न्याय खोज्दा पनि न्याय नपाइने कस्तो देशमा रहेछौं हामी ?


निमा डोल्माका हत्यारामाथि कारबाही हुन्छ ?


तुलसीदासद्वारा लिखित रामचरितमानसमा आदेश गरिएको छ, ‘ढोल गवाँर शुद्र पशु नारी, ये सव ताड्ने कै अधिकारी । ’ शुद्र र नारीलाई पशुजस्तै पिटे पनि दोष लाग्दैन, किनकी यिनी पिटाइकै लायक (अधिकारी) छन् । मलाई यो आजभोलि यस्तै आदेश पालन गरिरहेको देख्छु पुरुषहरुले महिलालाई पनि ।

मैले नर्स निमा डोल्माको हत्या भएको कुरा सुनेको र अनलाइनहरुमा रहस्यमय मृत्यु भएको खवर पढ्न पाको थिएँ । मेरो कुनै चिनजान छैन । न परिवार सँग न मृतक सँग नै थियो । तर म अन्यायको लागि लड्नु पर्छ भन्ने मान्यता वोकेको मान्छे लेखेर पनि आफ्नो कर्म पुरा गरौं भन्ने लागेर पीडित परिवारको फोन सम्पर्क मित्र रिन्छेन दोर्जे तामाङसँग उपलव्ध गराउन भने सम्पर्क नम्वर मागेर मृतकका आफन्त सँग कुरा गरे ।

सम्पर्क गर्दा दुःख पोख्दै मृतकका बहिनी निमाले भनिन्, ‘न्याय खोज्दा न्याय नपाइने कस्तो देशमा रहेछौं ?’ मैले एकजना शेर्पा वावैले भनेको वाक्य मन मनै सम्झे, ‘नानी नेपालको कानुन, बाहुनले जानुन्’ ती वाबैले यसो भन्नुको मतलब बुढो मान्छे सिधा मान्छे देखेर उनको जग्गा खाइ दिएछन् । मुद्दा लड्ने भएछन् तर बाहुनले हुँदो नहुदो कानुनमा यस्तो छ उस्तो छ भन्दै मुद्दा हराइ दिएछन् । पुनरावेदन गर्दा पनि अन्याय भएकोमा न्याय पाइएला भन्ने विश्वासले पुनरावेदन गरेको नतिजा उल्टो भइदियो । जग्गा जमिन खाइदियो ।

यस्तो अन्धो कानुन, अन्धो प्रशासनको गरिमालाई कसरी उच्चो बनाउने ? कसरी जनताले विश्वास जित्ने ? भन्ने सरोकार छैन । जो पहुचवाल छ उसैको कुरौटे बन्ने संस्थाको कसरी विश्वास गर्ने ?

२०७० असार २८ गते नर्स निमा डोल्माको सुनियोजित हत्या भए पछि न्यायको लागि लडिरहेकी मृतकका बहिनी निमाको भोगाई पनि त्यहि प्रकृतिको छ, ‘यहाँ न्याय दिने मान्छेहरु हाम्रा मान्छे छैनन् सिस्टर, यहाँ हाम्रा मान्छे मात्र हेरिन्छ !’

दिदीको हत्या कसरी गरियो जान्न उत्सुक लागेर सोधे पछि बहिनी निमा लामाले मृतक दिदी निमा डोल्माको बारे प्रहरीलाई दिएको बयान, तामाङ घेदुङ संघले तयार गरेको प्रतिवेदन सरसर्ती अध्ययन गरे नर्स निमा डोल्माको हत्या भएको सत्यता नजिक छ । हत्या आरोपीतसँग बिहे गर्नेसम्मको योजनामा पुगेकी एक चेली हत्याको शिकार बनिन् आफ्नै प्रेमीबाटै । यसलाई ओझेल पार्ने र त्यतिकै छोप छाप पार्ने काम नहोस् । छानबिन होस्, हत्यारालाई कडा भन्दा कडा सजाय होस् भन्ने हामी चाहान्छौ तर यसको ठिक विपरित नहोस् भन्ने हो त्यतिले नसुने के गर्ने ? त्यसबेला कुन विकल्प आउँछ त्यो त्यतिवेला नै थाहा हुने हो ।

कुरा के हो भने यहाँ नारी स्वतन्त्रको कुरा गर्नेहरु कहाँ कुन दुलोमा लुकेका छन् ? मैले देखिन । मानव अधिकारकर्मी कहाँ छन् ? अर्थ न वर्थ १० बित्ता उफ्रियो महिला अधिकारकर्मी, मानव अधिकारकर्मी मान्छेलाई अन्याय भएको छ । मूक भएर बसिदिने ?

