त्यो भागलाई कसरी चित्रण गरेका छन बुझ्न बाँकी नै छ । कैलाली जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग कि.मी. छ । पहाडी भाग ४०.३ प्रतिशतले ढाकेको छ भने तराई ५९.७ प्रतिशतले ढाकेको छ । अब भन्नु होस् विशाल छातीले कैलालीको मानचित्र नियालेर हेर्न जरुरी छ । जहाँ कैलालीको पहाडी भागमा अझै पनि सडक, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य लगायत आयआर्जनको माध्यम के छ त साथै विकासको पुर्वधार कहाँ छ त ? बास्तविक नजरले हेर्न जरुरी छ । कनिका छरे झैं विकास दिने अनि खोक्रो भाषण छरेर भोट बटुल्ने काम बाहेक अरु केहि देखिँदैन ।
यस प्रकारको राजनीतिबाट विशेष गरेर पहाडी क्षेत्रमा पहिलो मार मगर समुदाय नै परेको छ । राजनितिक रुपमा चार दिशामा मगरहरुलाई पारिएको अवस्था छ । एकले अर्काको कुरा नसुनेको अवस्था छ जसमा आपसमा रिस राग डाहा बनाई लडाइा गराई फाइदा अरुलाई दिएको अवस्था छ । यो अवस्थाले मगर मासिने अवस्था आएको छ । यो मगरले बुभ्mन अति जरुरी छ । तराईमा हेनुहोस् त विकासको लहर दिनप्रति दिन बढिरहेको छ । पहाडमा बस्ने मगर समुदाय तथा आम नेपालीले आन्दोलन बाहेक अरु के छ त विकल्प ? मानव एक अर्काको सहायता विना बाच्न सक्दैन भन्ने यो नियम प्राकृतिक स्रोतमा पनि लागु हुुुन्छ । प्रकृतिको आफनै किसिमको रुप हुन्छ त्यो दिगोपना साथ रहेको हुन्छ ।
करिब आधा प्रतिशत भुभाग पहाडले ढाकेको बहुसंख्यक रुपमा मगर बस्तीहरु रहेको नेपालको राज्य विस्तारको क्रममा वीरताको पहिचान गराउने क्रममा पश्चिम भागलाई आफनो नियन्तण राख्न ती मगरहरु अगाडी बढेको इतिहास साक्षी छ । यति मात्र कहाँ, धनी, ठुलाठालुले शोषण गरे भनी वर्गीय संघर्ष गर्ने बेला धनी वर्गको घर लुटपाट गर्दै अगाडि बढेका स्वर्गीय भिम दत्त पन्तको सेनाका रुपमा मगरहरुलाई प्रयोग गरेको कुरा बुढापाकाले अझै पनि भन्ने गरेका छन् । ताकि ठुला अप्ठेरा बाटो खन्दा या बनाउँदा समेत मगर समुदायहरु प्रयोग भएको कुरा पनि स्पष्ट छ । तर प्रयोगको रुपमा बाँचेका मगरहरुको त्यो अवस्थादेखि अहिलेसम्म हेर्दा दुःख लाग्दो कथा बनेको छ । सायद राजनीतिक, आर्थिक, समाजिक, सांस्कृतिक, भेषभुषा, भाषा आदि विकास हुनुको साटो विनास हुदै गएको छ । यहाँसम्म कि तराईमा कमैया, कमलरी, सुकुम्बासीको अवस्था झैं मगरहरु कालीपारे र विदेशिने अवस्था रहेको छ । कैलालीको ७ वटा गाविसमा रहेका मगरहरुको बस्ती पछाडि पर्नुको कारण खोतल्दै र अनुसन्धान क्रममा नौलो कुरा पाउन सकेको छु । यसले म लेखकलाई उर्जा सहित मरितुल्य बनाएको छ र गम्भीर सोचतिर धकलेको छ ।
बोक्टान क्षेत्रसंग जोडिएको कैलाली जिल्लाको सहजपुर, निगाली, गोदावरी, खैराला, मोहन्याल, पण्डयौन र सुगरखाल आफैमा सुन्दरता र दुर्गमतासंग जोडिएको छ । ती ठाउँमा कहिल्यै नसुक्ने पानीका मुल, कहिल्यै नमासिने बोटविरुवा रहेका छन् । रसिला सुन्तलाका विरुवा, अदुवा, बेसार, मकै खेती लगायत बाख्रा पालन, मौरीपालन आदि पनि यहाँ फस्टाएका छन् । मगर समुदायको मानवीय रहनसहन सँधै आप्नै मौलिकता, ऐतिहासिकता र प्राकृतिक साधन स्रोतसंग जोडिएको छ ।
मगरात माथिको वोक्टानसंग जोडिएको पहाडी क्षेत्र खैराला र मौन्यालको भर्खरको यात्रालाई जोड्न चाहेँ । यसभन्दा पहिले डोटीको बर्छेन हँुदै सिमचौर सम्मको यात्रा आपैmमा रमणीय र ऐतिहासिकतासंग जोडिएको छ, जसलाई बोक्टान भनेर चिनिन्छ । सिमचौरसम्मको यात्रामा डोटी नेफीन अध्यक्ष कृण्ण थापामगरको सहयोग र सहयात्रीमा भाई ज्ञान व. घर्तीमगरले पुर्णतया सहयोग गरेका थिए ।
समयलाई बुझ्न सकेको भए सायद यस्तो हुने थिएन होला । स्वःफुर्तको विचार सँधै विकासको बाटो अगाडि बढेको भए मगरको अवस्था तथा अन्य समुदायको अवस्था यस्तो हुने थिएन होला । यसलाई प्रभावित बनाउन र माग्न सिकाउन एनजीओ र आइएनजीओको ठुलो हात रहेको देखिन्छ । यहाँ विकासको नाममा स्थानीयहरुको आफ्नै प्रकारको संरचनाको विकासलाई सम्वर्धन तथा प्रवर्धन गरी अगाडि बढाउनु पर्नेमा आफ्नै प्रकारको पैसा कमाउने मोडेल बनाए । गरिखानेलाई मागीखाने भाँडा दिएको देखिन्छ । आप्mनो ठाउँको भविष्य आफँैले गराउन नसक्नुले पनि पहाडी भागको दशा खस्किँदो अवस्थामा रहेको छ । जसमा राज्यले सम्पर्क गरी आवश्यकताको आधारमा उर्जावान् शैलीले उद्योग स्थापना गरिदिए विकास हुन प्रचुर मात्रा देखिन्छ । जब मानिसको आवश्यकतामा धक्का पुग्छ अनि विचलनतिर जानु स्वाभाविक हो । सुविधा मानिसको आवशयकता हो । त्यसलाई मध्यनजर राख्दै दिन प्रतिदिन मानिसहरु बसाई सरी तराईतिर झरेका छन । अझ आयस्रोत नभएर होला विदेशतिर समेत पलायन भएका छन् । काम गर्न रोडका किनारहरुमा भौतारिन पुगेका छन् । वास्तविकतामा कसरी त्यो ठाउँको विकास गर्ने भन्ने विषयमा मानसिकता तयार भइसकेको छैन ।

