समथिङको स्वागत एवम् सम्मान


पाेखरा । एकैपटक २२ उपन्यासहरुको सामुहिक विमोचन गरि अाफ्नो कृति संख्या ४६ पुर्‍याउने गुरुङ रामप्रकाश समथिङको सम्मानमा गुरुङ साहित्यिक मञ्च नेपालले स्वागत ,भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम  बैशाख १७का दिन पोखरामा सम्पन गरेको छ।

अाफ्नो ४६ अौं जन्मोत्सवको अवसरमा लेखकलाई गुरुङ संस्कार अनुसार सेतो टीका, फेटा,भाङ्ग्रा,फूलको माला,मायाको चिनोबाट संयुक्त रुपमा पोखरेली युवा सांस्कृतिक परिवारका उपाध्यक्ष प्रकाश ज्ञवाली , जिफानका उपाध्यक्ष सु.जस बहादुर गुरुङ ,अन्तर्राष्ट्रिय साहित्य समाज गण्डकीका अध्यक्ष दुर्गा शाह बाबा,तमु बौद्ध अर्घौ सदनका अध्यक्ष क्याप्टेन भुवन सिं गुरुङले संयुक्त रुपमा स्वागत तथा सम्मान गर्नुभएको थियो ।

पाँचथर फिदिमका लेखक गुरुङले हालसम्म खोजमुलक कृति १४ वटा र साहित्यिक कृति ३२ वटा गरि ४६ वटा कृति बजारमा ल्याएका छन् ।लेखक समथिङले सम्मान कार्यक्रममा बोल्दै अाजभोलि साहित्यलाई अनावश्यक रुपमा वादसँग जोडिन थालेको भन्दै पाठकलाई वादमा अलमलाउन नहुने र लेखक अनि साहित्यकारहरु वादबाट माथि उठेर सिर्जना कर्ममा लाग्नुपर्ने बताए भने मोफसलमा रहेर लेख्नेहरुलाई पनि लेखकको दर्जा दिन र समाचार माध्यमहरुले बिना भेदभाव स्थान दिनुपर्ने बताए ।कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज बेलायत च्याप्टरका अध्यक्ष सुमल कुमार गुरुङ ,अादर्श समाज राष्ट्रिय दैनिकका रन्जन अधिकारी,गायक रामभक्त जोजिजु,तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमु र शिक्षाविद लोचना अधिकारीले लेखक समक्ष अाफ्नो जिज्ञासा राखेको कार्यक्रममा लेखक सुमल कुमार गुरुङले मञ्चलाई अाफ्नो पाँच साहित्यिक कृतिहरु प्रदान गरेका थिए। मञ्चका अध्यक्ष गौरी गुरुङले कुनै पनि जातिको जातीय अस्तित्व जिवन्त राख्नका लागि त्यस जातिको भाषा र साहित्यको विकास हुनुपर्ने बताउँदै स्वदेशदेखि विदेशसम्म गुरुङहरुको हजारौं सामाजिक र धार्मिक संस्था भए पनि साहित्यसँग सम्बन्धित संस्था लगभग नभएको अवस्थालाई मध्य नजर गरि गुरुङ साहित्यिक मञ्च गठन गरिएको र यो मञ्चले स्वदेश र विदेशमा रहेर गुरुङ र नेपाली साहित्यमा कलम चलाउने गुरुङहरुलाई एउटै छातामा अावद्द गरि अगाडि बढ्ने जानकारी गराउँदै मञ्चको पहिलो कार्यक्रममा गुरुङ रामप्रकाश समथिङलाई स्वागत र सम्मान गर्न पाउँदा मञ्च अत्यन्त अाभारि रहेको बताउनु भयो ।

कार्यक्रममा सभापतिको अाशन ग्रहणपूर्व नै पत्रकारहरुको सम्मानस्वरुप पत्रकारको अाशन ग्रहण गराउँदै सुरु भएको कार्यक्रममा कलम र लेखनको सम्मान स्वरुप लेखकलाई मञ्चको तर्फबाट पारिश्रमिक सहित सम्मान गरिएको थियोे ।मञ्चका कोषाध्यक्ष अदृश गुरुङको स्वागत मन्तब्य र सचिव रोशनी गुरुङले सञ्चालन गरेको करिब दुई घन्टाको कार्यक्रममा उत्साहजनक सहभागीता रहेको थियोे ।

साभार तमु माइता डटकम