सीमास्तम्भ मर्मतसम्भारलाई निरन्तरता दिइने

काठमाडौं, पुस १९ । नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीको फिल्ड सर्भे टिमको सोमबार भैरहवामा सम्पन्न बैठकले सीमा स्तम्भहरूको मर्मत सम्भारलाई निरन्तरता दिने निर्णय गरेको छ । आर्थिक वर्ष ०७१÷७२ बाट नेपाल भारतको सीमा स्तम्भहरूको मर्मत काम सुरु भएको थियो । यो वर्ष बर्खायाम सुरु भएसँगै रोकिएको थियो ।

 

अब यसलाई निरन्तरता दिइने सहमति भएको हो । बैठकमा नेपालको तर्फबाट रूपन्देही, कपिलवस्तु र दाङ गरी ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारतको महाराजगन्ज, सिद्धार्थनगर र बलरामपुर गरी ३ जिल्लाका डिस्ट्रिक्ट मेजिस्ट्रेटहरू (प्रमुख जिल्ला अधिकारी) बीच नेपाल भारतका ३ जिल्लाको सीमामा रहेका सीमा स्तम्भहरूको मर्मत सम्भार गरिने सहमति भएको नापी विभागका प्रमुख एवं नेपाल भारत सीमा सजर्वेक्षण टोली नम्बर ३ का प्रमुख निर्मलकुमार आचार्यले जानकारी दिए । नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर ३ अन्तर्गत नेपालको नवलपरासी, रूपन्देही, कपिलवस्तु र दाङ ४ वटा जिल्ला पर्दछ । यो टोली यी ४ वटा जिल्लामा पर्ने सीमा स्तम्भहरूको सर्वेक्षण गरी आवश्यकताअनुसार मर्मतसम्भार कार्य गर्दै आएको छ ।

चारवटा जिल्लाअन्तर्गत नेपाल भारतको सीमामा १ हजार ३२ वटा सीमास्तम्भहरू रहेका छन् । जसमध्ये गत दुई वर्षमा ३ सय ५४ वटा सीमा स्तम्भहरू मर्मतसम्भार गरिएको छ । गत वर्ष नवलपरासी जिल्लामा पर्ने १६ वटा सीमा स्तम्भको सर्वेक्षण गरी मर्मतसम्भार कार्य सकिएको थियो ।

यस वर्ष रूपन्देहीमा नदीमा पर्ने स्तम्भ, कपिलवस्तु र भारतको बलरामपुर जिल्लामा पर्ने पिलर नम्बर ५७६ र यसबाट पश्चिमतर्फ रहेको पिलर नम्बर ६१५ सम्म पिलरको सर्वेक्षण, मर्मतसम्भार र निर्माणलगायत कार्य गर्ने बैठकमा सहमति भएको उनले बताए ।समाचार आजनको राजधानीमा छापिएको छ । त्यस्तै दुवै देशका स्थानीय अधिकारीहरूबाट फिल्ड टिमलाई आवश्यक सहयोग गर्ने, आवश्यकताअनुसार अनुगमन गर्ने र फिल्ड सर्वे टिमको दोस्रो बैठक भारतमा गर्ने निर्णय भएको छ । यस वर्ष सीमा सर्वेक्षण कार्यअन्तर्गत उक्त जिल्लाहरूको नेपाल भारत सीमा रहेको सीमा स्तम्भहरूको पूर्वेक्षण, सर्वेक्षण, मर्मतसम्भार, नयाँ सीमा स्तम्भ निर्माण, हराएका स्तम्भहरूको पुनर्निर्माण, सीमा अतिक्रमणको लागत तयार पार्नेलगायत विषयमा बैठकमा छलफल भएको थियो । बैठकमा दुवै देशका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, वन कार्यालय, नापी कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

 

पहिलो बैठकमा एमालेसहितका नौ दलले अवरुद्ध गरेपछि १० मिनेटसम्म उभ्याउने काम उनले गरिन् । त्यसपछि सभामुखले अपराह्न ४ बजेका लागि बैठक स्थगित गरिन् । पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति थिएन ।

सोमबारको संसद् बैठक पटकपटक राखेर भए पनि निर्णयमा पु-याउने बताएकी उनले पहिलो बैठक स्थगित गरेर दोस्रो बैठक बोलाउनेसम्म काम गरिन् । तर, दोस्रो बैठकको तोकिएको समयको एक घण्टाअघि नै सूचना जारी गरेर बैठक स्थगित गरिन् । पहिलो बैठक १ बजे बोलाइएको थियो भने दोस्रो बैठक अपराह्न ४ बजे बोलाइएको थियो ।

 

 क्याटेगोरीः