नेपालमै पहिलो बन्ने कोसिस


विजय धिमाल
राजघाट चैत्र २९ । मान्छेले गर्दा नहुने यस संन्सारमा केचै छ र ? चाहाना र लगनशील्ता भए आफुले चाहेको हरेक कुराहरु गर्न सकिन्छ । अवसरले आफै खोज्दैन अवसर खोज्न र चिन्न सक्नु पर्दछ । हरेक कुराको सुरुवात हजारौँबाट होइन एकबाट हुन्छ र पछि हजारले साथ सहयोग संगै समर्थन गर्नेहरुको कमि हुन्न । हाल जुन समयमा छौ वर्षैनी हजारौँ युवायुवति विदेशिनेहरुको कमी छैनन । विदेशिनेहरुलाई कसरी रोक्ने भन्ने सवालमा राज्यको कुनै पहल छैन । यसरी वर्षैनि युवायुवति विदेशिनु भनेको देशलाई घाटा वा समस्या आइपर्नुहो । आफ्नै ठाउँ आफ्नै भुमिमा हरेक गर्न सकिन्छ ढिलो चाँडो अभसय हुन्छ तर समयलाई चिन्दै र समय संग रुमलिन सक्नु पर्ने हुन्छ ।
यही सवालमा झापा दमक न.पा. ९ झापा निवासी मास्टर दिपक धिमाल स्देशमा करोडौ रकम खर्च गर्दै आर्थिक विपन्न परिवारलाई रोजगार दिने सपना बुन्दैछन । उखानै छ “सपना त्यो होइन निदाएपछि देखिने सपना त्यो हो प्रत्येक समय सुत्न दिदैन” उनी दिनरात आफ्नो सपना पुरा गर्न लागी परेका छन । उनि सगरमाथा मार्सल आर्ट संघ नेपालका अध्यक्ष समेत हुन । र हाल अन्तराष्ट्रिय स्तर सम्मको प्रशिकको प्रमाण पत्र प्राप्त व्यक्ति हुन् । उनी यति मात्र नभएर बिभिन्न संघसंस्थामा रही समाज सेवाकालागी अग्रसर देखिन्छन ।
युवा अवस्थाका धिमाल यतिको फड्को मार्नु भनेको सामन्य होइन । विदेशिएर केही गर्नु भन्दा ढिलो होला तर स्वदेशमै रहि युवायुवतिहरुलाई रोजगारी दिलाउने उनि प्रयासरत छन । उनलाई नपुग्दो केही छैन तर एउटा भनाइ छ “धन हुनेको मन हुन्न मन हुनेको धन हुन्न” यस कुरामा उनि भन्छन ‘जति धेरै सम्पति उति धेरै लोभ पनि हुन्छ भन्छन तर आफु त्यो प्रकृतिको छैन’ । हो जगतमा अनेकौ प्रकारका मानव हुन्छन तर राम्रो काम र राम्रो कुराकालागी सिमित मात्राले जन्म हुन्छन ।
मेरो सपना भन्दम पनि हाम्रो सपना, लक्षय वा उद्देश्य पुरा गर्न म एक्लै छैन मलाई माया गर्नुहुने गुरु, मैले मान्नुपर्ने आदणरणीय व्यक्तिहरु, साथीहरु र संघसंस्थाहरु छन । यतिका साथ सहयोग पाउनु भनेको मेरो लागी सौभाग्यको जुरेको धिमाल बताउछन ।
हाल सगरमाथा मल्टी मार्सल आर्ट संघ नेपालको विशाल भवन निर्माणधिन अवस्थामा छ । धिमाल आफ्नो अढाई कठ्ठा र सोमबहादुर धिमाल दश धुर गरी हाल तिन कठ्ठा जग्गा हालको तुलनामा दुई करोड भनदा बढी मुल्य रहेको जग्गा भवन निर्माणकालागी दान गरेका छन । जसमा एक करोड पच्चास लाखको हल निर्माण कार्य भैरहेको अवस्था छ । भवन निर्माणकालागी नेपाली नागरीक जो वेलायत स्थित सगरमाथा तेक्वान्दो डोजाङक अध्यक्ष, एन आर एन ए उपाध्यक्ष सम्हाल्दै आएका मास्टर राष्ट्र राई, मास्टर रोहित राई र सिंगापुरमा रहेका विकास सुब्बाले निर्माण खर्च गर्ने भएका छन । हल भित्र मार्सल आर्ट, बक्सिङ, ३÷४ वटा व्याडमिन्टन र्कोट, फिजिकल फिट्नेस ट्रेनिङ, ब्भचयदष्अक, श्गmदब, एष्बितभक, योगा, ब्रिटिस गोर्खा आर्मी तालिम, सिंगापुरे पुलिस, इन्डियन आर्मी, लगायत अनेकौ खेल खेल्न सकिने दिपकले जानकारी दिए । विगत तिन वर्ष देखि मार्सल आर्ट तर्फ ब्ल्याक बेल्ट सम्म निःशुल्क प्रशिक्षण दिदै आइरहेको र यो कार्य निरन्तर रहने दिपक बताउछन । यो संघको सपना राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नु हो । नेपाल सरकारले गर्न नसकेको यस्ता कार्य यस संघले गरेर देखाई नेपालमै पहिलो बन्न सक्ने फाउण्डर मास्टर राष्ट्र राईको भनाइ छ ।
ब्ल्यक बेल्ट पद हासिल गरेपछि के गर्ने त ? भन्ने सवालमा त्यस्ता खेलाडीहरुलाई रोजगारको वातावरण सिर्जना गर्न विगत केही वर्षदेखि संन्चालन हुदैआएको महेन्द्र राजमार्गले छेएको कृष्णा डिलाइट होटलमा विद्याथीहरुबाट सर्भिस रहने दिपक बताउछन । आर्थिक विपन्न र संघका खेलाडीहरुको हितमा जारी रहनेछ । जुन होटल भाडामा लगाउदा मासिक साठ्ठी हजार भन्दा बढी आम्दानि हुन्छ । आम्दानीको कुनै प्रवाह नगरी दमक ९ मा अवस्थित होटल क्षेत्र नं. ७ की सांसद महेन्द्रकुमारी लिम्बु, मास्टर राष्ट्र राई र मास्टर रोहित राइले सो होटल विध्यार्थीको हितकालागी संघका अध्यक्ष दिपक धिमाललाई संचालन गर्न जिम्मा दिएका छन ।

 क्याटेगोरीः खेलकूद