सीमामा निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन

काठमाडौं, बैशाख ६ । गृह राज्यमन्त्री इन्द्र बानिया“ले सीमा क्षेत्रमा निगरानी बढाउन मध्यक्षेत्रका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।भारतस“ग खुला सिमानाका कारण तराईका जिल्लामा सुरक्षा चुनौती रहेको उल्लेख गर्दै उनले सबै सुरक्षा निकायलाई सचेत भएर कार्य गर्न निर्देशन दिएका हुन् ।

 

मध्यक्षेत्रीय प्रहरी कार्यालयमा मंगलबार मध्यक्षेत्रका सुरक्षा  निकायका प्रमुखलाई गृहराज्यमन्त्री बानिया“ले खुला सिमानाबाट निर्वाचनविरोधी गतिविधिस“गै हातहतियार र विस्फोटक पदार्थ भित्रिन सक्ने भन्दै नाकामा कडाइ गर्न निर्देशन दिए । खुला सिमानाका कारण हुन सक्ने सम्भावित जोखिमको अध्ययन गरी निगरानी बढाउन उनले सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

निर्वाचनको मिति नजिकि“दै जा“दा निर्वाचनविरोधी दल र समूहको गतिविधिमाथि निगरानी राख्नुपर्ने उनले बताए । मधेसी मोर्चाको वर्चस्व रहेको प्रदेश–२ समेत हेर्ने जिम्मेवारी पाएका सुरक्षा निकायका प्रमुखलाई राज्यमन्त्री बानिया“ले तराईमा हुने गतिविधिलाई विशेष निगरानीमा राख्न निर्देशन दिए ।समाचार आजको राजधानीमा छापिएको छ ।

सरकार ३१ वैशाखमा निर्वाचन गराउन दृढताका साथ लागि परेको उनले बताए । सुरक्षा निकायबीच समन्वयमा निर्वाचनका लागि सुरक्षा तयारी भइरहेको उनले जानकारी दिए ।

तराईका जिल्लामा पनि भित्री रूपमा निर्वाचनको तयारी भइरहेको उनले दाबी गरे । निर्वाचन हु“दैन कि भनेर आशंका भइरहेको तराईका जिल्लामा मधेसी मोर्चाले समेत आन्तरिक रूपमा निर्वाचनको तयारीमा जुटेको बानिया“ले टिप्पणी गरे ।

गृहमन्त्री विमलेन्द्र निधिले दिएको पछिल्लो अभिव्यक्तिलाई सकारात्मक रूपमा लिन उनले आग्रह गरे । समस्याको समाधान गरेर निर्वाचन गर्न सरकार तयार रहेकाले केही दिन समय सार्दा सबै पक्ष निर्वाचनमा सामेल हुन्छन् भने त्यसो गर्न सरकार तयार रहेको उनले तर्क गरे ।

 क्याटेगोरीः