सहयोग रकम आंशिक हस्तान्तरण

इसमता संवाददाता
मोरङ, असार २८ । ८ वर्षिय बोन क्यान्सर पीडित सलोन चेम्जोङको सहायोगार्थ गठित सलोन चेम्जोङ बचाउ अभियान बाट उठेको आंशिक रकम रु ५ लाख हस्तान्तरण गरिएको छ ।

 

जिल्लाको लेटाङ नगरपालिका जातेका योग्य बहादुर चेम्जोङ र भिम कुमारी सम्बाहाम्फेलाई हस्थान्रण गरिएको हो । क्यान्सर पीडित सलोन चेम्जोङको उपचारको क्रममा परिवारमा आर्थिक अभाव भएपछि परिवारको बिशेष आग्रहमा अभियानले सहयोगको अपिल गरिएको थियो । अभियानका संयोजक सरगम सागर चेम्जोङका अनुसार ५ लाख रुपैया हस्थान्तरण गरिएको हो । उनले संकलन कार्य जारी रहेको पीडितको अपरेशन अघि पत्रकार सम्मेलन मार्फत हस्तान्तरण गर्ने जनाएका छन् ।
बिभिन्न देशहरुमा अभियान समुह मार्फत १८लाख ८ हजार सहयोग सङकलन भएको छ । अहिले बिरामीको चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । बिरामीको बुबा योग्य बहादुर लिम्बुका अनुसार अहिले बिरामीको अवस्था स्थिर रहेको छ ।

फिपराज बेघाबाट

 क्याटेगोरीः स्वास्थ्य