”झम्के मायालु”को भिडियो सार्बजनिक


इसमता संवाददाता

काठमाडाैं चैत ९ ।  सुम्निमा हल (किरात राई यायोक्खाको भवन) मा मुन्धुमी गायिका जानुका राई र प्रतिभावान गायक  निश्चल राइको पुर्बेली लोक भाका ”झम्के मायालु”को भिडियो  सार्बजनिक भएको छ l उक्त भिडियो नेपाल चलचित्र बिकाश बोर्डको अध्यक्ष तथा चलचित्र निर्माता राजकुमार राइलेबिहीबारको दिन सार्बजनिक गरे । साथै कार्यक्रममा  सास्कृतिक सांगीतिक छेत्रका बिशिस्ट ब्याक्तित्वहरु र  सामाजिक/राजनीतिक छेत्रका व्यक्तिवहरुको उपस्थिति थियो l उक्त भिडियो सुम्निमा कलेक्सनको ब्यानरमा निर्माण भएको थियो भने आजको कार्यक्रम सुम्निमा कल्चर एकेदेमीले गरेको थियो ।
कार्यक्रम संचालन सुम्निमा कल्चर एकेडेमीको सचिब तथा सास्कृतिक अभियन्ता जनक राईले गरेको थोयो भने अध्यक्षतामा संचारकर्मी डीबी राई सरोज ले गरेको थियो ।
यस झम्के मायालु गीतको शब्द तथा लय संकलन दिवाकर राइले गरेको थियो भने भिडियो निर्देशन रोशन राइले गरेको थियो ।

 क्याटेगोरीः कला साहित्य