थामी समुदायको अधिकारको सवालमा प्रशिक्षण सम्पन्न


इसमता संवाददाता

काठमाडाैं असार ५ । संविधानमा थामी समुदायको अधिकारको सवाल विषयक प्रशिक्षण सम्पन्न नेपालको संविधानमा थामी समुदायको अधिकारको सवाल विषयक दुई दिने प्रशिक्षणात्मक कार्यक्रम जेठ ३० गते दाेलखामा सम्पन्न भएको छ ।

नेपाल थामी समाज केन्द्रीय कार्य समितिले आयोजना गरेको यस कार्यक्रममा स्थानीय तहमा विजयी भएका थामीहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा उपस्थित हुनुभएका नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बरामले आदिवासी जनजाती, मधेसी, थारु लगायतका मुद्दालाई वर्तमान संविधानले उपेक्षा गरेको बताउनुभयो । उहाँले सिमान्तकृत र अतिसिमान्तकृत समुदायका आदिवासी जनजातीहरुको अधिकार प्राप्तिका लागि सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

थामी समुदायबाट निर्वाचित सम्पुर्ण प्रतिनिधिहरुलाई उहाँले बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो । नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूहका निर्देशक टहल थामीले स्थानीय तहमा निर्वाचित थामी जनप्रतिनिधिहरुले संघिय संरचनामा जारी भएको संविधानको मर्म बुझ्नुपर्ने बताउनुभयो । जनप्रतिनिधिहरु निर्वाचित त हुनुभयो तर आफ्नो समुदायको माग र मुद्दा बारे गम्भिर नभएको खण्डमा थामीको पहिचान गुम्न सक्ने खतरा हुनसक्ने विचार उहाँको छ । उहाँले पहिलो चरणको स्थानीय तहको चुनावमा अधिकांश क्षेत्रमा थामीहरु कै उम्मेद्वारी रहनुले पनि थामी समुदायमा नेतृत्व विकास भएको अड्कल काट्न सकिने बताउनुभयो ।

 

कार्यक्रमका सभापति नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामीले पछिल्लो समय थामी समुदायमा पनि विदेशी धर्महरु मौलाउदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । आस्था भन्ने कुरा मानिसको मौलिक अधिकार रहेपनि विशेष गरी विभिन्न प्रलोभन तथा बाध्यात्मक परिस्थतीमा आफ्नो कार्यक्रममा नेपाल थामी युवा संघका अध्यक्ष विकेश थामी, नेपाल थामी विद्यार्थी संघका अध्यक्ष सपना थामी, नेपाल थामी समाज जिल्ला कार्य समितीका अध्यक्ष भक्तसिंह थामी, थामी समाजका सल्लाहकार लगायत विभिन्न राजनितिक पार्टीका थामी नेताहरुको सहभागीता रहेको थियो ।

सपना थामीबाट

 क्याटेगोरीः आदिवासी जनजाति