धिमाल जाति र उनीहरुको पहिचान बोकेको जात्रि/सिरिजात पर्व


विजय धिमाल
राजघाट, चैत्र ३१ । धिमाल समुदायले मन्ने महान पर्व जात्रि÷सिरिजातको सुरुवात भएको छ । विक्रम संवतको नयाँ वर्ष प्रवेशको वैशाख २ गते मोरङको भोगटेनी राजारानी धिमाल डाँडाबाट यो पर्व प्रारम्भ हुने गर्दछ ।

 

राजारानीबाट प्रारम्भ भएको यो पर्व करिव २ महिना सम्म मनाउने गरेको छ । दुई महिनासम्म यसरी मनाउछन् मोरङ, झापा र सुुनसरी जिल्ला लगायत नेपाल भर रहेको एक साय धिमाल बस्तिहरु छन । ती बस्तिहरुमा फरक फरक गते जात्रि÷सिरिजात मनाउने गरिन्छ यसकारण लामो समय सम्म मनाउदछन् । नेपाल भरि खोज्दा धिमाल जाति बाहेक अन्य कुनै जाति छैन होला यतिका लामो समय सम्म पर्व मनाउने । धिमाल समुदायभित्र कुनै ठाउँ पुजा त कुनै ठाउँ मेला लगाउादै २ महिना सम्म लगातार चलिरहन्छ ।

 

धिमाल जाति विकास केन्द्र उर्लाबरी नगरपालिका–३ मंगलबारे १० विगाह परिसरमा असार २ गते भव्यताका साथ औपचारिक रुपमा कार्यक्रमको आयोजना गरी समापन गर्ने गरिन्छ ।

 

ग्रामथान तथा महाराजथान र्निमाण गरी वर्षमा एक पटक पुखैँलि चलन अनुसार विगत हजारौ वर्ष देखि धुमधाम संगले पुजा वा मेला (जात्रि÷सिरिजात) मनाउदै अइरहेका छन् ।
ग्रामथान तथा महाराजथानमा पुजाआजा गर्दा फलफुल लगायत सुँगुर, बोका, बाख्रा, हाँस, कुखुरा, परेवा आदिको बलिदिने र रक्सी पनि चढाउने चलन छ ।

 

यस पर्वमा धेरै वर्ष अघिदेखि टाढा रहेर बसोवास गर्दै आएका आफन्त, छोरीचेली र इष्ठमित्र भेटभाटसंगै धिमाल जातिको परिकार लगायत खानपिन, नाचगान गर्दै बडो रमाइलो ढंगले मनाउने गर्दछन् । धिमाल गाँउ टोल बस्तीहरुको ग्रमथान÷महाराजथानहरुमा मेला लगाइ गरिने पुजालाई जात्रि भनिन्छ । र यो जातिको
मूख्य बाजा ढोल बजाएर प्रतिस्पर्धा गरि प्रथम, द्वितिय, तृतिय र सानत्वना पुरस्कार पनि दिइन्छ । ढोल प्रतिस्पर्धामा छिमेकी गाँउ टोलका धिमाल जाति नै हुन्छन् । जहाँ मेला लाग्दैन वा लगाइदैन, ढोलको प्रतिस्पर्धा गरिँदैन त्यसलाई सिरिजात भनिन्छ ।

 

