“संक्रमणकालिन न्याय लिग हराएकाे रेल जस्तै”

इसमता स‌ंवाददाता

बागलुङ , असार ३० ।
जिल्लाकाे गल्काेटमा दिगाे  शान्ति र बिकास सम्बन्धि गाेष्ठी सम्पन्न भएकाे छ । छलफलमा द्दन्दपिडितकाे मुद्दा सम्बाेधन गर्न  स्थानिय सरकारकाे रणनिति निर्माण गरि प्रभाबकारि भुमिका खेल्नु पर्न निष्कर्ष निकालेका छन ।उनिहरुले संक्रमणकालिन न्याय लिक हराएको रेल र कुहिराकाे काग जस्तो अवस्थामा एक दशक भन्दा बडि गुज्रियकाे बताएका छन ।
शान्ति र बिकास हाम्राे चाहाना भन्ने मुल नाराकाे साथ संक्रमणकालीन न्यायमा हाम्राे भुमिका र सम्मान कार्यक्रममा उक्त कुरा निष्कर्ष निकालेका हुन ।
कार्यक्रममा कार्यपत्र प्रश्तुत गर्दै मानव अधिकारकर्मि एवं अभियन्ता सिताराम थापाले मुलुककाे राजनितिक संक्रमण बिगत देखि बर्तमान अवस्था बारे बताउदै राज्यले द्दन्दपिडित र प्रभाबितकाे मुद्दा राज्यले सम्बाेधन नगरि पिडित लाई देखाउने, पिडकलाई हंसाउने गरेकाे तर्क प्रश्तुति गरे ।
प्रमुख अतिथि एवं गल्काेट नगर प्रमुख भरत गैरेले द्दन्दप्रभाबितकाे मुद्दा थाहा पाउने अवसर सत्कर्म नेपालले गरेकाेले उनिहरुकाे मुद्दा सम्बाेधन गर्न नितिगत रुपमा कार्यक्रम सहित थालनि यस नगरले सहकार्य गर्ने प्रतिबद्दता ब्यक्त गरे । उनले पिडित द्दन्द बाट पिडादायि भएकाले राहत र क्षमता बिकास गर्नु पर्ने बताए ।

सचिन्द्र श्रेष्ठबाट

 क्याटेगोरीः राजनीति