चुनाव सकियाे : ७० प्रतिशत मतदान भएको अनुमान


इसमता संवाददाता
काठमाडौं, बैशाख ३१ । कुल मतदातामध्ये ७० प्रतिशत खसेको प्रारम्भिक अनुमान गरिएको आजको पहिलो चरणको स्थानीय तहको मतदान सकिएको छ ।

निर्वाचन आयोगले आज देसभरिमा करिब ७० प्रतिशत मतदाताले मतदान गरको बताएको छ ।

आजको निर्वाचनसँग सम्बन्धित घटनमा दोलखामा एकजनाको मृत्यु भएको छ भने अन्य ठाउँमा पनि आपसी झडपमा केही व्यक्ति घाइते भएको खबर छ ।

हुम्लामा,  सिन्धुपाल्चोकको इन्द्रावतीमा तथा रामेछापको दोरम्बामा तनाव हुँदा हवाइफायर भयो तर कोही हताहत भएन ।
काभ्रेको नमोबुद्ध र दोलखाको मेलुङ्गमा मतदान स्थगित भएको छ । दोलखाको बैत्येश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकामा केही तनावको स्थिति आएको थियो तर मतदान रोकिएन ।

 

आज भएको पहिलो चरणको चुनाव अन्तर्गत ३४ जिल्लका २८३ वटा स्थानीय तहहरुबाट कुल १३, ५५६ जना जनप्रतिनिधिहरु निर्वाचित हुने छन् ।

 

पहिलेका निर्वाचनहरुमा भन्दा यो वर्षमा मत धेरै खसेपनि प्रावधिक जटिलता तथा यथेष्ट तलिम वा शिक्षाको कमिले गर्दा धेरै म तबदर हुने अनुमान गरिएको छ । यसबाहेक मिलाएरै भोट हाले पनि प्रमुख राजनीतिकदलहरुले नै प्रतिस्पर्धी दलसँग तालमेल मिलाई कसुनैमा को नउठ्ने कुनैमा को नउठ्ने व्यवस्था गरेकोमा आस्था वा अज्ञानताका कारण लहरै भोट हाल्नेहरुको संख्या धेरै हुने देखिन्छ । प्रायः मतदाताले मतदान पछि दिएको प्रतिक्रिया अनुसार यस्तो समस्या हुने अनुमान गरिएको हो ।

 

यसैबिच कार्यवबाहक राष्ट्रपति नन्दबहादुर पुनलले एक सन्देशमार्फत यस निर्वाचन सम्पन्न हुनुलाई ऐतिहासिक सफलता बताएका छन् ।

फोटाे साभार : रत्न महर्जन

local_election_end

 क्याटेगोरीः राजनीति