सामाजिक सञ्जालमा एकीकरण र एकता दिवस


इसमता संवाददाता
काठमाडौं, पुस २७ । फेसबुक ट्वीटर जस्ता सामाजिक सञ्जालको कारणले अब हरेक नेपालीले सिधै आफ्ना कुरा व्यक्त गर्न पाउँछन्, सक्छन् । यसैकारणले आम जनता के सोच्छन् भनेर थाहा पाउन सजिलो भएको छ । यहाँ पुस २७ गते परेका पृथ्वी नारायण शाहको जन्मदिनका बारेमा विभिन्न व्यत्तिहरुले आफ्नो धारणा राखेको संकलन गरेर प्रस्तुत गरिएको छ ।

युद्धमा जे गर्दा पनि जायज होला, तर युद्धपछि जे गर्दा पनि जायज हुँदैन ।
युद्धमा कालु पाण्डे मार्न जायज थियो तर तर युद्धपछि आफ्नै जनताको नाक ओँठ काट्दै जोख्नु जायज हुँदैन थ्यो। युद्धमा टाउकोको मोल तोक्नु जायज थियो तथा १७ हज्जार मान्छे मर्दा सहादत भनियो तर युद्धपछि त्यसो हुनै सक्दैन र भाको पनि छैन । युद्धपछि जे गर्दा पनि जायज छ भन्न मात्र लागियो भने त्यसो भन्ने मान्छे युद्धकै स्थितिमा छ भन्ने अर्थ लाग्छ ।

Menyangbo Basanta

जुनसुकै रूपमा होस् पृथ्वी नारायण शाहको ऐतिहासिक पहिचानलाई सम्झी पौष २७लाई “पृथ्वी जयन्ती” मान्नुपर्छ भनी दबाव दिनेहरुले पहिचान सहितको संघीयता र त्यस अन्तर्गतको लिम्बुवान, खसान, मगरात, थरुहट, खम्बुवान लगायतका १०+१ राज्यका ऐतिहासिक पहिचान र वर्तमान अस्तित्वलाई स्विकार्नु पर्दछ । त्यसपछि पृथ्वी जयन्ती मान्ने-नमान्ने सोचौंला । सकारात्मक विमर्श गरौंला ।

एक हातले मात्र ताली बज्दैन । बुझुपर्छ ।

हाङयुग अज्ञात

ठीकै छ त, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग हालिबक्सियो । यो त अतिव सुन्दर कुरो छ । स्वागत छ त ।

तर युद्धमा हारेर भारतबाट भागेर आएका कुलमन्डल शाहलाई शरण दियौं । के तेसैको बदला यो आधुनिक नेपालमा हामीले दोस्रो दर्जाको नागरिक भएर बाँच्नु पर्ने ?

नबुझेको कुरो नि !

Bungamati Nepal

पृथ्वी नारायण जन्मनु भन्दा धेरै सताब्दी अगाडी नै नेपाल थियो । अनि कसरी उनले नेपाल एकीकरण गरेको हुन्छ ? नेपाल कसैले बनाएको होइन बरु उनले नेपाल हडपेकाहुन ।
यही किर्तिपुर जात्रा मनाइरहदा पृथ्वी नारायण शाहले काठमाडौ उपत्यका विजय गर्यो। नेवारहरूको नाक र कान काटियो। त्यस दिन देखि नै नेवारहरूको एकतालाई कमजोर पार्ने कामहरू भयो र अहिले सम्म पनि भैई रहेको छ।

Matrika Poudel

चीनका नेता माओकी स्वर्गीय कान्छी श्रीमतीलाई हेर्ने दृष्टिकोणमा कुरा नमिलेर पार्टी फुट्ने देश हो ! पृथ्वीनारायण शाहलाई हेर्ने दृष्टिकोणमा एकमत नहुनु कौनसा ठूलो बात हो र ?

एउटा कुरा नबुझेको नि । पृथ्वी नारायणलाई तारिफ गर्न किन बाहुनक्षेत्री मात्रै ?

म्याओवादिको छौडाहरुले भन्दैछन कि पृथ्वीनारायण शाह ले एकात्मक राज्य निर्माण गरे रे। आज भन्दा ४ शताब्दी पहिला नै उनिहरुलाइ आधुनिक स्विजरल्याण्ड निर्माण गरिदिनुपर्थ्यो रे।

Ganesh Sharma

राश्ट्रनिर्माता पृथविनारायण शाहाकाे जन्मजयन्ति नमनाउने देश विखण्डनकाे लागि पार्टिकाे नाममा यउटा सँस्था खाेलेर वसेका कुख्यात अातंक कारिहरु हुन।

जब खलनायकहरुले देशलाई संकटमा पार्छन् तब जनताले इतिहासका नायकहरुलाई सम्झन थाल्छन् । जब सम्झन थाल्छन् तब बुझे हुन्छ- खलनायकहरुका दिन गए !!

