संगीतको सुरमा तालको खेती गरिरहन मन लाग्छ : विनोद खम्वु


रोशन मेवाहाङ्ग 

लण्डन, पौष १० । गायक तथा संगीतकार विनोद खम्बुको आफ्नै स्वर संगीत रहेको  ‘दुई मुटु हाम्रो’ बोलको म्युजिक भिडियोलाई म्युजिक नेपालले सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

गीतकार किराती जेबी राईले रचना गरेको शव्दलाई चन्दु गोर्खालीले एरेंन्ज गरेका छन् । गीतकार जेविले आफ्नो सम्पुर्ण सम्झेको प्रियशीसँग अप्रत्याशित बिछोडिएपछि उनको यादमा  बिछिप्त वनेको मनहरुलाई आफै सम्हाल्दै गीत मार्फत बेदना प्रस्तुत गरेका छन् ।

उक्त गीतको भिडियोमा मोडल नाजु, संगम र पूजाको जीवन्त अभिनित भिडियोमा गायक विनोदले फिचरिङ गरेका छन् ।   भूपेंद्र तुम्बाहाम्फेको  उत्कृष्ट छायांकनलाई बिज्ञान राईले  सम्पादन गरेका हुन् भने राकेश किरातीले निर्देशन गरेका छन् ।

नेपाली संगीतको सम्बर्द्धन संरक्षणकोलागि अहिलेको नयाँ पुस्ताका रक् तथा आधुनिक गायक तथा संगीतकार बिनोद खम्बु धेरै सम्बेदनशील भएर लागिपरेका छन् । 

२०५४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उतीर्ण गरेपछि करीव २०६६ सालदेखि  आफुलाई व्यवसायिक रुपमा सङ्गीतमा स्थापित गर्दै आईरहेका छन् । मंसीरको जाडो सँगै सांगीतिक यात्राको क्रममा नेपालको बिभिन्न जिल्लाका महोत्सवहरुमा  गायक खम्वु व्यस्त भईरहेको उनले बताए ।

भर्खर मात्र झापाको धारागोला कृषि पर्यटन बर्ष २०७३ को आयोजनामा आफ्नो सांगीतिक कार्यक्रम सकेका छन् । त्यस पछि अरु थुप्रै ठाँउहरु मोरंङ, खोटांङ, र अन्त्यमा धनकुट्टामा  कार्यक्रम सकेपछि गायक विनोद मलेशिया सांगीतिक यात्रामा लाग्ने उनले बताए ।

 क्याटेगोरीः कला साहित्य