स्थानीय तह चुनावमा नेवार सरोकारको लागि समिति गठन


इसमता संवाददाता
काठमाडौं, बैशाख ६ । स्थानीय तहको चुनावमा नेवार सरोकारको लागि बुधबार नेवाः जागरण मञ्चको संयोजनमा भएको विभिन्न पार्टीका नेवार कार्यकर्ताहरुको सर्वपक्षीय भेलाले स्थानीय तहको चुनावमा एक सरोकार समिकिो गठन गरेको छ ।
उक्त भेलामा नेवार नेता मल्ल के. सुन्दरले स्थानीय चुनावमा नेवार क्षेत्रमा नेवार उम्मेदवार हुनुपर्ने र मेयर पदमा नेवार नै विजय बनाउनुपर्नेमा जोड दिँदै संविधानप्रति हाम्रो असन्तुष्टी र नेवार अधिकारका निम्ति उठाउनुपर्ने आन्दोलनका कुरा पनिस्थानीय चुनाव मार्फत जनताका बिचमा लानुपर्नेमा जोड दिए ।
यस कायक्रममा नेकपा एमालेका विजयकृष्ण श्रेष्ठले स्थानीय चुनावका सवालमा नेवारहरु संगठित भएर जानुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाली कांग्रेसका भगवान शाक्यले नेवार भावना भएका र नेवार मुद्दालाई अगाडि लानसक्नेहरु उम्मेदवार चुनेर पठाउनेपर्ने बताए ।
नेवाः जागरण मञ्चया अध्यक्ष सुजीव बज्राचार्यले अहिले हुन गइरहेको चुनाव पार्टीगत चुनाव नभएर काठमाडौं महानगरपालिकामा सक्षम नेवार पठाउने चुनाव भएको विचार राखे ।
आज गठित ‘स्थानीय तहया चुनावय् नेवाः सरोकार समिति’मा निरञ्जनरत्न शाक्य, सुजीव बज्राचार्य, एमालेबाट विजयकृष्ण श्रेष्ठ व मचाराजा महर्जन, माओवादी केन्द्र बाटउमेश स्थापित व रोजिन स्थापित, नेपाली कांग्रेस बाटें भगवान शाक्य र नवीन मानन्धर रहनुभएको छ भने यस अभियान अघि बढाउन जिम्मेवारी बाँड्न निलकाजी शाक्य, मंगल महर्जन, शैलेस बरे, पंच महर्जन, विद्या श्रेष्ठ, सुमन साय्मि, सुरेन्द्र तुलाधर, राजेश्वर स्थापित, रमेश श्रेष्ठ र प्रेम शिलाकार रहनुभएको छ ।

 क्याटेगोरीः समुदाय