“वाई-फाई” भन्दा दशगुणा सस्तो, सयगुणा छिटो हुने “लाई-फाई”


फागुन २० । वैज्ञानिकहरुले अब प्रकाशबाटै इन्टरनेट चलाउन सिकने प्रविधि विकास गरेका छन् । ‘लाई-फाई’ नाम दिइएको यो प्रविधिबाट स्मार्टफोन, ल्यापटपलाई इन्टरनेटसँग जोड्न सकिनेछ । ‘लाई-फाई’को पूरा रुप ‘लाइट फेडिलिटी’ हो ।

ताररहित यो प्रविधिले ‘वाई-फाई’ले भन्दा सयगुणा बढी द्रुत गतिमा सेवा प्रदान गर्ने क्षमता राख्छ । यसको प्रतिसेकेन्ड स्पिड २२४ गिगा बाइट्स रहेको बताइएको छ ।

फ्रान्सेली स्टार्टअप कम्पनी ओलेडकमले बार्सिलोनामा आयोजित विश्वको सबैभन्दा ठूलो मोबाइल मेला ‘मोबाइल वल्ड कंग्रेस’मा यो प्रविधि प्रदर्शन गरेको हो ।

‘लाई-फाई’ प्रविधिबाट इन्टरनेट चलाउनु ‘वाई-फाई’भन्दा दशगुणा सस्तो पर्ने कान्तिपुर दैनिकको ‘Hello शुक्रबार’मा दिनेश यादवले लेखेका छन् ।

 क्याटेगोरीः विज्ञान-प्रविधि