 

आफनो इच्छा परिपुर्तीको लागि नेताहरुले थोत्रा भाषण गरी बाटाघाटा, रोड, विजुली, शिक्षा, स्वास्थ्य आदि ल्याइदिन्छांै भनी गाला बजाएको देखिन्छ । बास्तवमा उनीहरुले अरुमाथि दोषारोपण गरी पन्छिने काम गरेको बाहेक वजेट हाले पनि त्यसको सदुपयोग हुन सकेको छैन । विकास गर्न खोजेको ठाउँम पनि जसको पहुँच छ त्यसैले बाटो बनाउने साधनहरुसंग सम्पर्क गरी आफ्नो तरिकाले मनमानी गरेका देखिन्छ । स्थानीय मानिसलाई स्थानिय कामको लागि प्रयोग लगाएको देखिँदैन । आयस्रोत पनि बढ्ने र आफ्नो ठाउँ आफैले बनाउन पाउने त्यो अवस्था पनि देखिँदैन । बाटो लगायत भौतिक विकासहरु पनि धनी पुँजीपतिको हातमा पारेर काम अगाडि सारेका छन् । बास्तविक त्यहाँका मानिसहरु विदेशतिर जानु बाहेक अरु विकल्प देखिँदैन । बाहिर गए पनि घरमा पुगुन्जेल ऋणको खाडल पुर्न ठिक भएको देखिन्छ । अनि भन्नु होस् के मगर लगायत अन्य पछाडि परेका समुदायको भविष्य कस्तो छ ?
खैराला गाविसको खैरालामा नेपाल मगर संघ जिल्ला कार्यसमिति कैलालीले दोस्रो मिटिङ्ग गर्ने निर्णय गरेको थियो । २०७३ पुष १५ मनाउने, नेपाल मगर संघ खैरालाको अधिवेशन गर्ने, विभिन्न पराम्परागत सांस्कृतिक झाँकी हेर्ने तय भएको थियो । कैलाली जिल्लाको दुर्गम क्षेत्रको पैदल यात्रा थियो । पौष १४ गते चौमलाको वजारबाट सानो जिपको व्यवस्था थियो तर सँधै डाँडा पुग्न १ घण्टा तल गाडीले छोड्यो अनि त्यसपछि करिव २ वजे उकालो हिँडायो । दरबारको भग्नावशेष हेर्दै त्यसबेलाका राणा कालका अवस्थालाई केलाउादै छलफल गर्दै हिँडियो । खैरालाबासी नेपाल मगर संघ जिल्ला सदस्य डमरबहादुर सारुमगर, सदस्य अमर सिजापतीमगर र नेपाल आदिवासी जनजाति महासंघ खैरालाका अध्यक्ष दिलीप सीजापति मगर लगायतका वुद्धिजिवीको त्यो क्षेत्रको मागले हामीलाई पुग्न आतुर बनाएको थियो । आतुरको खातिर दरवार हुदै हामी नेपाल मगर संघ के.स. टेक नामाजालीमगर, अध्यक्ष चक्र अस्लामीमगर, उपाध्यक्ष दल बहादुर घर्तीमगर, सचिव रमेश थापामगर, सह सचिव नारायण हौजालीमगर, कोषाध्यक्ष नेत्र मगर, सदस्य जय वहादुर रानामगर, सदस्य भक्त ब. आलेमगर, सदस्य तोपेन्द्र पुनमगर, सदस्य चन्द्र ब. घर्तीमगर, सदस्य बिनिता बुढामगर, सदस्य विरेन्द्र थापामगर, सल्लाहकार संयोजक मिन ब. दर्लामीमगर, सदस्य खडक वुढामगर, विधार्थी नेता असोक बराल र रण व. सिजापतीमगरको समुह रहेको थियो । साझ बेलुकी वैसेनी खैरालामा पुग्न सफल भयौं ।

 

