रीना तुलाधरको कथा संग्रह ‘बाःगु भू’ विमोचित


इसमता संवाददाता
काठमाडौं, बैशाख १९ । नेपालभाषा साहित्यका कथाकार डा. रीना तुलाधरको नयाँ कथा संग्रह ‘बाःगु भू’ तथा कथाकार दिब्या ताम्राकारद्वारा संकलित ‘नेपालभाषा कथाकारहरुको परिचय पुस्तिका’को विमोचन सोमबार एक कार्यक्रमबिच उपन्यासकार मथुरा साय्मी, कथाकार राजा शाक्य तथा बाखं दबूका अध्यक्ष तिलकप्रकाश कायस्थले संयुक्त रुपमा गरे ।

 

सो अवसरमा नेपालभाषाका आधुनिक कथाको सामयिक प्रकाशन बाखंदबूको ११औं अंक पनि सार्वजनिक गरिएको थियो ।

 

कार्यक्रममा बरिष्ठ उपन्यासकार मथुरा साय्मीले नेपालभाषा साहित्य हाल सरकारको कुनै सहयोग बिना पनि आफ्नै बलबुताले फस्टाउँदै गएकोमा नेपालभाषा साहित्यीक संस्थाहरुको लगनशीलताको प्रशंसा गरे ।

कथाकार शाक्यले नेपालभाषा साहित्यक्षेत्रमा बाख्रं दबूले गर्दै आएको योगदानको चर्चा गरे ।
लेखकद्वय तुलाधर तथा ताम्राकारले आफुले पुस्तक तयार पार्दाका अनुभवहरु सुनाए ।

 क्याटेगोरीः कला साहित्य