त्यो युगमा वेेलायती साम्राज्यसँग भिडेर अरु कसैले नेपाल एकिकरण गरेका भए उसलाई त्यति नै सम्मान दिन्थ्याैं.. जति अाज पृथ्वीनारायणलाई गर्छाैं !

Dinesh Pant

कहिले काही म सोच्दछु,भारतको एकता दिवस किन हुदैन(2014 oct ३१ देखी बल्लभभाइ पटेलको जन्म स्मृतिमा हुन थालेको रहेछ) अचम्मै है यी पटेलले भारतको एकता गरेका होइनन फेरि, किन भारतले East India Company लाई रास्ट्रिय एकताको प्रतिक मान्दैन जसरि हाम्रा बुझक्कड राष्ट्रवादीहरु पृथ्वीनारायण शाहलाइ रास्ट्रिय एकताको प्रतिक मान्दछन् । East India Companyले न हो भारतको एकता गरेको(भूगोल जोडेको) ऽ जहाँसम्म पृथ्वीनारायण शाहको प्रसंग छ र रास्ट्रिय एकताको प्रतीकको कुरो छ यति मान्न सकिन्छ उनि एक महत्वाकांक्षी र बहादुर राजा हुन(कपटी पनि थपे 😀 ), यिनले देशलाइ भौगोलिक रुपमा जोडेकै हुन् आफ्नो राज्य विस्तार गर्न तर यिनले कैयन रास्ट्र र जनताका पहिचान र सामर्थ्य लुटेकै हुन | त्यहि भएर यिनलाई रास्ट्रिय एकताको प्रतिक यो हृदयले मान्न सक्दैन | के को रास्ट्रिय एकता, सदियोदेखि देशका राष्ट्रहरु खण्डीकृत छन (भलै नेपाल भन्ने भूगोलमा किन नहुन) एउटा तानाशाहको जन्मदिनमा रास्ट्रिय एकता दिवस My Foot मेरा लागि रास्ट्रिय एकताको प्रतिक जनता नै हुन तिनले बनाएको संविधान हुनेछ जसले मुलुकका रास्ट्रहरुको साचो अर्थमा एकता हुनेछ | जय नेपाल

Suman Maharjan

न पृथ्वी नारायणको बिरोध गर्ने भारतीय दलाल हुन, न भारतको बिरोध गर्ने राष्ट्रिय स्वभमानी नै हुन।हामी सबै यही देशका नागरिक हौं ।

Rajnimila Rajnee

 

Der Raj Lam Tamu

पृथ्वी नारायण शाहले पनि नेपाल बनाको भनेर झुटो इतिहाँस घोकईएको मात्रै हो l यो नेपाल हाम्रा पिता पुर्खाहरुले खनी खोरसी गरेर बस्ति योग्य बनाको भुमि हो l कुनै पृथ्वी सृथ्वीले हैन l तपाईको पिता पुर्खाले पनि हो lयुध्द एउटा यस्तो रणनीती हो, जसमा हार्नेहरुले हामी हार्‍यौं भनेर जीवन त्याग नगरेसम्म जित्नेले जीतको उत्सव मनाउने हैसियत राख्दैन । यो त असल योध्दाको नैतिक चरित्र हो । आँखा जुधाउन नसकेर अगाडि झुके जस्तो गरेर पछाडीबाट हमला गरी जितें भनेर गरिएको स्वघोषित जीत नै हार हो । तर ईतिहास निर्माणकर्ताहरुले पृथ्वीलाई अरींगाल भन्दा वैज्ञानिक तर्क र तथ्य विना अरींगाल पृथ्वी हुन सक्दैन ।

आज देशमा राष्ट्रवादको हुइँया चले जस्तो छ । हामी नेपालीको मानसिकता पनि गज्जब छ । कहिले सालीकमा ढुङ्गा हान्न प्रतिस्पर्धा गर्ने, कहिले उसैको गुणगान गर्न प्रतिस्पर्धा !
बडामहाराज आँफैले बोलेको दिब्योपदेशमा: “मेरा साना दु:खले आर्ज्याको मुलुक होइन सबै जातको फुलबारी हो!” को सन्देशलाई नेपाली समाजले रुपान्तरण नगरेसम्म नेपालमा साँचो राष्ट्रवाद स्थापित हुने छैन। सबैमा चेतना भया !!!

