न्यू योर्कमा “मैरिमो”को प्रिमियर शो सम्पन्न


वाई वि तमु

न्यु योर्क, बैशाख ३० । विसुद्ध तमु (गुरुङ्) हरुको मौलिक परम्परा बोकेको र तमु सस्कृति, सस्कार रितिरिवाज लाई उजागर गर्ने उद्देश्य स्वरुप निर्मित “मैरिमो” (मिस यू) गुरुङ चलचित्रको न्यू योर्क शहरमा पहिलो विश्व प्रिमियर शो सम्पन्न भएको छ।

नायक एवं निर्माता प्रेम गुरुङले चलचित्रको प्रदर्शनबाट उठेको रकमबाट रू . एक लाख नेपालका युवा बैज्ञानिक राज गुरुङलाई प्रदान गर्ने घोषणा गरेका थिए।

चलचित्रको प्रदर्शन अघि प्रमुख अतिथि न्यु योर्क्का लागि नेपाली वाणिज्यदूत कृशु छेत्री , फिप्ना अध्यक्ष लुइसङ व । टमङ र नायक एवं निर्माता न्यू योर्क निवासी प्रेम गुरुङले संयुक्तरूपमा रिवन काटेर उद्घाटन गरेका थिए।उद्घाटन सत्रमा गुरुङ कलाकारहरू र प्रायोजकहरूलाई सम्मान गरिएको थियो। 

चलचित्र प्रदर्शनको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) र सह-आयोजक नेपाली महावाणिज्यदूतावास न्यू योर्क रहेको थियो।

चलचित्र मार्फत आदिवासी तमु हरुको भाषा,सस्कृति,सस्कार र रितिरिवाज हरु लाई परिष्कृत गर्दै आउने पिँढीहरुलाई आत्मसाथ गर्न सहज र सजिलो होस् भन्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको कुरा निर्माता तथा नायक प्रेम तमुले जानकारी दिएका थिए । 

प्रवास र गाउँको पीडालाई समेटेको चलचित्र “मैरिमो” हेर्न आएका अधिकांश दर्शकहरूको आँखा रसाएका थिए।

 क्याटेगोरीः कला साहित्य