समाज अमेरिकाले गरे काठमाडौंमा घर भत्काउने कामको निन्दा
इसमता संवाददाता
काठमाडौं, पुस २२ । नेपाली संघीय समाज अमेरिकाले काठमाडौं उपत्यकामा हाल सरकारद्वारा जथाभावी नीजि सम्पत्तिमाथि आक्रमण गरिरहेको कामलाई भर्तस्ना र निन्दा गरेको छ ।
समाजले विज्ञप्तिमा  राज्य ले उचित  क्षतिपूर्ति तथा पुनर्वास को व्यावस्था नगरी काठमाण्डौ उपत्यका लगायत आसपास का क्षेत्रमा जुन प्रकारको कालो आतंक मच्चाएर त्याहाका स्थानियवासीहरूलाई , सडक विस्तारका नाममा गरेको अमानवीय कार्य तत्काल रोक्न का लागी हामी सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउदै , पीड़ित संघर्ष समितीको मागलाई तत्काल पुरा गरीयोस भन्दै संघर्ष समितीको आन्दोलन प्रति हामी नेपाली संघिय समाज अमेरीका हार्दिक ऐक्यबद्दता व्यक्त गर्दछ भनिएको छ । साथै संसारभरी रहनुहुने नेपालीहरूलाई यसप्रति ऐक्यबद्दता जनाउनहुन पनि अनुरोध पनि गरिएकाे  छ ।
नेफेसो अमेरीका का अध्यक्ष समिर महर्जन द्वारा हस्तक्षकीत विज्ञप्ती मा भनिएको छ –
“काठमाण्डौ उपत्यका रआसपासका क्षेत्रमा राज्य ले विकासको नाम मा जुन प्रकारको कालो आतंक गरीरहेको छ यसप्रति हामी नेपाली संघिय समाज अमेरीका को ध्यानाकर्षण भएको छ । हामी विकास चाहान्छौ , समृद्दी चाहान्छौ यसको मतलव यो होईन कि जनतालाइ नै उठिबास गर्ने विकास हामीले चाहेका होईनौ  । राज्य ले सडक विस्तार तो नाम मा जुन प्रकारको विना मुआब्जा जनताको घर भत्काउने कार्य गरीरहेको छ यो तत्काल बन्द गरियोस । सडक विस्तारको नाम मा जनता घरबारबिहिन मात्र होईन हजारौ बर्ष देखीको पुरातात्विक तथा ऐतिहासिक धरोहर हरू समेत नष्ट हुदै छ यसप्रति हामी सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गर्न चाहान्छौ । स्थानिय जनता पिडितहरूको मागलाई उचित ढंगले व्यवस्थापन तथा माग पुरा गराउन आन्दोलनरत पिडितहकरूको संघर्ष समिती प्रति ऐक्यबद्दता जनाउदै । राज्य को कालो आतंकको घोर भर्त्सना एवं निन्दा व्याक्त गर्दछौ ।”

 क्याटेगोरीः प्रवास