संगिता थापामगरको  गीत “म त नेपाली” बजारमा 


इसमता स‌ंवाददाता

काठमाडौँऽ मंसिर २७ । पछिल्लो समय नेपाली लोक गित संगितको क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल चर्चित लोक गायिका संगिता थापा मगरको देशभक्ति गीत भरखरै  सार्वजनिक भएको छ ।  गायिका थापाले यसपाली  मर्मस्पर्सी शब्द रहेको देशभक्ती गीतमा सुमधुर स्वर भर्नु भएको छ ।

 

विगत केही समय देखि अमेरिकामा बस्दै आएकी गायिका थापाले आफुले विदेशमा रहँदा गर्ने अनुभूति यस गीत मार्फत व्यक्त गर्न पाउँदा आफु खुसी भएको बताउँदै यस गीतले विदेशमा रहने प्रत्येक नेपालीको भावना प्रतिनिधित्व गरेको समेत आशा व्यक्त गरिन् ।

जहाँ जाँउ लाग्छ मलाई मेरै देशको माँया,
आफ्नै भाषा संस्कृर्ती र आफनै भेषको माँया,
म त नेपाली मेरो देश नेपाल, हजार जुनी सम्म नेपाली भन्न पाँउ, जस्ता शब्द रहेको गितले जुनसुकै समृद्ध देशमा रहेपनी आफ्नै देशप्रतीको मायाँ आफ्नोपन र हरेक चिज प्यारो हुन्छ भन्ने भाव गीतमा व्यक्त गरिएको छ । बरिष्ठ गितकार तथा संगितकार सिपी मगरको शब्द शंकलन तथा संगित रहेको गितमा गायिका संगिता थापा मगर, श्याम राना र दुर्गा सिङ राना मगरले अभिनय गरेका छन्।

मगर्स क्रियसन म्युजिक प्रोडक्सन हाउसले सो गीत निर्माण गरी बजारमा ल्याएको हो ।

“म त नेपाली मेरो देश नेपाल” यो देशभक्ति गीतको म्यूजिक भिडियो यस्तो छ: https://youtu.be/YmI7DdWR6hQ

 क्याटेगोरीः कला साहित्य