अस्ट्रेलियाभरि उभौलीको रौनक


रामकुमार सिप्तुंखा राइ
सिडनी, जेठ १ । अस्ट्रेलियामा लगभग हरेक हप्ता कुनै न कुनै कार्यक्रम आयोजना भैरहेको हुन्छ​ । कुनै​-​ कुनै हप्ता त दिनमा २ देखि ४ वटा सम्म कार्यक्रम आयोजना भैरहेको हुन्छ​ l​ यसरी मै १३ तारिक शनिबार पनि एउटा कार्यक्रम आयोजना भएको थियो तर उक्त कार्यक्रम अन्य कार्यक्रम भन्दा नितान्त भिन्न थियो ​l​
 
हरेक कार्यक्रम प्रायः हल भित्र हुने गर्दछ तर यो कार्यक्रम खुल्ला चौर सहितको जंगलमा आयोजना गरिएको थियो​ l
 
​किरात समुदायाले बिगत १२ वर्ष देखि मनाउँदै आइरहेको उभौली पर्ब सिड्नीमा भब्यताको साथ सम्पन्न भएको थियो​ l​ किराँत समाज न्यु साउथ वल्सको आयोजनामा सम्पन्न उभौली कार्यक्रममा ​ ​राइ, लिम्बु , सुनुवार तथा यक्खाहरुको उलेखेनिया सहभागिता रहनुको साथै अन्य नेपालीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ​l​
 
अन्य बिशेष उपस्थितिहरुमा न्यु साउथ वल्सका महाबाणिज्यदुत दिपक खड्का, नेपाली आदिबासी जनजाति मंचका अध्यक्ष अरुण कुमार तामांग , क्ट्रेबुरि काउन्सिलका पूर्व बहुसास्कृतिक सल्लाहकार तथा नेफेसोको अध्यक्ष गणेश तामांग लगायत सामाजिक सघ सस्थाका अगुवाहरु , पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ​l
 
​प्रत्येक छ महिनामा मनाइने उभौली र उधौली पर्बले यहाँ छरिएर रहेका किरातीहरुलाई एक​ ​ठाउमा ल्याउनुका साथै अन्य अस्ट्रेलियाको समुदयामा नेपाल​ ​​एउटा अत्यन्तै बहु​-सास्कृतिकमुलक देश हो भन्ने संदेश पनि दिइरहेको कार्यक्रम संयोजक चित्र बा​.​तुम्बाहाम्फेले जानकारी दिनु भयो ​l​ युवा किरातीहरुमा यो पर्वको महत्व दिनानु दिन बड्दै गैरहेको स्थितिमा अस्ट्रेलियामा पनि मुख्य​-​ मुख्य सहरहरु भिक्टोरिया राज्य , साउथ अस्ट्रेलिया राज्य , तास्मनिया राज्य लगायतमा यो पर्ब मनाउदै आइरहेको छ ​l​