कैलाली जिल्लासंग जोडिएको दुर्गम खैरालामा पुग्नासाथ खैरालाबासीले स्वागत सहित सम्मान गरेका थिए । खानाको व्यवस्थापन एकातिर छ भने संस्कृतिको टोली अर्कोतिर प्रर्दशन गर्नको लागि तयार गर्दै थिए । परम्परागत सांस्कृतिक झाँकीमा स्थानीयहरु रमाइलोसंग नाचिरहेका थिए । यो दृष्यले मगर नेताहरुलाई झस्काइ रहेको थियो — हाम्रो भाषा संस्कृति हरायो के हेरिरहेका छांै ? किन यसको विकास हुन सकेको छैन ? यसलाई जगेर्ना गर्न किन सकिरहेका छैनौ ? जसरी हाम्रो संस्कृति हराउदै छ त्यसरी हाम्रो भाषा, भेष भुषा, संस्कृति, सभ्यता, सिप ज्ञान, धामी अथवा झाँक्री, जडीबुटी, प्राकृतिक साधन स्रोतहरु हराउँदै छन् । किन हामी यो सब बुझिरहेका छैनौं ? अहिले सम्म त हामीले जगाएर राखेका छौ भोलि के हुने हो बुझे हुन्छ । राज्यले त साथ दिएन बुभ्mने नेताहरुले भएपनि बुझिदिनु पर्यो । हामीले आय आर्जनको मुलमार्ग किन समात्न सकेका छैनौं ? हामीमा के छैन ? हामीसंग परम्परागत सिप, ज्ञानहरु छन्, सांस्कृतिक पहिचानहरु पनि छन् । आज हाम्रो हालत यस्तो हुनमा कसको हात छ त ? के हामी नै हौं? गलत यदि गलत हांै भने सुधारको पक्ष के त ? एकाएक प्रश्नहरु उठिरहेका थिए । हामी मगरहरु किन पछाडी पर्यो त ? किन हामीलाई पछाडी पारियो त ? के पछाडि पर्नमा हाम्रो नै कमजोरी हो ? या ऐतिहासिकताको कमजोरी हो नियाल्न जरुरी छ ।
थकाइको कारणले होला हामी सुत्न बाध्य भयांै । खाना पश्चात, अर्को दिन १५ गतेका दिन भने हामी जिल्ला कमिटी बिच बृहत बैठक सुरु भयो । त्यही दिन खैराला गाउँ कार्य समितिले अधिवेशन सहित उद्घाटन कार्यक्रम बृहत रुपले श्री केदारेश्वर निमावि खैरालामा गर्न शुरु भयो । यो अधिवेशन अमर सिजापतीमगरको अध्यक्षतामा भएको थियो । विकटतासंग जोडिएको कैलालीको मगरात झलक त्यो संस्कृति टीमले दिएको थियो । सांरङ्गीहाता, मारुनी नाच, पैसरी नाच, सालैजो भाकामा नाचले रमाइलो बनाएको थियो । अझ भन्ने हो भने महिलाहरुको सारंङ्गी हातले झन मान्छेलाई आकर्षण गरेको थियो । हो वास्तव मै यस्तो कला र गला हुँदाहुँदै पनि मगरात क्षेत्र पछाडि पर्नुमा केही रहस्य भने अवश्य छ । यसैले मगरहरुको एकता नहुनूमा शोषक सामन्तीले फाइदा उठाएका हुन् या तराईमा बसेर पहाडको योजना गर्नेले फाइदा उठाएका हुन् – यो एउटा प्रश्न बनेको छ ।
समग्रमा यस तेस्रो नेपाल मगर संघ गाउँ काय समिति खैरालाको अधिवेशन ऐतिहासिक बनेको छ । १५ गते रातभर ऐतिहासिकताको झल्का दिने परम्परागत साँस्कृतिक नाचहरु पुनः प्रस्तुत भए । नेपाल मगर संघ खैरालामा नवनिर्वाचित अध्यक्ष गम्भीर तारामीमगरको अध्यक्षतामा ११ सदस्य समिति गठन भएकोे थियो ।