मलाई लाग्छ, जस्ले जतिसुकै गफ चुटोस् नारी माथिको अन्यायको जग बसाल्ने हिन्दु साहित्य जवसम्म खोपडीमा रहन्छ तबसम्म यो दासत्वकै रुपमा रहन्छ ।

भनिएको छ कि ‘नारी दमनको पात्र होे, दमन नगरिए नारी उत्ताउली हुन्छे’ यस्तो सभ्यता सिकाउने धर्मले पनि यस्ता घट्नालाई उक्साएको छ । नारीको रक्षा कुमारी अवस्थामा पिताले, यौवन अवस्थामा पतिले, वृद्धा अवस्थामा पुत्रले गर्छ, किनकी नारी स्वतन्त्रताको योग्य छैन । (ऐतरेय ब्राह्मण) यस्तो धार्मिक पाखण्डपनहरु मगजमा घुसेका छन् ।

पुरुष भनाउँदाले पनि महिला देख्यो कि ध्यान भंग हुने ति कथित हिन्दु भगवानका जस्तै महिलामाथि दृष्टि लगाउने महिलालाई हिंसा गर्नेेले अनि पुरुषलाई सुपेरियर बनाउने ढुंगालाई दुत र मान्छेलाई मुत खिलाउने संस्कारगत दासत्वले गर्दा पुरुष बनेर ठाडो शिरले हिड्न नसक्ने स्थिति पैदा गर्नेलाई कुनै कानुन नै बनेको छैन ?

यहाँ त प्रहरी संलंग्न अपराधिलाई कार्वाही गर्न हिचकिचाएको पाएँ । हत्यारालाई चाँडोभन्दा चाँडो छानबिन गरी कार्वाही गर्न प्रहरीलाई जाहेरी दिँदा तत्काल लिन नमाने पछि विभिन्न पार्टीका नेता हार गुहार गर्नु परेको घट्नाले जनताको जिउ ज्यानको सुरक्षामा खटिने देशको पवित्र सस्थाले प्रहरी प्रशासन पनि नेता र अलि अलि हुनेखानेकै कुरा सुन्ने देखियो । हुनेखानेको मात्र कुरा सुन्ने न्यायको ढोकामा हँुदाखानेको कुराले प्रवेश नपाए पछि कसरी निष्पक्ष संस्था भनि नागरिकले गर्व गर्ने ?

विमल घर्ती मगरका बहिनी, नायिका नेहा पुनको उस्तै प्रकृतिको घट्नाले सबै मिडिया कभरेज पाउने उस्तै प्रकृतिको निमा डोल्माको घट्ना बारे एक शव्द खर्च गर्न कञ्जुस्याई गर्ने मिडिया पनि असाध्यै पक्षपाती देख्छु ।

रोइकराइ गर्दा दबावमा प्रहरीले कुरा सुनेको भान पार्ने अर्को बहाना वनाएर अपराधीलाई उन्मुक्ति दिने काम गर्छ भने उही प्रहरी प्रशासन भने कसरी जनताले विश्वास गर्ने ? होइन भने, ‘झुटो बोलेर कानुन छल्न खोजेको’ उमेश कुमार शाहको पोलिग्राम रिपोर्ट पुष्टी हुनासाथ अर्का देव कुमार शाहको स्वास्थ्य स्थिति ठिक नभएको बहाना किन बनाए ? यो कुनै पनि बहानामा अपराधि हत्यारालाई उन्मुक्ति दिने वहाना हो ।
के गर्नु? मिडियाले पनि पहुँचवालाको कुरालाई मात्रै प्राथामिकता दिन्छ जसको पहुँच छैन उसको चाहिँ वास्ता नगर्ने पक्षपाती सस्कारै बनेको छ । यस्तो सस्कारलाई त्याग्दै सन्तुलित अपराधिको विरुद्ध सत्यता उधिन्दै खरो उत्रिएर पीडितलाई न्याय दिनु आफ्नो धर्मलाई विर्सेर नेताको गिताङ्गे बन्नेहरुले गर्दा नै यस्ता घटना ओझेलमा पर्ने गरेका छन् ।

तामाङ घेदुङको ‘निमा डोल्मा लामाकोको अध्ययन प्रतिवेदन’ ले हत्या नै गरिएको निष्कर्ष निकालेको छ । घटनाको प्रकृतिलाई अध्ययन गर्दा पनि हत्या भएको हो भन्ने प्रमाण हुँदा हुँदै पनि न्याय दिलाउने अदालतले उल्टो अन्याय गर्न मिल्दैन । त्यसैले निष्पक्ष छानबिन गरी अपराधीलाई कडा कारबाही होस् भन्न आग्रह गर्दछु ।

 क्याटेगोरीः जेण्डर