हिसांकाबीच दोलखामा चुनाव

काठमाडौं, जेठ १ । एक जनाको ज्यान जाने गरी भएको घटना सहित केही स्थानमा झडप र हिंसाबीच दोलखामा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ।

२ नगर र ७ गाउँपालिकाका ७४ वडा मध्ये ७ वडामा प्रहरीले गोली चलाउनुका साथै दलका कार्यकर्ताबीच बिहानै देखी झडपका घटना भए। अन्य वडा र गाउँपालिकाहरुमा शान्तीपूर्ण रुपमा चुनाव सम्पन्न भएको जिल्ला स्थित सुरक्षा अधिकारीहरुले जनाएका छन्।

दक्षिणी गाउँको एउटा मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ। जिल्लाका दुई स्थानमा प्रहरीको गोली लागेर १२ जना घाईते भएका छन भने दलका कार्यकर्ताबीच भएको झडपमा परी १० जना घाईते छन्। १४ जनालाई हेलीकप्टरबाट राजधानी लगिएको छ।

प्रहरीको गोली लागेर मेलुङ गाउँपालिकाको १, स्थित पवटीमा एक जना कांग्रेस कार्यकर्ताको ज्यान गएपछि त्यहाँको चुनाव स्थगित भएको छ।

आईतबार दिउँसो मतदानको समयमा पवटी स्थित सत्येश्वर उच्च मावि मतदान केन्द्रमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने १२ जना घाईते छन्। घाईतेहरुलाई उपचारका लागी राजधानी लगिएको छ। समाचार आजको नागरिकमा प्रकाशित छ ।

दिउँसो मतदान चलिरहेको बेला करिब ३:३० बजे कांग्रेस कार्यकर्ता र मतदानमा खटिएका कर्मचारी साथै सुरक्षाकर्मीबीच २ सय ओटा मतपत्रमा एकै पटक हस्ताक्षर गरेर मतदान अधिकृतले त्यहाँ पुगेका ‘मोबाईल’ टोलीका सुरक्षा कमाण्डर प्रहरी ईन्सपेक्टरको प्रभावमा एमाले मार्फत मतदान केन्द्र  कब्जा गराउन खोजेको आरोपमा चुलिएको विवाद हिंसामा परिणत भएको थियो। विवाद बढ्दै गएपछि कांग्रेसका कार्यकर्ताले मतदान स्थल र मतपेटिका तोडफोड गरेका थिए ।

गोली लागेर कांग्रेस कार्यकर्ता नकुल भनिने डम्बरबहादुर भुजेलको ज्यान गएको छ। टाउकोमा गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाईते भएका ११ जनालाई राजधानी लगिएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले घटना बारे छानविन भईरहेको बताए। ‘कर्मचारी र सुरक्षाकर्मीहरुको प्रारम्भीक रिपोर्टका आधारमा कांग्रेस कार्यकर्ताले एउटा बिषयमा बढेको विवादपछि मतपेटिका माथी आक्रमण गर्न थालेका कारण सुरक्षाकर्मी र कर्मचारीले मतपेटिका जोगाउन खोज्दा उक्त घटना भएको देखिन्छ’ उनले भने – ‘थप अनुसन्धान गरिरहेका छौं’।

 क्याटेगोरीः