नेवाः देय् दबूको छैठौ अधिवेशन शुरु


इसमता संवाददाता

घोराही (दाङ), बैशाख ८ । छ वर्ष अगाडि काठमाडौंमा स्थगन भएको नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको छैठौं महाधिवेशनको उद्घाटन आज यहाँ उक्त संगठनमा संरक्षक मल्ल के सुन्दरले गरे ।

आफ्नो मन्तव्य दिँदै मल्लले छ वर्ष अगाडि अधिवेशन स्थगन हुँदा नेपालीहरुका माझ नेवारहरु सभ्य र सुसंस्कृत जाति होइन भनेको सन्देश गएर स्मरण गर्दै यो अविधेशनमा सहमतिबाटै केन्द्रिय कमिटीको निर्माण गरेर आफु सभ्य भएको परिचय दिन आह्वान गरे । “सहमति सहमति सहमति — यही यस अधिवेशनको सन्देश जानुपर्छ,” उनले बताए ।

उनले पहिले आफु हालका अध्यक्ष नरेश ताम्राकारका कटु आलोचक भएपनि हाल उनैको आवश्यकता भएको इंगित गरे ।

साथै उनले गत दइटा संविधान सभाको चुनावमा नेवारहरुले हामी शिक्षित समुदायको रुपमा आफ्नो भूमिका निर्वाह गर्न नसकेर चुकेको पनि स्वीकार गरे ।

अध्यक्ष नरेश ताम्राकारले विगतका कटु अनुभवलाइ नकोट्याइ देशभरीका नेवारहरु एकजुट भएर लाग्नु पर्ने अवस्था भएको बताए । उनले हालसम्म आफु दबूका संरक्षक मल्ल के सुन्दर ड्राइभर भएको र आफु खसाली भएर संस्था चलाएको पनि स्वीकारे ।
कार्यक्रममका नेपाली कांग्रेस शंकर डांगी, नेकपा एमालको सरस्वती चौधरी, माओवादी केन्द्र र राप्रपाका प्रतिनिधि एवं स्थानीय च्याम्बर आर्फ कमर्सका प्रतिनिधिहरुले पनि आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको बन्दसत्रले संस्थाको सचिव माइलाबाबुको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष विजय वज्राचार्यको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
उक्त अवसरमा विभिन्न नेवार संस्कृति झल्कने नाचहरुका साथै थारु संस्कृती झल्कने नाच पनि प्रस्तुत गरिएको थियो ।

यसमन्दा अघि विभिन्न जिल्लाप्रतिनिधिहरुको साँस्कृतिक रयालीले नगर परिक्रमा गरको थियो ।
यस अधिवेशनमा ६४ जिल्लाका ५०० बढी प्रतिनिधिहरुले भाग लिएको आयोजकले बताएको थियो ।

भोलि शनिबार निर्वाचनबाट नयाँ कार्यसमिति बन्ने सहभागीहरुले बताएका छन् ।

 क्याटेगोरीः समाज