शेर्पा युवाहरुलाई राजनितिमा अग्रसर गराउनु पर्ने


इसमता संवाददाता
काठमाडौं, अपाढ ४ । नयाँ शक्ति नेपाल प्रदेश नं. ३ केन्द्रिय शेर्पा परिषदले शेर्पा समुदायको राजनितिमा सहभागिता आजको आवश्यकता भन्ने विषयमा अन्तरक्रियात्मक कार्यक्रम लाभा पालु होटल बौद्धमा आयोजना गरेको छ ।
शेर्पा समुदाय र युवाहरुलाई राजनितिमा अग्रसर गराउन र चासो देखाउनका लागि अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिएको छ । प्रया शेर्पाहरु पर्यटन, होटल व्यावसय र वैदेशिक रोजगारीमा जाने भएकाले अव उनीहरुलाइ राजनितिमा अग्रसर गराउनका लागि अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो ।
अन्तरक्रियात्मक कार्यक्रममा नेपाल शेर्पा संघ पुर्व अध्यक्ष एवं नयाँ शक्ति नेपाल केन्द्रिय सदस्य पेमा छिरी शेर्पा त्यसै गरि नयाँ शक्ति पार्टी केन्द्रिय सदस्य तुल्सी पौडेलले सहभागी शेर्पा युवाहरुलाई राजनिति के र केका लागि र कसरी राजनितिमा सहभागी हुने भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । शेर्पा युवाहरुलाई राजनितिमा अग्रसर गराउनका लागि प्रदेश न ३ शेर्पा परिषदले जनचेतना मुलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
डोमा शेर्पाबाट

 

 क्याटेगोरीः आदिवासी जनजाति