कोरियामा बाजा महोत्सव सम्पन्न

इसमता संवाददाता
सोल, असार ६

दक्षिण कोरियाको ग्यङजु शहरमा यहि २०७४ जेष्ठ २६,२८ जुन ९ देखि १२ सम्म तीन दिन ग्यङजु विश्व परम्परागत विश्व फुक्ने बाजा फेस्टिभल २०१७ सम्पन्न भयो ।

महोत्सवमा नेपालको तर्फबाट वरिष्ठ वाद्यवादक न्हुछे बहादुर डंगोल, वरिष्ठ वाद्य गुरु एवं बाँसुरी वादक धर्म मुनिकार र सारंगी वादकसुजिना डंगोल बज्राचार्य सो फुक्ने बाजा महोत्सवमा सहभागी भएको थियो । महोत्सवमा धर्म मुनिकारले फुक्ने बाजाहरु पोंगा, बाँसुरी र बय् बजाउनु भएको थियो भने हुन्छे बहादुर डंगोलले पछिमा, खिं र तीन वटा मादल बजाउनु भएको थियो । त्यस्तै सुजिना डंगोल बज्राचार्यले सारङ्गी, ताः र बबू बजाउनु भएको थियो । कार्यक्रमा नेपालको ऋतु धूनहरु सिनाज्या र बसन्त प्रस्तुत भएको थियो । महोत्सवमा नेपाल, भारत, चीन, जापान, जर्मनी र कोरियाका कलाकारहरुले आ–आप्नो देशको परम्परागत धूनहरु प्रस्तुत गरेका थिए । जेष्ठ २५ गते बेलुकी ग्यङजु शहरको दिके होटलमा ग्यङजु शहरको मेयर, आयोजक र सहभागी कलाकारहरुले सामुहिक रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

महोत्सवमा विश्वको ३१ मुलुकको विभिन्न बाजा प्रदर्शनी भएको थियो । यस वर्ष देखी नेपालको १३ थरीको विभिन्न बाजाहरु जस्तै 1497607412805 पछिमा, कोंचाखिं, नगरा, पोंगा, कान्तां डबडब, सारंगी, मादल, नरसिङ्गा, कर्नाल, सहनाई, काठको कलात्मक बाँसुरी, बय् र ताः समावेश गरिएको छ ।
धर्म मुनिकारबाट

 क्याटेगोरीः कला साहित्य