Sapohang Imbung

पृथ्वीनारायण शाह ले राज्य बिस्तार गरेका हुन्,एकीकरण गरेका हैनन्,र यिनले नै एकात्मक बादको बिरुवा रोपेका हुन्,जंगबहादुर राणा ले हैन पृथ्वीनारायण शाह ले जहानीया शासन को सुरुवाद गरेका हुन्।
जहानीया शासन र एकात्मक वाद को कारण अाज नेपाल हरेक कुराका सम्पन्न छ र पनि बिश्वमै दोस्रो नम्बर को गरिब देश भनेर चिनिन्छ।

पृथ्बीनारायण शाहलाई त हामीले पढेउ ,सुनेउ ,अस्ती सम्म जमोत्सब पनि मनाइयो – सम्झनै पर्यो तर उनका प्रमुख सहयोगी तथा रणनीतिकार बिसे नगर्ची , मनिराम गाइने , जस्बिर कामी ,बांगे सार्की, लाटो कामी,बिकुले दमाइ, धार्ने सार्की , रबि गाइने लगायतलाई कस्ले सम्झने ? न हिजो राज्यले, मिडीयाले र ईतिहासकारहरुले सम्झे न आज चर्चा छ # दलित # गाथा # नेपाल एकिकरण

Ramuratna Cavehopper Myagdi

राष्टिय एकता दिवस तथा 295 औॅ पृथ्वि जयन्तिको शु अवसरमा श्री ५ पृथ्वीनारायण शाह प्रती हार्दिक श्रदा सुमन साथै सम्पूण॔ नेपालीमा राष्टिय एकता अखण्डता र आपसी सदभाव कायम गर्ने प्रेरणा मिलोस ।

अत्याचारी हत्यारालाई हत्यारा नै भनूँला
स्वाधीनता र जन एकता दिवस अरू नै दिन मनाऔंला!

 

राष्ट्रिय एकताको प्रतीक श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाह भनेर पढेको सम्म हो। त्यो पञ्चायतकालिन नेपालको कुरो थियो। पञ्च वाहेक अरु राजनीतिक मनुवाले उनलाई एकताको नभै शामन्तवादको नाइके मान्थे। आफू शामन्तवादको समुल नष्ट गर्न क्रान्तिमा होमियको सङ्खनाद गर्ने वाहुनले धेरै नकारात्मक विम्वहरु उनका विरुध्द कथेका छन् । त्यसको लिष्ट उतार्न फुर्सद छैन। आज उनै हैट! पृथ्वी नारायण शाहत ठिक थियछन नि! ज्ञानेन्द्र पो निरङ्कुशत, भन्छन। महेन्द्र, विरेन्द्र त ठिक हुन नि! दिपेन्द्र झनै अशल, पारशपो खरावत भन्छन। जसो, जसो वाहुन वाजे उसो, उसो स्वाहा भन्ने चलन चलायकै छौ। जनजाति, दलित, मुस्लिम, महिलाले , आदिले त्यहि भन्ने हुन। जब उनको चेत खुल्छ पर्ला अप्ठयारो यो चाहिँ विचार पुर्यायस् ।

रचनात्मक बहस थालौं
एकथरीले पुस २७ लाई राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई ‘राष्ट्रिय एकता’ दिवस मानेर सरकारले बिदा दिनुपर्ने माग गर्दै आएका छन् । अर्कोथरीले राजा पृथ्वीनारायण शाह एकताको प्रतीक नभई विभाजनका प्रतीक भनेर ‘कालो दिवस’ मनाउने निर्णय गरेका छन् ।
एउटा कुरो सत्य हो तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाउनुभएको निसन्देह नै हो । जसले गर्दा आज हामी बसेका भूगोल पाएका छौं । यस्तो बनाउनसक्नु राजा पृथ्वी नारायण शाहको महाचतुर योजनाकार, कुटिल रणनीतिकार, महत्वाकांक्षा सक्षम सेनापति एवं महान योद्धाको परिचायक रहेको इतिहासकारहरुको भनाई रहेको छ ।
राजा पृथ्वीनारायण शाहले राज्य विस्तार मात्रै गर्नुभएको हो कि साँच्चीकै राष्ट्रिय एकताको पनि नेतृत्व गर्नुभएको हो ? तथ्य र तर्कको आधारमा राजा पृथ्वीनारायण शाहको निष्पक्ष मुल्याङ्कन हुनु आज पनि उतिकै खाँचो छ । संविधानले व्यवस्था गरेको संघीयता, समावेशीता, धर्मनिरपेक्षतामा टेकर सारभुत संघीयताका बाटो खोजिरहेको आजको अवस्थामा नेपालका जनताका लागि इतिहासको वस्तुनिष्ठ मुल्याङ्कन नभएसम्म पुस २७ सुस्तरी ’राष्ट्र विभाजन दिवस’ बन्ने पक्का छ ।

