स्थानीय निर्वाचनमा एमाले अग्रस्थानमा


इसमता संवाददाता
काठमाडौं, जेठ ४ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सबैजसो ठाउँमा एमाले र नेपाली कांग्रेसको अग्रता कायम छ । बिहीबार साँझ ५ बजेकोसम्मको निर्वाचन नतिजा सारांश यसप्रकार छ ।

प्रमुखमा एमाले ७ सीटमा विजयी भएको छ भने उपप्रमुखमा पनि ७ स्थानमा नै विजयी भएको छ । नेपाली कांग्रेस भने प्रमुखमा ३ तथा उपप्रमुखमा २ स्थानमा विजयी भए । माओवादी केन्द्र अहिले सम्म १,१ स्थानमा प्रमुख र उप्रमुखमा विजयी देखिए । त्यस्तै नेमकिपा पनि १, १ जना प्रमुख र उपप्रमुखमा विजयी भए ।
अध्यक्ष र उपाध्यक्षमा नेकांबाट १८ र १२ सीट र एमालेबाट १४ र १७ सीटमा विजयी भए । माओवादीबाट क्रमश ५ र ८सीटमा विजयी भएका छन् । त्यस्तै स्वतन्त्रबाट १, १ जना आएका छन् । अनि ससफो नयाँ शक्तिबाट एकजना अध्यक्षमा आएका छन् ।

वडा अध्यक्षहरुमा एमलेबाट २३७ जना, नेकांबाट २३१ जना, माकेबाट ८७जना स्वतन्त्र बाट८ जना र राप्रपाबाट ६ जना विजयी भएका छन् ।

महिलासदस्यमा एमालेबाट २५२जना, नेकाबाट २१६जना, माकेबाट ७८जना, स्वतन्त्र ८ जना र राप्रपाबाट ७ जना विजयी भए । दलित महिला सदस्यमा एमालेबाट २६० जना, नेकाबाट २०७ जना, माकेबाट ९३जना, नेमकिपाबाट ४ जना, ससफो नयाशक्तिबाट ४ जना विजयी भए । त्यस्तै सदस्यतर्फ पनि एमालेको ४९०जना, नेकाबाट ४२३जना, माकेबाट १५३जना, स्वतन्त्र १४ जना र नेमकिपाबाट१२ जना निर्वाचित भए ।

 क्याटेगोरीः राजनीति