चित्तधरको जन्मजयन्तिमा विभिन्न पुरस्कार प्रदान


इसमता संवाददाता
काठमाडौं, असार ११ । नेपालभाषा साहित्यका महाकवि चित्तधर हृदयको १११औं जन्मजयन्तिको अवसरमा नेपालभाषा परिषद्ले प्रदान गर्दै आएका विभिन्न सम्मान तथा पुरस्कारहरु आज एक समारोहका बिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले वितरण गरे ।

उक्त अवसरमा उपन्यासकार मथुरा साय्मिलाई भाषाथुवाःको सम्मान, अमेरिकन दबू शिकागोलाई चित्तधर सिरपा, निवन्धकार योगेन्द्र श्रेष्ठलाई ठाकुरलाल सिरपा, कथाकार डा. रीना तुलाधरलाई मोतिलक्ष्मी सिरपा तथा अनुसन्धाता रोहणी बहादुर कायष्ठलाई पूर्णहेरा सिरपा प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले आफ्नै श्रोतबाट यसरी आफ्नो मातृभाषाका सर्जकहरुलाई सम्मान र पुरस्कार दिनु निकै सरहानीय भएको बताए । साथै उनले नोपलका विभिन्न ठाउँमा बोलिने मातृभाषाहरुको उत्थानका लागि ती स्थानहरुमै गएर काम गर्न प्रतिष्ठान इच्छुक भएको पनि बताए ।

भाषाथुवाः उपाधिले विभुषित उपन्यासकार साय्मिले आफुले मातृभाषाप्रेमले र आफ्नो सुखद र दुखद अनुभूति मातृभाषामा अभिव्यक्त गर्दा हुने सुखानुभूति अरु कुनैमा नभएको बताए ।

निबन्धकार श्रेष्ठले आफु गणेशमानले आफुलाई प्रेरणा दिनुभएको स्मरण गर्दै आफुले जानेको र आफुले अझ बण्ी अनुसन्धान गरी लेख्न पाएको तथा त्यलाई सबैले मन पराइदिएकोमा कृतज्ञता व्यक्त गरे ।

त्यस्तै कथाकार तुलाधरले आफु बढी मात्रामा बौद्ध दर्शनबाट प्रभावित भएर साहित्य सिर्जन गर्नतर्फ अग्रसर भएको बताइन् ।

कार्यक्रमको सभापति परिषदका अध्यक्ष प्रा सुवर्ण शाक्यले गरेका थिए ।

 क्याटेगोरीः कला साहित्य