युरोपियन कमिसनका अध्यक्षसँग परराष्ट्रमन्त्री डा.महत


केजिन राई / बिरमान मगर
ब्रसेल्स बेल्जियम, फागुन ६ । युरोपियन कमिसनका अध्यक्ष जीन क्लाउड जुकरसँग आज बुधबार साझ नेपाल सरकारका  परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलको युरोपियन कमिशनको मुख्यालय सुमेन ब्रसेल्समा वार्तालाप सम्पन्न भएकोछ ।
परराष्ट्रमन्त्री डा. महतले सो भेट्वार्ताको  प्रारम्भ मै यूरोपियन यूनियनले  नेपाल र नेपालीको उन्नती र प्रगती तथा  बिकास प्रयासको निम्ती मानबिय र सामाजिक बिकास ,क्रुषि क्षेत्र र ब्यापार लगायत  बिभिन्न क्षेत्रमा लगानी  गरेको र गर्दै आएको सहयोगको लागि प्रशंसा गर्दै धन्यवाद ब्यक्त गरेको थिए ।
सो भेटको अबसरमा आवास – भवन, पूर्वाधार निर्माण र सीप विकासको क्षेत्रमा सहायता बढाउन डा. महतले अध्यक्ष जुकर सँग आग्रह गरेका छन् । डा. महतले भुकम्पपछिको आवास पुनर्निर्माण तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा अनुदान सहयोगको अपेक्षा युरोपियन युनियनबाट नेपाल सरकारले  राखेको बताएका थिए ।
मन्त्री डा.महतले उठान  गरेको बिषयहरू बारे युरोपियन कमिसनका अध्यक्ष जुकरले युरोपियन युनियनबाट नेपाललाई सहयोग जारी रहने प्रतिवद्धता जनाएका थिए । सो अबसरमा सहायता तथा समन्वय वृद्धिका लागि सम्भाब्य ति क्षेत्रहरूमा प्राथमिकताका साथ  युरोपियन युनियनले विचार गर्ने बताए ।
बार्ताको क्रममा यूरोपबासी नेपालीहरूको लागि महत्वपूर्ण र प्रतिक्षाको बिषय     मन्त्री डा.महतले अध्यक्ष जुकर सँग राखेका थिए । परराष्ट्रमन्त्रीले उड्ययन सुरक्षामा नेपालले उल्लेख्य प्रगती गरेको बताउदै लामो समय देखि  नेपाली एयरलाइन्समाथि युरोपियन युनियनले लगाएको प्रतिवन्ध हटाउन अनुरोध गरेका थिए । प्रत्युत्तरमा कमिशन  अध्यक्ष जुकरले  तथ्यका आधारमा सकारात्मक ढंगले सो प्रतिवन्ध बारे हेरिने बताएका थिए ।
  परराष्ट्रमन्त्री डा.महतको नेत्रृत्वमा गएको सो प्रतिनिधिमण्डलमा बेल्जियम र बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापा ,मिनिष्टर काऊन्सिलर घऩश्याम भण्डारी, परराष्ट्र मन्त्रालय युरोप – अमेरिका महाशाखा प्रमुख भरत कुमार रेग्मी र प्रोटोकल महाशाखाका उप-निर्देशक, सहसचिब तेज बहादुर क्षेत्री सहभागी थिए ।
  भोली  लक्जेम्बर्ग स्थित  लक्जेम्बर्गका प्रधानमन्त्री जाभियर बेट्टेल बिदेशमन्त्री जिन आसेल्बोन ,बिकास र मानबिय बिकास मन्त्री रोमिन स्नेडरसँग छुट्टा – छुट्टै भेट्ने कार्यक्रम रहेको युरोपियन युनियनका  लागि मिसन अफ नेपालले जनाएको छ ।
 तस्बिरहरू :- केजिन राई /  बिरमान मगर

 क्याटेगोरीः विश्व