राज्यको डोजर आतंकका विरुद्ध स्थानीयबासीको धर्ना र जुलुस


इसमता संवाददाता

 

काठमाडौं, साउन १९ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सरकारले नै बाटो चौडा बनाउने नाममा स्वबासी आदिबासीहरुको घर जबरजस्ती भत्काइरहेको विरोधमा आज यहाँ माइतीघरमा धर्ना र जुलुस प्रदर्शनी गरे ।

 

गैरन्यायिक सडक विस्तार बन्द गर्न, उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीको सम्पत्ति छानबिन गर्न र जग्गा दलालीहरुको कमिसन पाउनका लागि सरकारमा बसेका व्यक्तिहरुले नै जनताको सम्पत्तिमा आक्रमण गरेको बताए ।
साथै उनीहरुले मानिसको जनजीवनमा सुधार ल्याउनु भन्दा संरचनामा बढी केन्द्रित गरेको भन्दै त्यसैले यस समस्याहरूका लागि स्थायी समाधान खोज्न एकदम आवश्यक भैसकेको बताए ।

 

राज्यले यसरी जनताको बास उठिबास गरेर जनताको घर भत्काउन पाउने कि नपाउने भन्ने मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेकै अवस्थामा सरकारी कर्मचारीहरु विशेष गरी बिदाको दिनमा प्रहरी बल लगाएर जनताको घर भत्काइरहेको छ भने ठुला मिडियाका पत्रकारहरु आफुखुशी सयौं वर्ष भएका घरहरुलाई समेत मापदण्ड विपरित बनाएको भन्दै सरकारको बचाउ गरिरहेको छ ।

 

उनीहरुले भरखर काठमाडौं देखेका आप्रवासीहरुको सुविधाका लागि हजारौं वर्षदेखि नेपाललाई संस्कृतिले धनी बनाइरहेका नेवारहरुलाई उनीहरुको आदिभूमिबाट विस्थापित गर्न आरोप लगाएका छन् ।

फोटो : निकित डंगोल

 क्याटेगोरीः राजनीति समाज