६१ करोड रुपैयाँ बिगोको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, असार ५ । राजधानी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयमा उठेको ६१ करोड राजस्व अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यातायात कार्यालय इटहरीमा भएको अनियमिततामा तत्कालीन तीन उपसचिवसहित आठ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि २०७१ साउनदेखि २०७३ फागुनसम्म सेवाग्राहीबाट संकलन गरिएको राजस्व बैंकमा नराखी फर्जी कागजातका आधारमा अनियमितता गरेको आरोप छ ।

आव २०७१÷७२, २०७२÷७३ र २०७३÷७४ फागुन मसान्तसम्मको अवधिमा ६१ करोड २१ लाख २८ हजार ५ सय पचपन्न रुपैयाँ २० पैसा राजस्व हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ ।

आव २०७१÷७२ मा ६५ करोड ७१ लाख १५ हजार ८ सय ८९,  आव २०७२÷७३ मा ८४ करोड १९ लाख ४ हजार २ सय ४८  र आव २०७३÷७४ को फागुन मसान्तसम्ममा ८४ करोड ७ लाख ९७ हजार ८ सय २७ रुपैयाँ राजस्व आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । तर सोही अवधिमा आव २०७१÷७२ मा ६१ करोड ७७ लाख ९६ हजार ३ सय २१, आव २०७२÷७३ मा ५७ करोड ७० लाख ३२ हजार ४ सय ५८ र आव २०७३÷७४ को फागुन मसान्तसम्ममा ५३ करोड २८ लाख ६० हजार ६ सय २९ मात्र बैंक दाखिला भएको थियो । समाचार आजको राजधानीमा प्रकाशित छ ।

कार्यरत अवधिअनुसार उपसचिव रमेशप्रसाद दाहालउपर १२ करोड ३० लाख ३२ हजार २ सय दुई, उपसचिव विष्णुप्रसाद पौडेलसँग २३ करोड ७७ लाख ५७ हजार ३ सय ५४,  उपसचिव नयराज नेपालउपर २५ करोड १३ लाख ३८ हजार ९ सय ९९, लेखा अधिकृत कुमारबहादुर कट्वालउपर २ करोड १४ लाख ७८ हजार ६ सय २३ र लेखा अधिकृत टीकाराम अधिकारीउपर ५७ करोड २५ लाख २७ हजार ५ सय ७६ बिगो दाबी गरिएको छ । त्यस्तै अख्तियारले लेखापाल सुरेश अधिकारीउपर ६१ करोड २१ लाख २८ हजार ५ सय ५५  लेखापाल देवराज नेपालविरुद्ध ४५ लाख ६१ हजार ९९ हजार ७ सय ४८, लेखापाल रुद्रप्रसाद दाहालउपर २१ करोड ६३ लाख ४७ हजार ४ सय ५३ रुपैयाँ बिगो दाबी गरेको छ ।अञ्चलस्तरको कार्यालयमा भएको यो सम्भवतः ठूलो भ्रष्टाचारको मुद्दा हो ।

 क्याटेगोरीः