शंखकीर्ति महाविहारको पुनःनिर्माण आरम्भ गरियो


इसमता संवाददाता
काठमाडौं, बैशाख ६ । नक्साल चालढुंगेस्थित एक करिब १३०० वर्ष पुरानो बौद्ध विहारको पुनः निर्माणको लागि आज स्वास्थ्य मन्त्री गगन थापाले शिलान्यास गरी प्रक्रिया अगाडि बढाए ।
स्थानीय जात्रा व्यवस्थापन तथा समाज सेवा समितिका सचिव राजकुमार श्रेष्ठले यसको पुननिर्माणका लागि कुल ४ करोड ९७ लाखको बजेट स्वीकृत भएको छ र सो अनुसार अब पुनःनिर्माणको कार्य शुरु भएको बताएका छन् ।
उनले यस ऐतिहासिक महाविहारको पुननिर्माणका लागि परम्परागत निर्माण सामाग्री र प्रविधि नै सकभर प्रयोग गरिने पनि जानकारी गराए । लागि त्यस परिसरमा छरिएर रहेका पुराना अवशेषहरु र मूर्तिहरुलाई पुरानै ढंगबाट संरक्षण गर्ने योजना रहेको पनि उनले बताए ।
विभिन्न पार्टीमा संलग्न स्थानीयहरु सहभागी भई यसको पुनःनिर्माण गरेर यहाँको धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वलाई पुनर्जीवन दिनलाई जनसहभागिता सहित काम भइरहेको पनि उनले बताएका छन् ।
पहिले उक्त बहाल कब्जा गरिबसेका आठ घर परिवारलाई मुआब्जा दिएर हटाएको भएपनि पुनःनिर्माणको कार्य अगाडि बढाउन नसकेको थियो ।

 क्याटेगोरीः समाज