विप्लवका कार्यकर्ताले कालिकोटमा मतपेटिका खोसेर जलाए

काठमाडौं, जेठ १ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कालिकोटमा एउटा मतदान केन्द्रको मतपेटिका खोसेर जलाइदिएका छन् ।

जिल्लाको नरहरिनाथ गाउँपालिकास्थित माल्कोटको नन्दादेवी माध्यमिक विद्यालय मतदान केन्द्रमा आइतबार साँझ विप्लवका कार्यकताले निर्वाचन टोलीमाथि आक्रमण गरेर मत पेटिकामा आगो लगाइदिएका हुन् ।

आठ सय ७९ मतदाता रहेको माल्कोटमा दिउँसो १२ बजेसम्म पाँच सय ५० मत खसेको थियो । तर त्यो मतदान केन्द्रमा भो६ हाल्न कोही पनि आएनन् ।

मतदानको समय साँझ ५ बजे सकिएपछि मतदान केन्द्रबाट निर्वाचनको टोली गाउँपालिकाको केन्द्र कुमालगाउँ गइरहेका बेला विप्लव कार्यकताले आक्रमण गरेर मतपेटिका खोसे । खोसिएको मतपेटिकामा उनीहरुले त्यहीँ नै आगो लगाइदिएका हुन् ।

विप्लवका कार्यकर्ताले घेरेपछि प्रहरीले हवार्इ फायर गरेको दाबी कालिकोटका प्रमखु जिल्ला अधिकारीले बताएका छन् । प्रजिअ गिरीधारी सुवेदीले समयमा सञ्चार सम्पर्क हुन नसक्दा निर्वाचन टोलीमाथि विप्लवका कार्यकर्ताले आक्रमण गर्नै मौका पाएको दाबी गरेका छन् । समाचार आजको कारोबारमा प्रकाशित छ ।

त्यस क्रममा मतदान केन्द्रको सुरक्षामा खटिएका प्रहरी पनि घाइते भएका छन् । समाचार अनुसार चारजना गाउँले, दुईजना प्रहरी र दुर्इजना विप्लवका कार्यकर्ता घाइते भएका हुन् ।

विप्लवका कार्यक्रताले आक्रमण गरेपछि प्रहरीले दुई राउड हवाई फायर गरेको बताइएको छ । तर त्यसपछि प्रहरीको बन्दुक नपड्किँदा विप्लववका कार्यकर्ताले मतपेटिका लुट्न सफल भएका हुन् ।

विप्लपका कार्यकर्ताले मतदान केन्द्रमै मतदान अधिकृतसहितको सरकारी टोलीलार्इ घेरेको थियो । विप्लवको कार्यकर्ताको घेराबन्दी तोड्न खोज्दा प्रहरीको बन्दुक नपड्किएपछि समस्या भएको थियो ।

 क्याटेगोरीः