हिउँ पन्छाउन हिडेको सेनाको गाडी दुर्घटना हुँदा ३६ जना घाइते

काठमाडौं, पुस २५ । मौसममा आएको परिवर्तनसँगै बढेको चिसोले मध्यपश्चिम र सुदूरपश्चिमको जननजिवन प्रभावित भएको । तराईमा सितलहर र पहाडका क्षेत्रमा हिमपात हुँदा त्यहाँको जनजीवन निकै प्रभावित भएको छ । शनिबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरा लगायतका जिल्लाको पहाडी भेगमा हिमपात भएको छ ।

शनिबार विहान भएको वर्षाका कारण सिचो बढ्दै गएपछि परेको हिमपातले उक्त जिल्लाको अवस्था असामान्य बनेको हो । हिमपातकारण डडेल्धुराको भीमदत्तराजमार्गमा आइतबार दुई बजेपछि मात्रै सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ  । यस्तै, हिमपात हुँदा त्यहाँस्थित हिमाली क्षेत्रको जनजिवन बढी प्रभावित बनेको छ । चिसोका कारण पाँच वर्ष मुनिका बालबालिकामा निमोनिया लगायतका रोगहरु देखिन थालेको छ । वालवालिकालाई न्यानो पारेर राख्न र झोलिलो खानेकुरा प्रशस्त खुवाउन अभिभावकलाई चिकित्सकहरुले सुझाव दिएका छन् ।

यता, यस वर्ष समयमै आकाशवाट पानी परेका कारण हिउँदेवाली सप्रिने भन्दै किसानहरु निकै खुशी भएका छन् । यतिबेला परेको पानीले गहुँ, जौँ लगायतका अन्नबाली तथा फलफूललाई राम्रो गर्ने जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

राजमार्ग खुलाउन गएको सेनाको गाडी हिउँमा चिप्लिएर दुर्घटना डडेल्धुराको साहुँखर्क नजिक आज बिहान लु १ ग २९४ नम्बरको सेनाको गाडी हिउँमा चिप्लेर दुर्घटना भएको  छ । हिमपात भएपछि अबरुद्ध सडक खुलाउन गएको सेनाको टोलीमा ३६ जना सवार रहेका थिए । उनीहरुमध्ये २६ जना सामान्य घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भीर रहेको सेनाले जनाएको  छ ।

गरुण दल गण अन्तर्गत रहेकको दह व्यारेक डडेल्धुराबाट भिमदत्त हिउँ हटाउनका खटिएको सेनाको टोली हिउँबाट चिप्लेर सडक देखि करिव ५० मिटर तल खसेको क्याप्टेन प्रेम बोगटीले बताए । समान्य घाइतेहरुको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । त्यस्तै, गम्भीर घाइतेहरु मिठु थापा, मीनबहादुर थारु, भरत बुढामगर, खेमबहादुर पुछे, धनबहादुर पुन, कमल सुनार, किश्वरबहादुर खाँणलाई थप उपचारका लागि सुदूरपश्चिम पृतनाबाट सेनाको हेलिकप्टरले काठमाण्डाँैस्थित छाउनी अस्पतालमा ल्याएको छ ।

 क्याटेगोरीः