विश्वभरीका नेवारहरुको बिच एकताको आवश्यकता


इसमता संवाददाता
काठमाडौं, साउन २१ । वल्र्ड नेवाः अर्गनाइजेसनका कार्यवाहक अध्यक्ष शाक्य सुरेनले आज काठमाडौं उपत्यकाका आदिवासी नेवारहरु आज राज्यद्वारा नै प्रताडित अवस्थामा रहेकाले आफ्नो अस्तीत्वका लागि विश्वभरिका नेवारहरु संगठित हुनुपर्ने बताए ।

 

विश्वका नेवारहरुको भविष्यका बारेमा आज आयोजित कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उनले नेवारहरु आज झन् बढी संगठित हुनुपर्ने आवश्यकता भएको तिर औँल्याएका हुन् ।

 

उनका अनुसार पहिले धर्मप्रचार, कला विस्तार, ज्ञानको प्यास, रोजगारी, दासको व्यापार, युद्ध र युद्धबन्दू, बैवाहिक सम्बन्ध, प्राकृतिक प्रकोप, युद्ध पराजय, राज्य विस्तार उपनिवेश आदि कारणले नेवारहरु विदेशिनुपरको भए आज अध्ययन, श्रम विक्री, ज्यानको रक्षा वा भोक, बहुराष्ट्रिय कम्पनीको स्थापना, वैदेशिक रोजगार, सैन्य कर्म र सैन्य संगठनको निरन्तरता, आश्रित भिसाको अधिकार राजनीतिक हिंसा, पलायन, राजनीतिक भूमण्डिलीकरणका कारण नेवारहरु क्रमिह रुपमा विदेशमा बसोवास गर्न गइरहेका छन् ।

उनले हाल विदेशमा विभिन्न पेशा र अवस्थामा रहेका नेवारहरुले विभिन्न किसिमले आफ्नो मातृभूमिमा रहेका नेवारहरुसँग सहकार्य गर्न सकिने बताए ।

 

उक्त कार्यक्रममा बोल्दै प्रा माणिकलाल श्रेष्ठले नेवारहरु मुलतः शैव, हिन्दु, मुस्लिम र क्रिस्चियन भएपनि मुस्लिम र क्रिस्चियनलाई पृथ्वी नारायण शाहले अमानवीय तरिकाबाट आमहत्या र देशनिकाला गरकाले
हान दुइधर्मका नेवारहरुमा काठमाडौं उपत्यकामा बाँकी रहेको बताए ।
साथै उनले नेपालमा सदियौंदेखि राजभाषा र देशभाषाको रुपमा रहेको नेपालभाषालाई १९९२सालमा मात्र विस्तापित गरी यसको ठाउँम गोर्खा वा पर्वते भाषालाई राज्यले अँगालेर यहाँको मौलिकतामा प्रहार गरेको पनि बताए ।

 

डा. महेशमान श्रेष्ठले हाल पनि राज्यले नेवारहरुलाई त्यसरी नै यातना दिइरहेको सम्झाउँदै अहिले बाहिरी चत्रपथ र स्याटेलाई सिटीको रुपमा यहाँको उर्बर भूमिमाथि कंक्रिटको जंगल बनाएर देशभरीका आप्रवासीलाई बासदिन लागेको बताए ।
कार्यक्रमा नेवार्स अफ अमेरिका नामक अमेरिकामा रहेका नेवारहरुको संस्थाका प्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो ।

संस्थाका पूर्व अध्यक्ष नरेन्द्र भक्त हाडाले नेवारहरु अहिले राजनीतिक रुपमा पछाडि परेकाले आफ्नो विचारअनुसार जुनसुकै पार्टीमा गएर भएपनि आफ्नो अधिकार स्थापित गर्नुपर्ने विचार राखे ।

कार्यक्रम वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले अायोजना गरेकाे  थियाे ।