पोर्चुगलमा आदिवासी दिवस मनाइदै
 
वाईवि तमू
लिस्बन साउन १ । पोर्चुगलमा बसोवास गर्दै आएका नेपालका आदिवासी जनजातीहरुले आगामी अगस्ट ९ तारिक विश्व आदिवासी दिवसको अवसर पारेर राजधानी लिस्वनमा एक कार्यक्रमको आयोजना गरिने भएको छ ।
हरेक वर्ष अगस्ट ९ तारिक विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।संयुक्त रास्ट्र संघको तथ्यांक अनुसार विश्वका  करिव ९० देसमा ३७० मिलियनको संख्यामा आदिवासीहरु बसोवास गर्दछन भने ७ हजार भाषा र ५ हजार भन्दा धेरै फरक फरक सस्कृति अबलम्बन गर्दछन् ।
आदिवासीहरुको आफ्नै भाषा,सस्कृति र रहन सहन छ । उनीहरु प्रकृति संग धेरै नजिक रहेका हुन्छन् जसेल गर्दा उनीहरुको जल,जमिन संग धेरै सामिप्यता सम्बन्ध रहेको छ भने उनीहरु राज्यका हरेक निकायहरुमा पछि पारिदै आएका छन त्यसैले संयुक्त रास्ट्र संघको  स्थापना पश्चात विगत १० वर्ष देखि अगस्ट ९ तारिक विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा अनुरुप हाल विश्वभर यो दिवस मनाउने गरिन्छ ।
“आदिवासीहरुको हक अधिकार सुनिश्चित गर्नका लागि संयुक्त रास्ट्र संघले अघि सारेको घोषणा-पत्रको १०औ वर्ष गाँठका रुपमा” आगामी विश्व आदिवासी दिवस मनाईने भएको छ ।
करिव १० वर्ष पहिले १३ सेप्टेम्बर २००७ मा “आदिवासीहरुको हक अधिकार सुनिस्चित गर्नु पर्छ”भन्दै संयुक्त राष्ट्र संघले आदिवासी अधिकार सम्बन्धि एजेण्डा अगाडि सारेको थियो जुन एजेन्डा हाल सम्म विश्वका बिभिन्न राष्ट्रहरुले अबलम्बन र कार्यान्वयन गर्ने तर्फ अग्रसर देखिएका छन् ।
नेपालमा ५९ आदिवासी जनजातीहरु सुचिकृत भएका छन भने करिव देसको कुल जनसंख्याको ३९ प्रतिशत जनसंख्या ओगटेको छ आदिवासी जनजातिहरुले भने करिव १०० भन्दा बढी भाषा र सस्कृति र परम्परा रहेको छ नेपालमा ।

 क्याटेगोरीः प्रवास