‘ल्याण्ड बैंक’ बनाउने गोरखाका कुमालको योजना
इसमता संवाददाता
गोरखा, वैशाख २४ । नयाँ शक्ति र संघीय समाजवादी फोरमको तर्फबाट गोरखा नगरपालिकाको मेयरका उम्मेदवार ज्ञानेन्द्र कुमालले ‘ल्याण्ड बैंक’ बनाउने नयाँ योजना पस्केका छन् ।
‘खाली रहेको जमिनलाई बैंक मार्फत प्रयोगमा ल्याइने छ’, उनले आफ्नो योजनाबारे यसरी सुनाए, ‘खाली जमिनलाई आधुनिक तरिकाबाट प्रयोग गर्ने गरी यो योजना तयार पारिएको हो । यसो गर्दा जमिन खोज्नेलाई पनि सजिलो र जमिनको प्रयोग गर्न नसकेर खाली राखेकाहरुलाई पनि अरुलाई प्रयोग गर्न दिन सजिलो हुने छ ।’
संवधिान सभाका पूर्व सभासद् समेत रहिसकेका कुमालले गोरखा नगरपालिकाको आधुनिकिकरणको लागि आफ्नो उम्मेदवारी भएको बताए । उनले नगरपालिकामा आर्थिक उत्पादन प्रणालीको विकास गर्ने योजना रहेको बताए । जस अन्र्तगत प्रत्येक वडामा एक वटा सहकारी स्थापना हुने छन् ।
यस्तै जमिनको प्रयोग, माछा पालन, कुखुरा पालन र आलु तथा तरकारी खेतीलाई उच्च प्राथमिकता दिने योजना उनले अघि सारेका छन् । प्रत्येक वडामा कृषि केन्द्र खोल्दै उत्पादित सामाग्रीको उचित बजार व्यवस्थापन गर्ने उनले बताए ।
इन्जिनियरिङ र विकासका विद्यार्थी रहेका कुमालले फोहोर व्यवस्थापन सिस्टमको विकास गर्दै त्यसबाट २ मेघावाटको विजुली उत्पादन गर्ने बताए । उनले नगरका प्रत्येक घरमा स्वच्छ खानेपानी पु¥याउने बताए । यसलाई ‘एक घर एक धारा’ को नारा दिइएको छ उनले भने । नगरका सबै सडक सौर्य बत्ति मार्फत उज्यालो पारिने उनको योजना छ ।
नगरपालिकालाई लगानीको लागि ‘भर्जिन एरिया’ को रुपमा विकास गर्ने योजना उनको छ । लगानीकर्ताहरुको आर्थिक र भौतिक सुरक्षा सहित लगानीका क्षेत्रहरु पहिचान गरेर वैदेशीक र निजी क्षेत्रको लगानी भित्राइने उनले बताए ।
वैदेशिक रोजागारीबाट प्राप्त हुने रेमिट्यान्सलाई सदुपयोगको लागि कुनै विकास योजना निर्माण गरिने उनले बताए । ‘वैदेशीक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सको १० प्रतिशत लगानीको वातावरण बनाउँछांै’, उनले भने, ‘यसो गर्दा वैदेशिक रोजगारीमा रहेकाहरुको आर्थिक सुरक्षा हुन्छ ।’

 क्याटेगोरीः राजनीति