Uttam Yonjan Tamang
नेपालमा राष्ट्र निर्माता/राष्ट्र नायक बन्न लाई पुरा गर्नु पर्ने महान कामहरु सांक्षिप्तमा यस प्रकार रहेछन् ।

# जस्ले आश्रय दिन्छ उसैको सर्वस्व हरण गरेर हत्या गर्नु ।
# 16 धार्नी जति जनताको नाक कान काट्नु ।
# बार्ताको लागि बोलाएर लुकाएर राखेको हतियार निकालि टाउको छिनाउनु ।
# मीत लगाएर कतै छोरा बनेरै भए पनि हत्या गर्नु ।
# गर्भवती महिलाहरुको भुँडी चिरि मार्नु ।
# दुधे बालक लाई ओख्लिमा किच्याएर मार्नु ।
# एउटै जात, धर्म भाषा संस्कृतिवालाहरुले मात्रै सधै देश लुटिरहनु भनेर दिव्योपदेश दिनु ।

जव जव पि एन शाहको गुणगान र भजन किर्तन हुन्छ तव तव पि एन शाह क्रूर अमावनविय दानव, हत्यारा, लुटेरा भन्नेहरू पनि निस्कन्छन ।

जव जव युद्ध र प्रेममा सवै जायज भन्ने निस्कन्छन तव तव जस्को हत्या भयो जस्को लुटियो उनिहरुले हत्यारा लुटेरा भन्नु पनि जायज छ । किनकि उनिहरु आफ्नो जाति भाषा; संस्कृति को अथाह प्रेम गर्छन ।

जव जव युद्ध जित्नेले ईतिहास लेख्छ भन्ने निस्कन्छ, तव तव एक पल्ट युद्ध जितेको भनेको सदाको लागि होइन ; जातिय उन्मुक्ति, भाषिक उन्मुक्तिको युद्ध जारी छ भन्नेहरु पनि निस्कन्छन ।

पृथ्वी जयन्तीको सार्बजनिक बिदा माग गर्नेहरु मुर्दाबाद।

पृथ्वीनारायण शाहाले राज्यलाइ एकीकरण गर्ने नाममा जनजातिहरुको १० धार्नी कान काटेर जनजातिहरुलाइ दमन गरि हत्या गर्ने हत्याराको जन्म जयन्ती बिदा खोज्नेहरु जनजातीका मुख्य दुस्मन हुन।शाहाले राष्ट्रिय एकता गर्ने भन्दै किर्तिपुरमा तिन पटक सम्म आक्रमण गरेर जनतालाइ मारेर आफ्नो राज्य बनाएका थिए।भने नेपाललाइ हिन्दुराज्य बनाउने नाइके पनि उनै हुन।पृथ्वीनारायणको बुइ चढ्नेहरु सबै गणतन्त्र बिरोधी हुन।सुन्दैछु एमालेका केहि नेता लगायत कमल थापा जस्ता अति हिन्दुबादिका ठेकेदारहरुले सार्बजनिक बिदा हुनुपर्छ भन्दै कुर्लदै छ रे ।यस्ता श्रीपेच हटेपनी टोपि लगाउने छोटे राजाहरुलाइ नेपाली जनताले ब्याज सहित हिसाबकिताब राख्नेछन।यि गणतन्त्र बिरोधिहरु नेपाली जनताको मुख्य दुस्मन हुन।कथित पृथ्वी जयन्ती बहिष्कार गरौ।

पृथ्वीनारायण शाह र उनका कान्छा छोरा बहादुर शाहले नेपालको भौगोलिक एकीकरण गरे। तर आजसम्म नेपालीको भावनात्मक एकीकरण हुन सकेन। अब हामी आपसमा बाझेरै बस्ने कि सदभावको उपाय पनि खोज्ने? सोच्ने बेला भएन?

 

 

 

 

 क्याटेगोरीः राजनीति