पथरी शनिश्चरे नगर कप


करन धिताल
पथरी, माघ ८ ।    पथरीशनिश्चरे नगर कप २०७३ को पहिलो खेलमा वडा नं. ११ बिजयी भएको छ । बुद्ध युथ क्लबको आयोजना शनिबार भएको खेलमा वडा नं. ११ का सन्दिप नेपाली खेल सुरु भएको दुई मिनेटमै गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ४९ औं मिनेटमा वडा नं. ४ मिलन राई गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । वडा नं. ४ ले निक्कै अवसरहरु पाए पनि गोलमा परिणत हुन सकेन । निर्धारित समयमा दुवैतर्फबाट १÷१ गोल भएपछि खेल ट्राइबेकरतर्फ धकेलिएको थियो । ट्राइवेकरमा वडा नं. ११ का तर्फबाट महेन्द्र मगर, भूपेन राई, समिर याक्खा, शम्भु राई र सन्दिप नेपालीले गोललाई जाली चुमाउन सफल भए भने वडा नं. ४ का तर्फबाट इच्छाराम मगर, हर्क भुजेल, नविन धिमालले गोल गरे भने मनोज विकको पेनाल्टी सुट वडा नं. ११ गोलकिपर अनिल माझीले जाली चुम्नबाट वञ्चित गराएका थिए । खेलको म्यान अफ म्याच वडा नं. ११ का भूपेन राई घोषित भए । आज आइतबारको खेल भने वडा नं. ५ र वडा नं. ९ बीच हुने आयोजक समितिका संयोजक विक्की राईले जानकारी दिए । नगरकपको प्रथम उपाधि रु. ३० हजार पथरीकै स्व. सइकुमार राई (सादु कान्छा) र स्व. देवीमाया राईको स्मृतिमा छोराहरुले प्रायोजन गर्ने भएको छ । यस्तै दोस्रो पुरस्कार रु. १५ हजार पथरीकै स्व. अम्विका प्रसाद खनालको स्मृतिमा छोरा चन्द्र खनालले प्रायोजन गर्ने भएका छन् ।

 क्याटेगोरीः खेलकूद