 

१६ गते हिँडाईसंगै खैरालाको बाटेगडाको विधालय श्री सरस्वती प्रावि बाटेगडा खैरलाको भवनमा गाउँ भरिका मगर जम्मा भएर स्वागत गरे । जसमा विषेश भुमिका असोक बराल ज्युले निभाएका थिए । यसबेलासम्म साँझ भै सकेको थियो । यसरी सम्मानको पात्र त भइयो तर अब हामीले के दिन सक्छौं ? यो हाम्रो गम्भीर विषय बनेको छ । खैरालाको यो बृहत ऐतिहासिक कार्यक्रममा मौहन्यालबासीको सांस्कृतिक उपस्थिति साथ जनमानसको राम्रो उपस्थिति थियो । सायद यसले पनि होला मौहन्यालवासीलाई उत्साही बनाएको थियो ।
मगरहरुको पहिचान बनाउन सफल रहेको सवै भन्दा पुरानो गाविस मौहन्याल नै हो । जहा संस्थापनको रुपमा २०४४ सालमा लाङ्गघाली संघ गठन गर्नसफल भएका श्री खडक व. बुढामगर सचिव हुनु भएको थियो । त्यस्तै अध्यक्षमा पण्डौन गाविसका दल व. बुचामगर रहनु भएको थियो । त्यस बेलाको पंचायती शासनले प्रतिवन्ध लगाएको कारण लाङ्गघाली संघ कैलालीका संस्थापकहरुलाई जिप्रकाले नियन्त्रणमा लिएको रहेछ । जातीय भेष भुषा, संस्कृति, भाषा आदि कार्यक्रम गर्न बन्देज लगाएको थियो । केन्द्रबाट नै छोडिदिने आदेश पछि मात्र अब यस्तो गति विधि नगर्ने भनी हस्ताक्षर गरे पछि मात्र तारेखमा छोडेको थियो । यसरी मगरको पहिचान बनाउन सफल रहेका पुरुषहरु प्रति हार्दिक सलाम व्यक्त गर्न चाहान्छु । यस्तो व्याक्तित्व जन्माउने ठाउँ मौन्याल, पण्डौन नै हो । आज मगरहरुको पहिचान मगरात कहाँ हरायो ? मगरात जोडिएको बोक्टान किन बिलिन हुँदैछ ? एकतामा बाधिएका मगरहरु किन फुटेर जुट्न जानेका छैनन्, मात्र फुटिरहेका छन ? भाई फुटे गवाँर लुटे भन्ने अर्थ किन वुझेका छैनन । हो समय परिवेश केही सुस्ताए राजनीतिक गति विधिका कारण मगरहरु चारदिशा बाँडिए तर अर्थ बुझेनन् । अब त बुझन जरुरी छ कुन बेला एक हुने त ? मगर संघ के कारणले ओझेल प¥यो त प्रष्ट देखिन्छ । मगर संघलाई ओझेल पार्नु भनेको मगरहरु मासिएर जानु हो र भेष भुषा, भाषा, संस्कृति, आय आर्जन र सिप, कला गला र आधुनिकता बिलन तिर जानु हो ।
२०७३ माघ २०,२१,२२,२३ गते सम्म भएको यो बृहत ऐतिहासिक कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ र नेपाल मगर संघ मोहन्यालको संयुक्त रुपमा अधिवेशन तथा प्रशिक्षण तथा छलफल कार्यक्रम राखिएको थियो । कार्यक्रमको अध्यक्षता नेफीन मोहन्याल अध्यक्ष दल बहादुर घर्तीमगरले गर्नु भएको थियो । त्यस्तै यो बिकटताको सुन्दरता र नेताले नबुझेका ठाउँ मोहन्यालको कटौजेमा जिल्लाबाट नेपाल आदिवासी जनजाति महासंघ कैलाली सह सचिव अमृत राई, नेपाल मगर संघ के.स. टेक नामाजालीमगर, अध्यक्ष चक्र अस्लामीमगर, सल्लाहकार संयोजक तथा पुर्व के.स. मिन ब. दर्लामीमगर, उपाध्यक्ष दल बहादुर घर्तीमगर, सचिव रमेश थापामगर, सदस्य चन्द्र ब. घर्तीमगर आदिको उपस्थितिमा रहेको थियो । त्यस्तै बुद्धिजिवी मान बहादुर घर्तीमगर पनि रहनु भएको थियो । जसमा जिल्लाको टिमलाई मोहन्याल वासीले भव्य संग स्वागत गर्नु भएको थियो । त्यो गुण तिर्न जिल्ला कमीटिको दायीत्व आएको छ । प्रशिक्षण तथा छलफल कार्यक्रम माघ २० गते उद्घाटन भएको थियो । जसमा मगरहरुको परम्परागत सांस्कृति नाच भव्यताका साथ प्रदर्शन भएका थिए । जसमा मारुनी नाच, सारङ्गी हाता, महिला तथा पुरुषको पैसरी नाच, भुमे लगायतको नाच देखाइएको थियो । यसमा जनमानसहरु फरकपनाको आनन्द लिइरहेका थिए । यस्तो आफ्नो भेषभुषामा उपस्थिति भएका मगरहरुको पहिरनले कटौजे डाँडा रंङ्गीचंगी भएको थियो । सालघारीवासीले भुमे नाच, पाल्साको मारुनी र पैसरी, कटौजेको मारुनी र सारङ्गी हाता नै एकतामा महत्वपुर्ण रमाइलो बनेको थियो । जो अपनत्व संग जोडिएको थियो । मगरात हराउनु भनेको मगर हराउनु हो । मगर एकजुट नहुन भनेको पनि मगर मासिनु हो ।