कसैकसैले भने यस जात्रि/सिरिजात पुजालाई ढङढङे मेला वा पुजा भनेर यो ऐतिहासिक पर्वकै अपब्याख्या भएकोे पनि छ । यतिसम्म की, ढङढङे मेला भनेको केटाले केटी र केटीले केटा हेर्ने अर्थात केटाकेटी रोज्ने मेला हो भनेर यस पर्वलाई भद्दा र बिकृत बनाउनेहरुको कमी छैन ।
वयस्कहरुले यस पर्वलाई जसरी चित्रण गरेपनि धिमाल जातीय विकास केन्द्रले भने यस्ता टिप्णी गर्न र प्रवृति देखाउन रोक लगाउदै आएको छ । परापूर्वकालमा मन परेकी स्त्रीलाई जबरजस्ती काँदमा हाली पुजापाठ गर्ने र कोठामा केहिदिन बन्धक बनाएमा आफ्नी श्रीमती वा बुहारी बनाउने प्रचलनलाई धिमालहरु कार्दैनन् । तर जात्रि÷सिरिजात मनाउनुको अर्थ अतितमा जंगलका हिंस्रक जनावर, अनेकौँ रोगव्याधि, महप्रलय, अनाबृष्टि, अतिबृष्टि, अनिकाल, खडेरी, आगलागि लगायत अनेकौँ संकटहरुबाट बच्न र बचाउनका खातिर ग्रामथान÷महाराजथानमा देरादिर(भगवान)घरदेखि केहिपर वा धिमाल समुदायको पूर्वपट्टी थान र्र्निमाण गरि वर्षको एक पटक पुजाआजा परापूर्वकादेखि हाल सम्मगर्दै आएको धिमाल जाति विकास केन्द्रको सामाजिक नियामावलीमा उल्लेख छ ।

 

यो पुजा गरिसकेपछि ती अराजक तत्व लगायत जीव–जनावरदेखि विविध कुराहरुले नसताओ भनेर पुरै आफ्नो गाउँलाई तन्त्रमन्त्रले बाँध्ने जस्ता कुराहरु केन्द्रीय धामीहरु बताउछन् । धिमाल जातिको थानमा कुनै मुर्ति÷प्रतिमा हँुदैन । यिनीहरु माटोद्वारा बनाइएको हस्तलिपी निर्मित हात्ती, घोडा र बाख्रा र वनजंगल, खोलानाला, जीवजनावरलाई पुकारी पुजाआजा गर्ने गरेको पाइन्छ । यस पुजाआजामा धिमाल जाति मात्र नभएर गैर धिमालहरुपनि आफ्नो मनोकांक्षा पुरा हुनेगरेको वा भएको भनी विश्वासका साथ थानमा लामबद्घ भइ पुजामा संलग्न भएको पाइन्छ ।

यस जातिलाई हामीले चिन्नुपर्दा पूर्वकाल देखिनै आफ्नो कला, संकार, संस्कृति, भाषा र भेषभुषा संरक्षण ,सम्द्र्घन गदै आएको पाइन्छ ।
तराइ भेगमा बढीमात्रामा देख्न सकिन्छ यस जातिलाई । मुख्यतः धिमालहरु मोरङ ,झापा र सुनसरी जिल्लामा सिमित रहेका
छन् । नेपालमा मात्र नभइ भारतको विभिन्न ठाउमा पनि धिमालहरुको थातथलो रहेको पाका उमेरका धिमालहरुको कथन छ । किबंदन्ती
अनुसार धिमालका पुर्वजहरु स्थाइ बसोबास गर्दैनथे । फिरन्ते अवस्थामा सिकार खेल्दै एकै समुह भएर बस्ने गर्थे । कालान्तरमा धिमाल जाति अस्थयी नभइ स्थाइ रुपमै गोलबद्घ भएर १०–१५ घरदेखि ५०–१०० घरसम्म बसोबास गर्दै आएको पाइन्छ । उहिले तराइमा बसोबास गर्न

निकै कठिन थियो । तराईमा बसोवास गर्न चानचुने कुरो थिएन । उसताका तराई क्षेत्र घनाजंगल थियो । धिमाललाई अ‍ैँलो प्रभावित तराईको भुमिपुत्र भन्दा दुइमत नहोला । यो जातिको आफ्नै धामि÷पुरोहित (ओझ) हुन्छ । विविध पुजाआजा, जन्म, मृत्यू, विवाह, संस्कार र संस्कृति

आफ्नै जातिको पुरोहितद्वारा कार्य सिद्घ गर्दछ । यद्यपि, यतिबेला कतिपय धिमाल बन्धुहरुले अन्य पुरोहितद्वारा पनि जजमानि गर्दै आएको पाइन्छ ।

 क्याटेगोरीः संस्कृति