गर्बुजा एकल लोक गायन हुने

इसमता संवाददाता

काठमाडौं, बैशाख १५ । म्याग्दी कलाकार समाजले यही बैशाख १६ गते प्रज्ञा प्रतिष्ठान कमलादिमा ‘खड्ग गर्बुजा एकल लोक गायन कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर उक्त एकल लोक गायन कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

समाजका अध्यक्ष बील पुर्जा मगरले लोक गायक गर्बुजा नेपाली लोक संगीतका ऐतिहासिक व्यतिmत्व भएको बताउँदै भने,‘हामीले उहाँका गीतहरूलाई प्रत्यक्ष दर्शककाबीचमा गुञ्जाउँने प्रयास गर्नेछौं ।’
त्यस्तै काक्रममा बरिष्ठ लोक गायक खड्क गर्बुजाले २०६१ सालपछि पहिलोपटक आफुलाई म्याग्दी कलाकार समाजले दर्शकका बीचमा उभ्याउने जमर्को गरेकोमा आफु निकै खुशी रहेको प्रतिक्रिया दिए ।

उनले भने,‘मेरा शुभचिन्तकका बीचमा म धेरैपछि उभिँदैछु, यस कार्यक्रममा १९ वटा गीतहरू प्रस्तुत गर्नेछु, सोरठी, एनिमाया, सालैजो, लस्के भाका, ठाडोभाका लगायत गीतहरू रहनेछन्, अर्कोतर्फ आजभोली नेपाली गीत संगीतको लोकपन हराउँदै गएको छ, यसलाई जोगाउनको लागि म निरन्तर लागिपरेको छु, सबैलाई यसतर्फ ध्यान दिनको लागि अनुरोध गर्दछु।’

 क्याटेगोरीः कला साहित्य