नेवाः वक्तृत्व प्रतयोगितामा रेखा शाक्य प्रथम


इसमता संवाददाता
कठमाडौं, साउन १८  । प्रतिभा समाजले आफ्नो साधारण सभा, प्रतिभा बूक बैंकको बार्षिकोत्सव र सतोआकि इतो स्मृति दिवसका अवसरमा समसामयिक, सामाजिक व सांस्कृतिक विषयमा नेवाः भाषामा एक वक्तृत्व कला प्रतियोगिताको आयोजना गर्यो ।

कुल १६ जनाले भाग लिएको उक्त प्रतियोगितामा प्रतिभा समाजका अध्यक्ष तथा कार्यक्रममा सभापति प्रा. डा. बज्रराज बज्राचार्यले प्रथम भएका रेखा शाक्य, द्वितीय भएका सुनेना महर्जन तथा तृतिय भएका सरिता महर्जनलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरे । प्रथम भएकाले रु ५०००, द्वितीय भएकालाई रु ३००० तथा तृतिय भएकालाई रु २००० एवं सान्त्वना पुरस्कार पाएकाले रु १००० नगद प्राप्त गरे ।

प्रतियोगितामा रेखा शाक्य, जगत सुन्दर ब्वनेकुथिबाट सांचि मानन्धर, रिजा महर्जन, सरस्वती लामा, व सचेतना मानन्धर , बौद्ध विहार संघबाट राजु शाक्य र सानुछोरी शाक्य, मां भाय् पुचः बाट राम हरि कपाली र हिरा रत्न शाक्य, नेपालभाषा क्लबबाट सुनयना महर्जन र रुपा शाही, राजोपाध्याय समाजबाट दिपना शर्मा, खड्गी सेवा समितिबाट रामकृष्ण खड्गी र गीता खड्गी एवं ज्यापु समाजबाट सरिता महर्जन र सरिता अवालेले भाग लिएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा .डा. बज्रराज बज्राचार्य, डा. चुन्दा बज्रार्चाय र नरेशवीर शाक्यजु हुनुहुन्थ्यो ।

 क्याटेगोरीः कला साहित्य