 

दोस्रो दिन प्रशिक्षण कार्यक्रम मानव भै बाच्नको लागि चाहिने आवस्यकता संघै भाषा, धर्म, संस्कृति लगायत अब मगर कसरी एकजुट हुने । त्यसको लागि कसले कस्तो भुमीका निभाउन आवस्यकता छ आदि विषयमा वृहत छलफल सहित प्रशिक्षण कार्यक्रम भएको थियो । त्यस दिन राति नै नेपाल आदिवासी जनजाति महासंघ मोहन्यालका अध्यक्ष यज्ञ व. घर्तीमगरको अध्यक्षतामा ११ सदस्य गाउँ समन्वय परिषद् गठन भएको थियो र नेपाल मगर संघ मोहन्यालका अध्यक्ष छविलाल हौजालीमगरको अध्यक्षतामा १५ जना सदस्य कार्य समिति गठन भएको थियो । आफनो मातृसंस्था भएर होला, बढो उत्साहपुर्वक गठन भएको थियो ।
अन्त्यमा मगरात मासिए मगर मासिन्छ । मगर मासिए मगरात मासिन्छ । यो मासिनु भनेको हाम्रो भेषभुषा, भाषा, संस्कृति, संस्कार, रितिरिवाज, वैधिक ज्ञान, सिप, कला गला लगायत आदि मासिनु हो । यहाँको भुगोल सुहाउँदो ज्ञान भएको मानव सभ्यता असफल हुनु हो र प्रकृति नै समाप्त हुनु हो त्यसकारण आदिवासी ज्ञानलाई उजागर गर्दै नेपालीपन सुहाँउदो रुपमा अगाडि बढ्न जरुरी छ ।
लेखक नेपाल मगर संघ कैलालीका उपाध्यक्ष हुन्

 क्याटेगोरीः समुदाय