गाउँ समाजअझै किन माथि पुग्न सकेकाे छैन ?


मातृका किरात
रुढीबादी भनाइ अनुसार अझैसम्म गाउँ समाजमा एक जनाले केही राम्रो खालको काम गर्‍यो या नयाँ नवीन कुराहरुलाई लिएर समाज अगाडि सार्बजनिक गर्‍यो भने होच्याएर बोल्ने प्रवृत्ति कायम नै छ!
कसरी? लौ फलानोको छोराले बिगतका दिनमा कोदोको ढिढो र गुन्द्रुकको झोल पनि खान पाएको थिएन तर अहिले त मजबुत गरी खान पाएछ के रे त्यसैले निकै महान दार्सनिक कुरा गर्न खोजिरहेको छ । सरम नभएकाे !
त्यसरी हेय दृष्टिकोण रुपले अरुले आफ्नो आन्तरिक बिश्लेशन प्रति खण्डन गरिरहँदा कहिँकतै आत्मबल त कमजोरी भइहाल्छ जसको पनि!र अर्को कुरा कुनै जिल्ला सभा गाविस भवनतिर कुनै दिन सभा समायोजन गर्दा प्रत्येक वडाका सदस्यहरुलाई उपस्थितिको लागि निमन्त्रणा गराइन्छ र उपस्थित जनाइन्छ। र त्यहाँ जुन कार्यक्रम संचालकले कार्यक्रमप्रति सम्बोधन गर्दै लैजाने क्रममा आ आफ्नै राय तरक सल्लाह प्रतिक्रिया हरुलाई दर्साउन र अभिव्यक्त गर्न अनुरोध फ़ेरि त्यहाकै बैठक सभा संचालकहरुले होच्याएर बोलिदिने चलन छ ।
लौ ननि फलानो त केही दिन अगाडीसम्म खस भाषा नै स्पष्ट रूपमा बोल्नु नजान्ने थियोे तर आज त मञ्चमा आएर भासण गर्ने पो भैसकेको रहेछ । होईन कति चाडै समय परिवर्तन हुदैछ भन्दै आफू आफू हेराहेर गर्दै साहुति मार्दै खिल्ली उडाउन थालेपछि त्यो आफ्नो अभिव्यक्तहरु पस्कनुको निम्ति दर्शक समक्ष स्टेजमा खडा भएको उम्मेदवार प्रबक्ताको मननै कम्जोर भएर आउछ जुन उस्ले सोचेको प्रतिक्रियाहरुलाई टुंगोमा नपुर्याइकन स्टेजबाट बिदा हुने अवस्था आउछ ।
र त्यस्तै अर्को कुरा कुनै बेला जिल्लाबाट केही खानेपानी संस्था र स्कुल भवन निर्माण गराउनको लागि बजेटहरु खटिने गर्छ र वडातिर बिभाजन गर्दा एक दुई जना कार्यबाहल समाल्नु सक्ने खालका सदस्यहरुलाई चयन गराउनै पर्‍यो तर त्यो अवस्थामा पनि कसरी लान्छना दिइन्छ भन्दा त्यसलाई गाउँ समाज कसरी बटुल्ने कसरी कार्ययोजना हरुलाई अगाडी बढाउने भन्ने बिसयमा अनुभव नै छैन भने त्यस्ताको हातमा बजेट रकम!हरु हस्तान्तरण गरेर उचित होला र? भन्दै ओल्च्यौने हियाउने कार्य प्रबिधिका कारण गाउँ समाजमा अझैसम्म पनि ढुङे युगकै जमानामा सिमित छ भन्ने मेरो बुझाइ,सेवा!

 क्याटेगोरीः समुदाय